३ पुष २०८२, बिहीबार
,
Latest
रास्वपा सभापति रवि लामिछाने भोलि मात्र छुट्ने नेता तथा अगुवा सकारात्मक कार्यका लागि समाजप्रति समर्पित भएर लाग्नुपर्छः मन्त्री खरेल राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ: मुख्यमन्त्री पाण्डे वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्र तयारी गर्दै निर्वाचन नै अन्तिम विकल्प अर्थमन्त्री खनाल एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो पार्टीलाई सामूहिक नेतृत्व र पद्धतिअनुसार सञ्चालन गर्न नेता पोखरेलको आग्रह निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप नेकपा एमालेका नवनिर्वाचित पदाधिकारीहरूद्वारा शपथ ग्रहण रवि विदेश जानुपरे अदालतलाई पूर्व जानकारी गराउनुपर्ने, यस्तो छ अदालतको आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री देउवासंग छलफल गर्न प्रचण्ड बालुवाटारमा



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्न बालुवाटार पुग्नु भएको छ । बालुवाटार जानु अघि दाहालले माओवादी संसदीय दलको कार्यालयमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष मााधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल, र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गर्नुभएको थियो ।

छलफलमा एमसीसी संसदमा निर्णयार्थ प्रस्तुत हुदा बिपक्षीमा उभिने निर्णय गरेको एक नेताले जानकारी दिनुभयो । तीनदलको निर्णयका बारेमा जानकारी गराउन दहाल बालुवाटार जानु भएका बुझिएको छ । संसदमा आजबाट एमसीसी बारे छलफल सुरु हुदैछ ।