२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत
तपाईं के खोज्दै हुनुहुन्छ ?

अल्बानियाको विश्वविद्यालयका सबैलाई खोप अनिवार्य गर्ने तयारी



अ+ अ-

तिराना । अल्बानियाका सबै विश्वविद्यालयका सबै विद्यार्थी, प्राध्यापक तथा कर्मचारीहरुलाई कोरोनाभाइरसविरुद्धको खोप अनिवार्य गर्न लागिएको छ । प्रधानमन्त्री इडी रामाले सबै विश्वविद्यालयका सबैलाई खोप अनिवार्य गर्ने व्यवस्था गर्न लागिएको बिहीबार जानकारी दिनुभयो । विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको महामारी र देशको वर्तमान अवस्थाका कारण यस्तो व्यवस्था गर्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ थियो ।

शिक्षा, खेलकुद र युवामन्त्री एभिस कुशी र विद्यार्थीहरु सहभागी एउटा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । आफूसँगै अरूको समेत सुरक्षाका लागि पनि खोप अत्यावश्यक भएकाले खोप लगाउन हेलचेक्र्याइँ गर्न नहुनेमा उहाँले जोड दिनुभयो ।
सबै मानिसलाई खोप अनिवार्य गर्नु आवश्यक छ तर क्षेत्रगत रुपमा वर्गीकरण गरेर प्राथमिकता निर्धारण गर्नुपर्दछ,” उहाँले भन्नुभयो । 

खोप लगाउन कसैले चाहने र कसैले नचाहने भन्न नै नपाउने र सरकारले तोकेको समयमा सबैले अनिवार्य रुपमा लगाउनुपर्ने उहाँले बताउनुभयो । कोरोनाभाइरसको महामारी व्यवस्थापन र विश्लेषणका लागि गठित विज्ञहरुको समूहले बुधबार मात्रै थप प्रतिबन्धात्मक व्यवस्था लागू गर्नु नपर्ने निष्कर्ष निकालेको छ तर दैनिक सङ्क्रमितहरुको सङ्ख्या भने धेरै नै रहेको देखिएको छ । 

कोरोनाभाइरसका कारण बिरामी भएर तिरानाका अस्पतालहरुमा भर्ना भएकामध्ये ९५ प्रतिशत बिरामीले खोप नलगाएको पाइएको अधिकारीहरुले जनाएका छन् । खोप लगाएर पनि सङ्क्रमित भएकाहरुको सङ्ख्या भने ३२ मात्रै रहेको जनाइएको छ । अल्बानियाका झन्डै छ लाख मानिसले दुवै खोप लगाइसकेका छन् । यो सङ्ख्या देशको झन्डै २७ प्रतिशत रहेको स्वास्थ्यमन्त्री ओगेर्था मानास्तीर्लिउले जानकारी दिनुभयो ।   

अल्बानियामा अहिले कोरोनाभाइरसविरुद्धको खोप चरण चरणमा लगाउने अभियान चलिरहेको छ । आगामी सेप्टेम्बरमा १८ वर्ष पूरा भएका सबैलाई खोप लगाउने व्यवस्था गर्न लागिएको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८४४ जना नयाँ सङ्क्रमित थपिएका छन् । योसँगै अहिलेसम्म कूल सङ्क्रमितहरुको सङ्ख्या एक लाख ४१ हजार ३६५ पुगेको छ । तीमध्ये एक लाख ३१ हजार ८१२ जना सङ्क्रमणमुक्त भएका छन् भने अरू दुई हजार ४८३ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।




भर्खरै