२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कविरामलाई आफ्नै नाममा नागरिकता लिन लाग्यो ३३ वर्ष



अ+ अ-

दैलेख । कविरामले ३३ वर्षपछि आफ्नै नाममा नागरिकता पाएका छन् । उनको पुरानो नागरिकतामा उनको नाम ‘कुकुर कामी’ उल्लेख थियो ।

जिल्ला प्रशासन कार्यालय दैलेखले भगवतीमाई गाउँपालिका– ३ मेहेतोलीका कविराम कामीलाई नयाँ नागरिकता प्रदान गरेसँगै पुरानो नागरिकताका कारण अपमानित उनी खुशी देखिएका छन् ।

गृह मन्त्रालयले अपमानजनक नाम भएका नागरिकताबारे आवश्यक प्रक्रिया पूरा गरी पुनः नयाँ नागरिकता दिन जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएपछि जिल्ला प्रशासन कार्यालय दैलेखले कविराम कामी नाम उल्लेख गरी नागरिकता प्रदान गरेको हो ।

उनको नागरिकतामा तत्कालीन प्रधानपञ्चको सिफारिसमा २०४६ जेठमा ‘कुकुर कामी’ लेखिएको थियो । उनलाई आइतबार प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले नयाँ नामसहितको नागरिकता प्रदान गरेका हुन् । प्रजिअ प्याकुरेलले ‘कुकुर कामी’ नामका अन्य प्रमाणहरु खारेज गरिने जानकारी दिए ।