२ भाद्र २०८३, मंगलवार
,
Latest
एनएसएसएफ र कराते महासंघबीच सम्झौता भारतको कर्नाटक विरुद्ध नेपालको सानदार जित सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार सरकारको प्राथमिकतामा छ : शिक्षामन्त्री पोखरेल रेडक्रस सोसाइटीको जग्गा खरिदमा अनियमितता, ठगी गरेको आरोपमा ५ जना पक्राउ प्रदेशसभा सदस्य देउवा पदमुक्त ‘गण्डकी क्षेत्रका पर्यटनको प्रचुर सम्भावनालाई उजागर गरौँ’ स्थानीय निर्वाचनको तयारीमा रास्वपा, भाद्र ५ मा केन्द्रीय समिति बैठक खार्किभमा रुसी हमलामा १० जनाको मृत्यु टर्कीमा मिनीबस दुर्घटना हुँदा चार जनाको मृत्यु, १० घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुम्ली किसानलाई स्याउ टिप्न चटारो



फाईल फोटो
अ+ अ-

जुम्ला । जुम्लाका स्याउ किसानलाई यो याममा स्याउ बगैँचामा स्याउ टिप्न चटारो परेको छ । स्याउमा गुलियोपन भरिएसँगै बिक्री गर्न थालेको तिला गाउँपालिका–१ का स्याउ किसान माने रावतले जानकारी दिनुभयो ।

बगैँचाको स्याउ टिपेर बिक्री गर्न थालिएको छ । उहाँले भन्नुभयो, “स्थानीय जातको स्याउ र गोल्डेन, जातका स्याउ लगाएका छन् । स्थानीय जातको जुम्ली स्याउ पाक्न थालेको छ । घरमै प्रतिकेजी रु ६० मा बिक्री सुरु गरेका छौँ । गाउँकै स्थानीय व्यापारीले सुर्खेत, नेपालगञ्ज लिने गरेका छन् ।” पाँच हजार रोपनीमा पातिहाल्ल स्याउ तथा कृषि समूह गठन गरी करिब एक हजार स्याउका बिरुवा र केही ओखरका बोट लगाएका छौँ । स्याउ लगाएको चार वर्षपछि फल दिन थालेको छ । यो वर्षमा दुई सय ८० किलो बिक्री भइसकेको पातिहाल्ल स्याउ तथा कृषि समूहका सचिव गोरीकला बस्नेतले बताउनुभयो ।

अरू जातमा गुलियोपन आइसकेको छैन । किसानले मागअनुसार बिक्री गर्ने हो । अहिले जिल्लाको स्याउ तराईका विभिन्न सहरमा जाने गरेको जुम्लाका स्याउ किसान बताउँछन् । कृषि विकास कार्यालय जुम्लाले जिल्लाका किसानदेखि उद्यामी र समूहलाई ५० प्रतिशत अनुदानमा स्याउका बिरुवा दिने गरेको कार्यालयले जनाएको छ । गोल्डेन जातको स्याउ असोजदेखि राम्रोसँग परिपक्व हुने भएकाले अहिले स्थानीय जात र गोल्डेन जातका स्याउ मिलाएर व्यापारीले लिने गरेका छन्् । एक सय पाँच क्विन्टल स्याउ सुर्खेत र अछाममा बिक्री गरी रु १२ लाख बराबरको कारोबार भएकोे तिला गाउँपालिका–२ मा रहेको कृषि सङ्कलन केन्द्रका व्यवस्थापक मानबहादुर बोहोराले जानकारी दिनुभयो ।

जिल्लामा कति प्रतिशत स्याउ उत्पादन भएको छ । कति प्रतिशत स्याउ बाहिरी जिल्लामा निर्यात भएको तथ्याङ्क सङ्कलनमा स्थानीय तहका कृषि शाखासँग समन्वय भइरहको छ । गत वर्षभन्दा यस वर्ष स्याउ उत्पादन केही बढेको अनुमान गर्न सकिन्छ । सही तथ्याङ्क आउन केही समय लाग्ने कृषि विकास कार्यालय जुम्ला प्राविधिक सुकिराम नेपालीले बताउनुभयो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ जुम्लाका अनुसार परिपक्व भएको स्याउ मात्र खरिद गर्न व्यापारीलाई अनुरोध गरिएको छ । विशेषगरी कर्णाली राजमार्गअन्तर्गतका स्याउ बगैँचा व्यापारीको आँखामा पर्ने गरेका छन् । दुवानीमा सहज हुने भएकाले गाउँका स्याउ बगैँचाभन्दा सडकले छोएका स्याउ बगैँचाको मूल्य बढी हुने गरेको स्याउ व्यापारी बताउँछन् ।

जिल्लाका आठवटै स्थानीय तहमा स्थानीय जातको जुम्ली स्याउ, इटाली, गाला, गोल्डेन, फुजी र जोनाप्रिन्स जातका स्याउको खेती हँुदै आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ जुम्लाले जनाएको छ । साउन महिनामै जुम्लाको काँचो स्याउ बजारमा बिक्री हुने थालेपछि जुम्लाका स्थानीय तहले स्याउ सङ्कलन र बिक्रीमा रोक लगाएका थियो । जिल्लाको एक नगरपालिकासहित सात गाउँपालिकाका किसान स्याउखेतीमा लागिपरेका छन् ।रासस