५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्ष जनशक्तिको अभावले अग्नि नियन्त्रणमा कठिनाइ



file
अ+ अ-

नेपालगञ्ज । नेपालगञ्जमा रहेका दमकलमा काम गर्ने दक्ष जनशक्ति अभाव हुँदा अग्नि नियन्त्रणमा कठिनाइ देखिएको छ । आगलागीका घटना भए दमकलको पानी भर्ने स्टेशनसमेत नहुँदा आफ्नै कार्यालयमा धाउनुपर्ने बाध्यता रहेको नेपालगञ्ज उपमहानगरपालिकाका दमकल शाखाका प्रमुख झोइनबहादुर खड्काले जानकारी दिनुभयो ।

“कहिलेकाहीँ हाम्रो पानी भर्न स्टेशनमा आउँदा ठूलो क्षति भइसकेको अवस्था हुन्छ”, उहाँले भन्नुभयो । नेपालगञ्जमा तीन दमकल रहेका छन्, तर दक्ष जनशक्ति अभावले सास्ती भइरहेको त्यसमा संलग्न व्यक्तिले गुनासो गरेका छन् ।

एउटा दमकलका लागि कम्तीमा छ जनाको जनशक्ति आवश्यक हुनुपर्नेमा नेपालगञ्जका तीन दमकलका लागि पाँच स्थायी र सात अस्थायी कर्मचारीमात्रै रहेको प्रमुख खडकाले जानकारी दिनुभयो । सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजनाले नेपालगञ्जमा अग्नि नियन्त्रणको अवस्था, अग्नि नियन्त्रणमा देखिएका बाधाको विषयमा अध्ययनसमेत गरिरहेको छ ।

परियोजनाका प्रमुख शिव सुवेदीले यहाँका साँघुरा बाटा र घना बस्तीले दमकलको आवतजावतमा कठिनाइ भएको उल्लेख गर्दै दमकलको पानी भर्ने स्टेशन नहुँदा त्यसले अग्नि नियन्त्रणमा ढिलाइ हुने बताउनुभयो । उहाँले यहाँका दमकलले भारतसम्म सेवा दिएको काम प्रशंसनीय भएको बताउँदै अग्नि नियन्त्रणका केही असल अभ्याससमेत भएको उल्लेख गर्नुभयो ।

बाँकेका अधिकांश स्थानीय तहमा दमकल छैनन् । कोहलपुर नगरपालिका र नरैनापुर गाउँपालिकामा मात्रै दमकल रहेको छ । बाँकेमा आठ स्थानीय तह छन् ।