२० भाद्र २०८३, शनिबार
,
Latest
शिक्षक आन्दोलनको इतिहास समेटिएको पुस्तक सार्वजनिक राज्यका निकायहरू अन्योलमा छन्ः सरकारको लक्षण राम्रो छैनः प्रचण्ड बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि… भोटेकोशी बाढीः कर्तव्य पालनाका सिलसिलामा मृत्यु भएका सशस्त्र प्रहरीका परिवारलाई २५ लाख राहत भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति नेता ठाकुरको पेसमेकर परिवर्तन शल्यक्रिया सफल रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार बाढीपीडितको उद्धारमा ढिलाइ भएको भन्दै रामकुमारी झाँक्रीको प्रश्न: ‘कति मान्छे मार्यौ? हत्यारा को हो?’ कास्की पहिरो अपडेटः दुई कामदारको मृत्यु युद्धका कारण युक्रेनको वित्तीय संकट गहिरिँदै, ३२ अर्ब ६ करोड डलर अपुग हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेले आगामी निर्वाचनमा बहुमत ल्याउने गरी तयारी थाल्दैछः योगेशकुमार भट्टराई



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का सचिव योगेशकुमार भट्टराईले आफ्नो पार्टीले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा बहुमत ल्याउने गरी तयारी गरिरहेको बताउनु भएको छ ।

पार्टीको स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख समेत रहनु भएका सचिव भट्टराईले संघ र प्रदेश दुवैमा बहुमत ल्याएर सरकार बनाउने गरी पार्टीले आगामी निर्वाचनको तयारी गरिरहेको बताउनु भएको हो ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले आगामी निर्वाचनका लागि आफ्नो पार्टीले जनताको आकांक्षा अनुरुपको घोषणा पत्र निर्माण गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो । त्यसका लागि पार्टीका सबै विभागहरुले विज्ञहरुसँग छलफल गरेर सो घोषणा पत्रको मस्यौदा तयार पार्ने योजना अनुसार काम भईरहेको पनि सचिव भट्टराईले जानकारी दिनु भयो ।

उहाँले पार्टीले तयार पार्ने चुनावी घोषणा पत्र मुलुकमा विद्यमान आजको चुनौतिहरुलाई सामना गर्न सक्ने, जनपक्षीय र नेपालको राष्ट्रिय हितलाई सम्बोधन गर्न सक्ने खालको हुने पनि बताउनु भयो ।

सचिव भट्टराईले भन्नु भयो, ‘नेकपा (एमाले), जोसँग विगतमा सरकार संचालन गरिसकेको अनुभव छ । र, आउने दिनमा पनि नेकपा (एमाले) बहुमत ल्याएर प्रदेश र संघको सरकार संचालन गर्ने त्यो आकांक्षाका साथ हामी चुनावमा जाँदैछौं । त्यसो हुँदा हाम्रो घोषणा पत्र बढि व्यवहारिक, बढि उपयोगी, गर्न सकिने अनावश्यक पपुलारिटीको हिसावले होइन्, एउटा राजनीतिक दलको हिसावले भोली गर्न सकिने मुद्धाहरुमा केन्द्रित हुँदै व्यवहारिक मुद्धाहरुमा केन्द्रित हुँदै र विश्वव्यापी हाम्रा कमिटमेन्टहरुलाई पनि सम्बोधन गर्दै अगाडि जाने घोषणा पत्र हामी बनाउनेछौं ।

विषय विज्ञहरुसँग आवश्यक छलफल गरेर सो घोषणा पत्र तयार गरिनेछ । र, त्यो जनपक्षीय, नेपालको राष्ट्रिय हितलाई सम्बोधन गर्ने, आजका चुनौतिहरुलाई सम्बोधन गर्न सक्ने आज जनताको आकांक्षा अनुरुपको घोषणा पत्र बनाउन आमी सक्षम हुनेछौं ।’

सचिव भट्टराईले पार्टीको स्वास्थ्य तथा जनसंख्या विभागले आगामी निर्वाचनको लागि बनाउन लागेको घोषणा पत्रको मस्यौंदाका लागि आवश्यक सुझाव दिन पनि विज्ञहरुलाई आग्रह गर्नु भयो । एमालेले पार्टीका सबै विभागलाई यही भाद्र १५ गते भित्र चुनावी घोषणा पत्रका लागि मस्यौदा तयारी पारी पार्टीमा बुझाउन निर्देशन दिएको छ । सोही अनुसार सबै विभागहरुले आफ्नो कामलाई अघि बढाएको पनि सचिव भट्टराईले बताउनु भयो ।