१० श्रावण २०८३, आईतवार
,
Latest
अमेरिका–रुसको अन्तरीक्ष टोली २४१ दिनपछि कजाखस्तानमा सुरक्षित अवतरण तोकिएको बाटोबाट बाहिरिएपछि समुद्री बारुदी सुरङमा एक ट्याङ्कर ठोक्कियो: इरान लागुऔषधसहित दुई जना नियन्त्रणमा पार्टी एकता सहमतिउन्मुखः सभापति थापा साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै त्रिवि प्रश्नपत्र चुहावटमा शिक्षामन्त्रीको र्‍यापिड एक्सन खुकुरीसहित आक्रमणको प्रयास गर्ने चार युवक पक्राउ डलर साटिदिने भन्दै ठगी गर्ने चार जना पक्राउ एकीकृत भन्सार भवन छिटो सम्पन्न गर्न गृहमन्त्रीद्वारा निर्देशन पूर्वाधारमा प्राविधिक त्रुटि र जल प्रवाह क्षेत्र अतिक्रमणले माइतीघर डुबान
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानहानी मुद्दामा मुख्यमन्त्री केजरीवाल र सिसोदियालाई सफाइ



अ+ अ-

एजेन्सी । राउज एभिन्यू अदालतले शनिबार दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल र नेता मनिष सिसोदिया र योगेन्द्र यादवलाई फौजदारी मानहानी मुद्दामा सफाइ दिएको छ ।

अधिवक्ता सुरेन्द्र शर्माले सो मुद्दा दायर गरेका थिए जसको सन् २०१३ को विधानसभा चुनावमा उनको उम्मेदवारी अन्तिम समयमा रद्द भएको थियो ।

अतिरिक्त मुख्य महानगरीय मजिस्ट्रेट ९एसीएमएम० विधि गुप्ताले शनिबार आदेश जारी गर्दै उजुरीकर्ताले उद्धृत गरेका रिपोर्टहरूबाट मानहानीको मुद्दा स्थापना हुन नसक्ने बताउँदै सो आदेश जारी गरेका हुन् । अदालतले शनिबार आदेश जारी गर्दा तीनै जना अदालतमा उपस्थित थिए ।

मुद्दा दायर गर्ने अधिवक्ता सुरेन्द्रकुमार शर्माको भने निधन भैसकेको छ ।

उनको निधनपछि सो मुद्दा उनका भतिजाले अगाडि बढाइरहेका थिए । सो मुद्दामा आरोप खेपिरहेका मुख्यमन्त्रीसहित तीन जनाले लामो समयपछि आज सफाइ पाएका छन् ।