५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्ता छन् माओवादी केन्द्र स्थायी समिति बैठकका निर्णयहरु



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को महासचिवमा देवप्रसाद गुरुङ चयन हुनुभएको छ । शनिबार केन्द्रिय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी समिति बैठकले महासचिवमा देवप्रसाद गुरुङलाई चयन गर्ने निर्णय गरेको हो । त्यसैगरी पार्टीको वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपाध्यक्ष कृष्णबहादुर महरा हुनु भएको छ ।

महासचिवमा गुरुङ र उपमहासचिवमा नेताहरु गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, जनार्दन शर्मा, पम्फा भुसाल र मात्रृका यादव चयन हुनु भएको उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिनु भयो । दिनानाथ शर्मा, चक्रपाणि खनाल, लिलामणि पोखरेल, देवेन्द्र पौडेल, हितमान शाक्य, हितराज पाँण्डे, डिलाराम आचार्य र राम कार्की सचिव हुनु भएको छ भने कोषाध्यक्षमा श्रीराम ढकाल चयन हुनु भएको छ । विशेष महाधिवेशन छिट्टै गर्ने र त्यसअघिसम्मका लागि पदाधिकारीहरुको चयन गरिएको पार्टीका उपाध्यक्ष महराले बताउनु भयो ।

बैठकले वरिष्ठ उपाध्यक्ष श्रेष्ठको नेतृत्वमा १७ सदस्यीय प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको चुनावी घोषणा पत्र मस्यौंदा समिति समेत बनाएको छ । जसको सदस्यमा नेताहरु देव गुरुङ, गिरिराजमणि पोखरेल, वर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेत, लिलामणि पोखरेल, गणेश साह, परशुराम तम्तेल, अमृता थापामगर, हरि रोका, जाकिर हुसेन, परशुराम तामाङ, कृष्ण चौंधरी, भिमा ढुंगाना र जगत सिंखडा रहनु भएको छ । गठबन्धनको तर्फबाट पनि साझा चुनावी घोषणा पत्र आउने र पार्टीको तर्फबाट पनि घोषणा पत्र ल्याउने गरी सो समिति बनाइएको उपाध्यक्ष महराले बताउनु भयो ।

माओवादी केन्द्रले चुनावलाई लक्षित गरी प्रदेश स्तरीय बैठक तथा प्रशिक्षण कार्यक्रमको मिति पनि तय गरेको छ । जस अनुसार भाद्र ८ गते मधेश प्रदेशको बैठक तथा प्रशिक्षण कार्यक्रम राखिएको छ । ९ गते गण्डकी प्रदेश, १० गते प्रदेश १, ११ गते लुम्विनी प्रदेश, १२ गते बागमती प्रदेश, १३ गते विशेष प्रदेश, १५ गते सम्पर्क समन्वय समिति, १६ गते कर्णाली प्रदेश र १७ गते सुदूरपश्चिम प्रदेशमा चुनावीलाई लक्षित गरी बैठक तथा प्रशिक्षण कार्यक्रम राखिएको छ ।

बैठकले पार्टीमा आवद्ध विद्यार्थी संगठनमा देखिएको विवाद समाधान गर्ने जिम्मेवारी पार्टीका अध्यक्ष पुष्पकमल दाहाललाई दिने निर्णय समेत गरेको माओवादी केन्द्रले जनाएको छ ।