२७ भाद्र २०८३, शनिबार
,
Latest
‘सात वटा प्रदेशको बजेटभन्दा सिंहदरबारको एउटा मन्त्रालयको बजेट ठूलो छ’–संघीयता तथा योजनाविज्ञ देवकोटा हिमाली विपद् नेपालको मात्रै समस्या होइन, विश्वव्यापी जलवायु संकटको परिणाम होः झलनाथ खनाल हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात प्रलयलाई देखाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्नु हुँदैनः कुलमान आसिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत नेपाल भलिबल लिगः आज अन्नपूर्ण र कर्णालीबीच प्रतिस्पर्धा हुने हिमाली विपद् राष्ट्रिय सीमाभन्दा परको साझा चुनौती होः परराष्ट्रमन्त्री खनाल संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप
तपाईं के खोज्दै हुनुहुन्छ ?

काबुल बिमानस्थल क्षेत्रमा दुई आत्मघाती विष्फोट गराउँदा १३ जनाको मृत्यु



अ+ अ-

काठमाडौं ।  अफगानिस्तानको राजधानी काबुलस्थित काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा दुई शक्तिशाली बम विष्फोट हुँदा १३ जना मारिएका छन् । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार विमानस्थलको मुख्य द्वारमा पहिलो आत्घाति विष्फोट भएको थियो । दोस्रो विष्फोट अफगानिस्तानबाट बेलायत आउन चाहने नागरिकहरुको प्रक्रिया मिलाइँदै आएको बारोन होटल नजिक भएको थियो।

पश्चिमी जासुसी संयन्त्रहरुले त्यहाँ आतंकवादी हमलाको चेतावनी दिएको केही घन्टापछि नै विष्फोट भएको हो । विष्फोटमा तीन अमेरिकी सैनिक घाइते भएका छन् भने अमेरिकाले घटनामा आतंकवादी संगठन आइएसको हात रहेको जनाएको छ ।

तालिवानका एक प्रवक्ताले रोयटर्ससँग आक्रमणमा कम्तिमा १३ जाना मारिएपनि  मृतकको संख्या बड्न सक्ने बताइएको छ । सार्वजनिक भएका तस्बिरहरुमा घाइते व्यक्तिहरुलाई उपचारका लागि दौडाउँदै गरेको देखिन्छ ।

अफगानिस्तानलाई तालिवानले नियन्त्रणमा लिएको केही दिनमै ठूलो आतंकवादी आक्रमण भएको हो ।

यसैबीच, समाचार संस्था एपीका अनुसार ती बिस्फोटबाट कम्तीमा १३ जनाको ज्यान गएको छ भने १५ जनाभन्दा बढी घाइते भएका छन् ।  

अफगानिस्तानमा तालिबान समूहले नियन्त्रण कायम गरेलगत्तै अफगानिस्तान छाड्न चाहनेहरुको काबुल बिमानस्थल बाहिर ठूलो भिड लागेको छ । रुसी अधिकारीहरुले बिस्फोट निकै शक्तिशाली रहेको र काबुल छाड्न चाहने व्यक्तिलाई लक्षित गरी बिस्फोट गराइएको बताएका छन् ।

संयुक्तराज्य अमेरिका र बेलायत समेतका पश्चिमा देशहरुले केही दिनदेखि आत्मघाती आक्रमण हुन सक्ने लगातार चेतावनी दिँदै आएका थिए । गुप्तचर निकायहरुले यो बिस्फोट तालिबान समूहबाट नभई इस्लामिक स्टेट समूहले गराएको हुन सक्ने आँकलन गरेका छन् ।

अमेरिकी अधिकारीहरुले बिस्फोटबाट अमेरिकी सैनिक पनि घाइते भएको बताएका छन् । अमेरिकी रक्षा मन्त्रालयका प्रवक्ता जोन कर्बीले पनि बिस्फोट भएको र त्यसबाट केही व्यक्ति हताहत भएको पुष्टि गरेका छन् ।

अमेरिकी राष्ट्रपति जाे बाइडेनले यही अगस्ट ३१ भित्रै अमेरिकी मिसन पूरा हुने बताएसँगै काबुल बिमानस्थलमा थप भिड बढेकाे छ । हालसम्म काबुल बिमानस्थलबाट ८० हजारभन्दा बढी व्यक्तिलाइ उद्धार गरिएकाे छ ।