२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माधवलाई रावलको जवाफ: सिद्धान्तहीन तालमेलले देशको हरिबिजोग टुलुटुलुहेर्नु बाहेक अरु के गर्नुभयो ?



अ+ अ-

काठमाडौ । नेकपा एमालेका नेता डा.भीम रावलले नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधब नेपाललाई विदेशीको सैनिक अड्डा बनाउने,विदेशीलाई नागरिकता खोल्ने,संविधान मिच्ने काममा सहयोगी बनेको टिप्पणी गर्नुभएको छ ।

नेता नेपालले सनिबार पार्टीले आयोजना गरेको एक कार्यक्रमा एमालेमा रहेका १० भाईको बिजोग भएको टिप्पणी गर्नुभएको थियो ।

नेपालको टिप्पणी माथी सामाजिक सञ्जाल मार्फत जबाफ फर्काउदै नेता रावलले सिद्धान्तहीन तालमेलले देशको हरिबिजोग टुलुटुलु हेर्नुपर्ने रहेछ भन्दै कटाक्ष गर्नुभएको हो सिद्धान्तहीन तालमेलले देशको हरिबिजोग टुलुटुलु हेर्नुपर्ने रहेछ।

उहाँले लेख्नु भएको छ –

नेताद्वय केपी र माधवद्वारा निर्मित कार्यदलबाट तयार तथा ती नेता सहमत १० बुँदामा नअडेको भए गठबन्धनले प्राकृतिक स्रोत विदेशीलाई बुझाउने,देश विदेशीको सैनिक अड्डा बनाउने,विदेशीलाई नागरिकता खोल्ने,संविधान मिच्ने,भागबण्डा र सिद्धान्तहीन तालमेलले देशको हरिबिजोग टुलुटुलु हेर्नुपर्ने रहेछ।