२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीलङ्कामा सन् २०२२ मा करिब ५० हजार डेङ्गु सङ्क्रमित



symbolic picture
अ+ अ-

कोलम्बो । श्रीलङ्कामा सन् २०२२ को आठ महिनामा करिब ५० हजार डेङ्गुका बिरामी फेला परेको राष्ट्रिय डेङ्गु नियन्त्रण एकाइ (एनडीसीयू) ले जनाएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार पछिल्लो आठ महिनामा ४९ हजार ९४१ जना डेङ्गुको उपचारका लागि अस्पताल भर्ना भएका छन् ।

कोलम्बो, गाम्पाहा र कालुतारा जिल्लासहित पश्चिमी प्रान्तमा कूल सङ्क्रमितमध्ये ५० प्रतिशत भेटिएका छन् ।

कोलम्बो नगर परिषद् (सीएमसी) का प्रमुख मेडिकल अफिसर रुवान विजेमुनिले कोलम्बोमा १२ हजार ७५४, गाम्पाहामा सात हजार ४९६ र कालुतारामा चार हजार ७३१ जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

डेङ्गु सार्ने लामखुट्टे नियन्त्रणका लागि प्रयोग हुने रसायन र कीटनाशक औषधि खरिदका लागि सिएमसीसँग रकम अभाव हुँदा वार्षिक लामखुट्टे नियन्त्रण कार्यक्रममा विभिन्न चुनौतीको सामना गर्नुपरेको विजेमुनिले बताउनुभयो । विजेमुनीका अनुसार डेङ्गुका बिरामी सामान्यतया जून र अगस्ट तथा नोभेम्बरदेखि जनवरीको बीचमा बढ्ने गरेका छन् ।

इन्धनअभावका कारण पनि लामखुट्टे उन्मूलन अभियान प्रभावित भएको उहाँले बताउनुभयो ।