२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्याराग्लाइडिङ खेल विकासका लागि प्रादेशिक सङ्घ गठन



फाईल फोटो
अ+ अ-

कास्की । प्याराग्लाइडिङ खेलको विकास, विस्तार तथा यसलाई व्यवस्थित गर्नका लागि प्रादेशिक सङ्घ गठन गरिएको छ । प्याराग्लाइडिङ खेलाडी तथा यस व्यवसायमा आबद्ध पर्यटन व्यवसायीको आज पोखरामा भएको भेलाले वसन्तराज दवाडीको अध्यक्षतामा गण्डकी प्रदेश प्याराग्लाइडिङ सङ्घ गठन गरेको हो ।

नवगठित समितिको उपाध्यक्षद्वयमा योगेश भट्टराई र सुनिल भट्टराई, सचिवमा भेनिष थापा र कोषाध्यक्षमा भरतप्रसाद तिमिल्सिना रहनुभएको छ । यसैगरी सदस्यमा कृषु पौडेल र विजय गौतम हुनुहुन्छ । नेपाल प्याराग्लाइडिङ सङ्घ तथा ह्याडग्लाइडिङ सङ्घ ९नेफा०को आयोजनामा भेला भएको हो ।

नवगठित सङ्घका अध्यक्ष दवाडीले साहसिक पर्यटनको गन्तव्यका रुपमा रहेको पोखराको प्याराग्लाइडिङलाई संरक्षण गर्दै साहसिक खेल विकासमा आफू नेतृत्वको टोलीले काम गर्ने बताउनुभयो ।

अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै प्याराग्लाइडिङको भविष्यलाई लिएर पर्यटन व्यवसायी चिन्तित भएकाले विमानको सुरक्षा हुने र प्याराग्लाइडिङ जोगिने उपाय खोजी गर्नुपर्ने उहाँको माग छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेर राष्ट्रको शिर उँचो बनाउने प्याराग्लाइडिङका लागि राज्यले पूर्वाधारमा लगानी गर्नुपर्ने अध्यक्ष दवाडीले बताउनुभयो । उहाँले भन्नुभयो, “अन्य खेलको जस्तै प्याराग्लाइडिङको खेल पूर्वाधार सरकारले बताउनुपर्दछ, प्याराग्लाइडिङ उडान र अवतरण स्थलमा मैदानलगायतका खेल संरचनामा लगानी गर्नु आवश्यक छ ।”

आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा तय भएको राष्ट्रिय खेलकुद प्रतियोगितामा प्याराग्लाइडिङ समावेश छ । पोखराको तोरीपानीबाट यस खेलको प्रतियोगिता सञ्चालनको तयारी गरिएको छ ।

पोखरामा दुई दशकअघिदेखि प्याराग्लाइडिङ उडान हुँदै आएको छ । यसबीचमा प्याराग्लाइडिङ गराउने कम्पनीको पाँच दर्जनभन्दा बढी पुगेको छ । पूर्ण क्षमतामा सञ्चालन हुँदा दैनिक पाँचसय जनालाई सेवा दिने क्षमता यहाँका कम्पनीको छ ।