२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्ता गठबन्धनको बैठक बस्दै



file
अ+ अ-

काठमाडौँ । आज सत्ता गठबन्धनको बैठक बस्दै छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा आज अपरान्ह ३ बजे गठबन्धनको बैठक बस्न लागेको हो ।

आसन्न मंसिर ४ मा हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँँट गर्न गठित कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदलले आफ्नो कार्यभार पूरा गर्न नसकेपछि नेतृत्वलाई नै जिम्मेवारी सुम्पिएको छ । सो विषयमा छलफल गर्नको लागि गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्न लागेको बुझिएको छ ।

निर्वाचनमा गठबन्धन दलबीच सिट बाँडफाँट गरेर चुनावमा भाग लिने तयारी भएपनि कुन दललाई कति सिट दिने भन्ने विषयमा भने दलहरूबीच सहमति जुट्न सकेको छैन ।