६ असार २०८३, शनिबार
,
Latest
‘नेपाललाई ‘देवभूमि’का रूपमा विश्वसामु स्थापित गर्न सरकारले खेलेको भूमिका प्रशंसनीय छ’ हिलाम्मे खेतमा रोपिएका सुनौला सपनाहरू (फोटो फिचर) महाधिवेशनले नीति र नेतृत्वमा निखार ल्याउँछः महामन्त्री बुर्लाकोटी अमेरिका र इरानबीच स्थायी सम्झौताका लागि ६० दिने समयसीमा शुरु एघार महिनामा म्याग्दी हुँदै सात लाख पर्यटक मुस्ताङ पुगे पाराग्वेको पहिलो जित, बाहिरियो टर्की रु २२ लाख नगदसहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुई जना पक्राउ सातै प्रदेशमा ‘ब्लु बस’ सञ्चालनको तयारी ट्राफिक कारबाहीमा एकैदिन १९ लाख ६० हजार राजस्व संकलन पूर्वीय दर्शनलाई अनुसन्धानको मूल आधार बनाउनुपर्छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बास्केट बललाई लिनिङको साथ



अ+ अ-

काठमाडौँ । खेलकुद पोषाक कप्पनी लिनिङले राष्ट्रिय बास्केट बल टोलीलाई प्रायोजना गर्नका लागि मंगलवार सम्झौता गरेको छ ।

राजधानीमा मंगलवार भएको एक कार्यक्रममा खेल पोशाक र सामग्रीको अन्तर्राष्ट्रिय ब्राण्ड लिनिङको आधिकारिक विक्रेता चाइना ट्रेड लिंक कम्पनी प्रा.लि. (सिटिएल) र नेपाल बास्केट बलबीच मंगलवार सम्झौता भएको हो । सिटिएलका अध्यक्ष राजन महर्जन र संघका अध्यक्ष भीम गुरुङले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।

सम्झौता अनुसार नेपाली बास्केट बलको कुनै टोलीले अन्तर्राष्ट्रिय प्रतियोगिता सहभागिता जनाउँदा महिला र पुरुष दुवै तर्फका सिनियर र जुनियर खेलाडीले लिनिङको पोषाक प्रयोग गर्नुपर्नेछ । नेपाली महिला राष्ट्रिय बास्केटबल टोलीकी कप्तान सदिना श्रेष्ठले पहिलो पटक अधिकारिक जर्सी लगाएर खेल्न पाउँदा खुशी लागेको बताउनु भयो । सम्झौता अहिले एक वर्षका लागि रहने र आउने वर्ष हरुमा पनि यसले निरन्तरता पाउनेमा आफू विश्वस्त रहेको सिटिएलका अध्यक्ष महर्जनले बताउनु भयो ।

लिनिङले प्रायोजनबापत उपलब्ध गराउने सामग्री बाहेक संघ वा खेलाडीले लिनिङका खेल पोशाक र सामग्री खरिद गर्दा ३० प्रतिशत छुट दिइने पनि सम्झौतामा उल्लेख गरिएको छ । संघका अध्यक्ष गुरुङले बास्केट बल टोलीलाई सहयोग गरेकोमा लिनिङलाई धन्यवाद दिनुभयो । यस्तै सम्झौतामा लिनिङले प्रचार प्रसारका लागि बास्केट बलका खेलाडी प्रायोग गर्नसक्ने र संघले लिनिङको प्रचारमा सहयोग गर्नुपर्नेछ ।