२७ भाद्र २०८३, शनिबार
,
Latest
हिमाली विपद् नेपालको मात्रै समस्या होइन, विश्वव्यापी जलवायु संकटको परिणाम होः झलनाथ खनाल हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात प्रलयलाई देखाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्नु हुँदैनः कुलमान आसिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत नेपाल भलिबल लिगः आज अन्नपूर्ण र कर्णालीबीच प्रतिस्पर्धा हुने हिमाली विपद् राष्ट्रिय सीमाभन्दा परको साझा चुनौती होः परराष्ट्रमन्त्री खनाल संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप जलविद्युत बनाउने कि नबनाउने भन्ने प्रश्न उठ्नु दुःखद्ः डाँगी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेलायतद्वारा नेपाललाई दिईएको एक लाख ३० हजार डोज एस्ट्राजेने खोप काठमाडौं आइपुग्यो



अ+ अ-

काठमाडौं । बेलायतद्वारा नेपाललाई दिईएको कोभिड–१९ विरुद्धको एस्ट्राजेनेका खोप आईपुगेको छ । बेलायतले नेपाललाई एक लाख ३० हजार डोज उपलब्ध गराएको हो । नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले खोप बिहीबार काठमाडौं आइपुगेका जानकारी ट्वीटरमार्फत दिएकी हुन् ।

राजदूत पोलिटले बेलायतले नेपाली जनतालाई महामारीसँग लडन यसअघि पनि भेन्टिलेटर, पीपीई लगायतका स्वास्थ्य सामग्री सहयोग गर्दै आइरहेको बताइन् । 
नेपाललाई उपलब्ध गराइएको खोप बेलायतले कोभ्याक्स सुविधा अनुदानबाहेक दुई पक्षीय सहयोगअन्तर्गत रहेको उनले बताइन् ।

यता स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले पनि ट्वीट गर्दै बेलायत सरकारको सौजन्यमा एक लाख ३० हजार डोज एस्ट्राजेनेका खोप प्राप्त भएको बताएको उ्ललेख गरेका छन् । राज्यमन्त्री श्रेष्ठले सहयोगका लागि राजदूत पोलिटमार्फत बेलायत सरकार र बेलायती जनताप्रति आभार समेत व्यक्त गरेका छन् ।