२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकीमा सङ्क्रमितको दोब्बर निको



अ+ अ-

गण्डकी । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थपिएका कोरोना सङ्क्रमितको दोब्बर सङ्ख्यामा निको भएका छन् । यस अवधिमा ३२८ सङ्क्रमित थपिएका छन् भने त्यसको दोब्बर ६५६ जना निको भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । 
    
पछिल्लो २४ घण्टामा प्रदेशमा सङ्क्रमण भई मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ । मृत्यु हुनेमा कास्कीका छ, तनहुँ, पर्वत र म्याग्दीका एक÷एक जना रहेको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिनुभयो । यीसँगै प्रदेशमा कोरोना सङ्क्रमण भई मृत्यु हुनेको सङ्ख्या एक हजार २६८ जना पुगेको छ ।