• १५ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 28 2024
  •   Unicode
Logo
Latest
★   ७ सदस्यीय ‘संसदीय छानबिन विशेष समिति’ गठन, तीन महिनाको समय निर्धारण ★   स्वास्थ्यमा सुधार नआएपछि कैलाश सिरोहियालाई काठमाडौँ ल्याउने तयारी ★   मेरो र आफ्नो मान्छे खोज्ने परिपाटीको अन्त्य हुनुपर्छ: उपाध्यक्ष शाक्य ★   संसदीय छानबिन समितिको टीओआर प्रधानमन्त्रीलाई हस्तान्तरण ★   टीओआरमा ४ बुँदे सहमति (पूर्णपाठसहित) ★   टीओआरमा चार बुँदे सहमति ★   सन्दर्भ गणतन्त्र दिवसः तिम्रा भागवण्डाको राजनीतिमा तिमीलाई भाग चाहिँ कहिले पुग्छ हँ ? ★   पूर्वपश्चिम राजमार्गको नवलपुर खण्ड एकतर्फी सञ्चालनमा ★   दुर्घटनालाई सम्झिँदै ऋषभले भने – आँखा खुल्दा अब बाँच्छु भन्ने लागेको थिएन ★   कर्णाली प्रदेशको बेरुजु चार अर्ब पुग्यो

प्रदिप दाई र म



आज म प्रदिप दाईको बारेमा यस्तो कुरा लेख्न गई रहेको छु जुन नियतिले निर्धारित गरेको हो । वहाँ लाई माया गर्ने धेरै जना छन । उहाँ प्रति सबैको प्रेमभाव प्रति मेरो असीम आदर छ । तर आज मैले यो लेखिन भने शायद कहिले पनि लेख्न सक्दिन होला ।

उनको कान्छो भाई लक्ष्मण गिरि र प्रदीप दाई बीच अचम्मको प्रेम थियो । त्यहाँ भक्ति पनि थियो र सखाको प्रेम पनि थियो । हामी तीनै जना संगै भएको बेला म यो भन्दै जिस्काउथे पनि कि इन्जिनियर साहेब आपके भाई से भी ज्यादा आपके कार्यकर्ता जैसे हैं । दुई जना बीचको असीम प्रेमको एक कडी म पनि थिएँ ।

प्रदिप दाई संग मेरो भेट पटनामा भएको थियो । भर्खर क्लास ११ को जाच दिए को थिए । मेरो काकी नेपालको हुनु हुन्छ र निर्वासनको समयमा वहाँ हरु पटना गई राख्नु हुन्यो । त्यस्तै एउटा भ्रमण को दौरान मा पटना मा तीन चार जना नेपाली मेरो काकी को कोठा मा बस्नु भएको थियो । म बाहिर थिए र मलाई बोलाइयो ।

म कोठामा पसी एक कुना मा बसी हाले। वहाँले एक पछि अर्को प्रश्न गर्न थाल्नु भयो , हिन्दीमा । मैले सके सम्म एउटा राम्रो विद्यार्थी जस्तो जवाफ दिदै गए ।

त्यस पछि केही बेर चुप लाग्नु भयो र एक्कासी हास्दै भन्नु भयो , मेरी अभी शादी नहीं हुई है , चलो तुम मेरे साथ भाग चलो ।
कस्तो कस्तो लाग्यो । म त्यस बेला मात्र १६ वर्ष को थिए। यो मजाक हो कि केहो जस्तो पनि लाग्यो । चुपचाप कोठा बाट बाहिर निस्कें ।

यस घटना को लगभग २ वर्ष पछि मेरो लक्ष्मण गिरी सग मागी विवाह भएको हो । विवाह पछि बस्तपुर आए पछि परिवार का सदस्य हरु बारे बुझ्दा बिस्तारै थाहा भयो प्रदीप गिरी भन्ने व्यक्ति लक्ष्मण गिरी का दाजु हुन ।

पछि मैले थाहा पाएँ प्रदीप गिरी त्यही व्यक्ति हुन जसलाई मैले पटना मा भेंटे को थिएँ । वहाँ विवाहमा शरीक हुनु भएको थिएन । पछि भन्नु भयो , जब पता चला कि मेरे ही भाई से तुम्हारी शादी हे रही है तो कुछ अजीब सा लगा और मैं शादी में नहीं आया ।

प्रदिपदाई संगको केही संगतमा उहाँको विद्वता संग प्रभावित न हुने त कुरा नै थिएन । जेठाजु र बुहारीको सम्बन्ध यस्तो हुन्छ कि मैले वहाँ संग सिक्ने अवसर वा समय पाईन । तर टाडा भएपनि राजनीति मा वहाँ मेरो प्रेरणा श्रोत जहिले पनि रहनु भयो । वहाँको प्रभावमा म आध्यात्मिकतालाई पनि बुझे प्रेमको आध्यात्मिक स्वरुप के हुन्छ, मैले वहाँको संगतमा बुझें ।

जीवनमा जस्तो सुकै कठोर मोडमा वहाँको र उहाँको भाई लक्ष्मण गिरी को प्रेम र संरक्षण पाउने भाग्यमानी मध्येको एक म पनि हुँ ।

मेरो जीवनमा पिता बाहेक प्रभाव राख्ने दुई पुरुष लक्ष्मण गिरी र प्रदिप गिरि हुन । आज तीनै जनता यस संसारमा हुनुहुन्न । तीनै जना प्रति असीम श्रद्धा र प्रेम व्यक्त गर्दछु ।

नेतृ सरिता गिरिको प्रदिप  गिरिको भाई बुहारी हुनहुन्छ । उहाको फेसबुकबाट साभार