२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

औषधि अभाव हुँदा बिरामी समस्यामा



अ+ अ-

जाजरकोट । निःशुल्क पाउनेदेखि बीमाबाट उपलब्ध हुने औषधि अभाव हुँदा जाजरकोट अस्पतालका बिरामी समस्यामा परेका छन् । दैनिक भारी मात्रामा बिरामी आउने उक्त अस्पतालमा जाँच गरेर औषधि किन्न आधा घण्टा टाढा जानुपर्ने बाध्यता छ ।

दुइ हप्ताअघिदेखि औषधि सकिएको भए पनि अस्पताल व्यवस्थापनले ध्यान नदिँदा आफूहरु मारमा परेको स्वास्थ्यकर्मीले बताए । दैनिक निःशुल्क र बीमा गरेबापत पाइने औषधि खोज्दै बिरामी आए पनि नहुँदा खाली पठाउनु परेको फार्मेसी शाखाले जनाएको छ । मौसमी फ्लुदेखि अन्य रोगका बिरामीका कारण केही दिनदेखि अस्पताल भरिभराउ रहदै आएको छ ।

औषधि लिनका लागि बिरामीका आफन्त फार्मेसीमा आए पनि औषधि नहुँदा छैन भन्ने जवाफ दिनुपर्दा र उनीहरुको गाली खानुपर्दा आफूहरु हैरान भएको स्वास्थ्यकर्मीले बताए । स्वास्थ्य बीमा गरेको कागज देखाउँदा पनि औषधि नपाएर बाहिर गई औषधि खरिद गर्नुपरेको भेरी नगरपालिका– २ की रमिता कार्कीले गुनासो गर्नुभयो ।

औषधि अभाव भए समयमै खरिद गर्नुपर्नेमा अहिलेसम्म के हेरेर बसेको होला उहाँले प्रश्न गर्नुभयो । उक्त अस्पताल ५० शश्याको छ । यता स्वास्थ्य सेवा कार्यालयका प्रमुख नवराज कँडेलले आजै औषधि जाजरकोट पठाउन लागिएको जानकारी दिनुभयो ।