२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

पौडेललाई खनालको आग्रह: एकताका लागि पहल गर्नुस् , गठबन्धन छाडेर बाहिर आउनुस्



अ+ अ-

रुपन्देही । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टी एकताका लागि नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई प्रस्ताव गर्नुभएको छ ।

आइतबार पार्टी कामका लागि रुपन्देही पुग्नुभएका खनाल र काठमाडौँ आउन लाग्नुभएका उपाध्यक्ष पौडेलबीच गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा भेट भएको थियो । नेता खनालले रहरको विभाजन नभएकाले मिलाउने पहल गर्नुहोस् भन्दै प्रस्ताव गर्नुभएको थियो ।

खनालको प्रस्तावपछि उपाध्यक्ष पौडेलले एकताको पहल गर्न सबैभन्दा पहिला सरकार र गठबन्धनबाट बारिहनुपर्ने बताउनुभएको थियो ।

उहाँहरु बीचको भेटका सहभागी एक नेताले उपाध्यक्ष पौडेललको भनाइ उदृत गर्दै न्यूजपोलारसँग भन्नुभयो, “गठबन्धनबाट बाहिरिएपछि बल्ल एक खालको वातावरण बन्छ ।