२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदीप गिरीको अन्तिम श्रद्धाञ्जलीमा जे देखियो -फोटो फिचर



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं समाजवादी चिन्तक प्रदीप गिरीको निधन भएको छ । स्वर्गीय गिरीको पार्थिव शरीरलाई केही समय मेडिसिटी अस्पतालमा राखिएको थियो भने त्यसपछि नेपाली कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको थियो । उहाँको आजै पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिदैछ ।

स्वर्गीय गिरीप्रति श्रद्धाञ्जली व्यक्त गर्न उहाँको पार्थिव शरीर राखिएको मेडिसिटी अस्पताल, पार्टी कार्यालय सानेपामा विभिन्न पार्टीका नेताहरुका साथै शुभेच्छुकहरु पुग्नुभएको थियो ।

मेडिसिटी अस्पतालमा श्रद्धाञ्जली व्यक्त गर्न पूर्वराष्ट्रपति डा रामवरण यादव, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, गृहमन्त्री बालकृष्ण खाण, कांग्रेस नेता डा शेखर कोइराला, अर्थमन्त्री जनार्दन शर्मा, बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे पुग्नुभएको थियो ।

उहाँको पार्थिव शरीर अस्पतालबाट केहीबेरपछि पार्टी कार्यालय सानेपा पु¥याइएको थियो । सानेपामा राखिएको गिरीको पार्थिव शरीरमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको चारतारे झण्डा ओढाएर उहाँप्रति श्रद्धाञ्जली र सम्मान अपर्ण गर्नुभयो ।

यस्तै पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्री गगन थापालगायतले गिरीप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो ।

सानेपामा गिरीप्रति श्रद्धाञ्जली व्यक्त गर्न सभामुख अग्नि सापकोटा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल ,राप्रपा नेता पशुपति समशेर राणा , पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई , उर्जामन्त्री पम्फा भुषाल लगायत तथा अन्य पार्टीका नेता तथा कार्यकर्ताहरु पनि पुग्नुभएको थियो ।

स्वर्गीय गिरीलाई श्रद्धाञ्जली दिन कांग्रेस पार्टीका नेता तथा कार्यकर्ता, अन्य पार्टीका शुभचिन्तक, बुद्धिजीवी, शुभेच्छुक तथा पत्रकारलगायतको अस्पताल परिसर र पार्टी कार्यालय सानेपामा घुइँचो लागेको थियो ।

 

 

 

 

घाँटीको क्यान्सरको उपचार गराई भारतस्थित मुम्बईबाट नेपाल फर्किनासाथ निमोनिया देखिएपछि साउन ९ गते ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना गरिएका नेपाली कांग्रेसका नेता प्रदीप गिरीको अस्पतालमै शनिबार राति ९ः३० बजे निधन भएको हो ।




भर्खरै