२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेलायतद्वारा नेपाललाई दिईएको एक लाख ३० हजार डोज एस्ट्राजेने खोप काठमाडौं आइपुग्यो



अ+ अ-

काठमाडौं । बेलायतद्वारा नेपाललाई दिईएको कोभिड–१९ विरुद्धको एस्ट्राजेनेका खोप आईपुगेको छ । बेलायतले नेपाललाई एक लाख ३० हजार डोज उपलब्ध गराएको हो । नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले खोप बिहीबार काठमाडौं आइपुगेका जानकारी ट्वीटरमार्फत दिएकी हुन् ।

राजदूत पोलिटले बेलायतले नेपाली जनतालाई महामारीसँग लडन यसअघि पनि भेन्टिलेटर, पीपीई लगायतका स्वास्थ्य सामग्री सहयोग गर्दै आइरहेको बताइन् । 
नेपाललाई उपलब्ध गराइएको खोप बेलायतले कोभ्याक्स सुविधा अनुदानबाहेक दुई पक्षीय सहयोगअन्तर्गत रहेको उनले बताइन् ।

यता स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले पनि ट्वीट गर्दै बेलायत सरकारको सौजन्यमा एक लाख ३० हजार डोज एस्ट्राजेनेका खोप प्राप्त भएको बताएको उ्ललेख गरेका छन् । राज्यमन्त्री श्रेष्ठले सहयोगका लागि राजदूत पोलिटमार्फत बेलायत सरकार र बेलायती जनताप्रति आभार समेत व्यक्त गरेका छन् ।