२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले विभाजन र गठबन्धनले कठिन परिस्थितिमा छ: सुरेन्द्र पाण्डे



अ+ अ-

पोखरा । नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले आसन्न निर्वाचनको बेला एमाले कठिन परिस्थितिमा रहेको बताउनुभएको छ । प्रेस चौतारी कास्कीले आज पोखरामा गरेको पत्रकार सम्मेलनमा उहाँले २०५६ निर्वाचनमा जस्तै अहिले पार्टी अप्ठ्यारो परिस्थितिमा रहेको बताउनुभयो ।

यद्यपि उहाँले निर्वाचनका लागि एमाले तयार रहेको उल्लेख गर्नुभयो । उहाँले २०५६ को निर्वाचनमा पार्टी विभाजित भए पनि एमाले विरुद्ध कसैको गठबन्धन थिएन भन्दै भन्नुभयो, “अहिले हाम्रासामु विभाजनको अवस्थाका साथै हामीविरुद्ध गठबन्धन पनि गर्ने दुई चुनौती छन्, यी दुवै चुनौतीलाई हामीले गम्भीरताका साथ विश्लेषण गरेका छौँ ।”

नेकपा विभाजनसँगै एमालेभित्र पनि विभाजन भएको र विभाजन भएको त्यो सानै हिस्साले पनि विभाजनको छाप छाडेर जनतामा प्रभाव पारेको उहाँको भनाइ थियो ।

गठबन्धनले मुलुकलाई थप संकटतिर लान सक्ने भन्दै उपाध्यक्ष पाण्डेले अहिलेको गठबन्धन मुलुकका निम्ति आफैँ समस्या बन्न सक्ने बताउनुभयो ।