४ चैत्र २०८१, सोमबार
March 17, 2025 Monday

12.27°C

काठमाडौं

12.27°C

Kathmandu

Feels-like: 11.07

Wind: 1.03

Humidity: 58

Latest
पाँचौ एपिक नेपाल म्युजिक अवार्ड सम्पन्न: ३२ विधामा अवार्ड प्रदान एनएमसीमा समय अगावै जन्मिएका जुम्ल्याहा बच्चाहरुको बचाइयो ज्यान ५२ लाख पुरस्कारको १७औं धर्मश्रीको तयारी पूरा क्षितिज र नीता यलम्बर ब्याडमिन्टन च्याम्पियन चौध वटा सङ्घीय अस्पतालमा नयाँ सेवा थप गरिने डढेलो गाउँ पस्दा एक विद्यालयसहित सात घर जलेर नष्ट आगामी बजेटमा करका दर भन्दा दायरा बढाउन महासंघ अध्यक्ष ढकालको सुझाव जनताप्रति जिम्मेवार हुनेगरी सङ्घीयता कार्यान्वयनमा ध्यान दिनुपर्छ: सभापति देउवा अफगानिस्तानमा जुनसम्ममा ८० प्रतिशत सेवाहरू बन्द हुने डब्लुएचओको चेतावनी बाइडेनले आफ्ना विपक्षीलाई दिएको माफी रद्द गर्ने ट्रम्पको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागलुङ कालिका मन्दिरमा चढाइएका भेटी र गरगहना सार्वजनिक



फाईल फोटो
अ+ अ-

बलेवा । बागलुङ कालिका गुठी व्यवस्थापन समितिले मन्दिरमा चढाइएका भेटी तथा गरगहना सार्वजनिक गरेको छ । समितिले आइतबार पत्रकार सम्मेलन आयोजना गरेर २०७७ कात्तिक २८ देखि हालसम्म मन्दिरमा चढाएको गरगहनाको सार्वजनिक गराएको हो । गुठीका अध्यक्ष कुमार खड्काले मन्दिरप्रति जनताको विश्वास बढाउने र पारदर्शी बन्ने लक्ष्यले जिन्सी सार्वजनिक गरेको बताउनुभयो ।

सार्वजनिक विवरणअनुसार गुठीले २७ प्रकारका गहना सार्वजनिक गरेको हो । तीमध्ये ११ थान सुनको तिलहरी, दुई थान सुनको सिक्री, चार टीका, पाँच मुन्द्रा, सुनको चन्द्रमा, सुनको फुली, प्रतिमा, सिक्का, औँठी, सुनकै जन्तर, नाग, तारलगायत छन् । त्यस्तै चाँदीतर्पm पनि तिलहरी, घोडा, औँठी, पाउजूजस्ता धेरै गहना मन्दिरमा चढाइएको भेटिएको हो ।

विसं २०७७ अघि मन्दिरमा चढेका गहना जिल्लास्थित मालपोत कार्यालयमा बुझाउने नियम छ । उक्त नियमअनुसार मालपोतमा दाखिला गरेकोसमेत उहाँले जानकारी दिनुभयो । “केही सामग्री पूजाको बेला चाहिने भएर मन्दिरमा थिए, केही प्रभु बैंकको लकरमा राखिएको थियो”, अध्यक्ष खड्काले भन्नुभयोे, “सरोकारवालाको समन्वय र छलफलपछि ती गहनालाई के गर्ने भन्ने निर्णयमा पुगिन्छ ।” कालिकाको पूजा गर्न आउने भक्तजनले फूल प्रसादबाहेक गहनासमेत चढाउने गर्छन् ।

मन्दिरमा चढाइने भेटी भने हरेक दिन र मासिक सार्वजनिक गर्ने चलन छ । हरेक दिनको भेटी बेलुकी सार्वजनिक बोर्डमा लेखेर मात्रै गुठीका पदाधिकारी र कर्मचारी घर फर्कन्छन् । त्यस्तै मासिकरुपमा पनि खर्च सार्वजनिक गर्ने चलन छ । गुठीका अनुसार साउन महिनामा मात्रै रु १३ लाख २९ हजार आर्थिक सङ्कलन भएको जनाइएको छ । सो आम्दानीबाट रु नौ लाख ४४ हजार खर्चेर तीन लाख ८५ हजार बचत भएको देखाइएको छ । साउनमा मन्दिरमा कमाइ कम हुन्छ । खिर खुवाउने कार्यक्रमलगायतको खर्च भने साउनमा बढी हुन्छ । अन्य महिनामा खर्चको तुलनामा आम्दानी बढी हुने गर्छ ।

कार्यक्रममा मालपोत कार्यालयमा कार्यरत कर्मचारीले अहिलेसम्म राखिएका जिन्सी सामानको जानकारी गराउनुभएको थियो । मालपोतमा राखिएका सामग्री भने सार्वजनिक भएका छैनन् ।