२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिरासतमा मृत फेला परेका लामिछानेको प्रकरणबारे बुझ्न कानुनमन्त्री शाही घटनास्थलमा



अ+ अ-

कर्णाली । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाही धनिराम लामिछानेको मृत्यु प्रकरणको वस्तुस्थिति बुझ्न डिभिजन वन कार्यालय सुर्खेतमा पुग्नुभएको छ ।

लेकबेँसी नगरपालिका–१० सुर्खेत स्थायी घर भई हाल वीरेन्द्रनगर नगरपालिका–१३ भूतचोकमा बस्दै आएका ५८ वर्षीय लामिछानेलाई बिहीबार सालको रूख काटेको आरोपमा सब–डिभिजन कार्यालय सुर्खेतका कर्मचारीले पक्राउ गरेर ल्याएका थिए । पक्राउ गरी वन कार्यालयको हिरासतमा राखेको केही बेरमा झ्यालमा घुँडा टेकेर झुन्डिएको अवस्थामा लामिछाने भेटिएपछि मृतकका आफन्तहरू आक्रोशित बनेका थिए ।

आक्रोशित आफन्तहरूले बिहीबार साँझदेखि कार्यालय परिसरमा आन्दोलन गर्दा अवस्था अहिले पनि सामान्य हुन सकेको छैन । सोही घटनाको वस्तुस्थिति बुझ्न आन्तरिक मामिलामन्त्री शाही डिभिजन वन कार्यालयमा पुग्नुभएको छ ।

मृतकका आफन्तहरूले भने कर्मचारीले कुटेर मारेको आरोप लगाउँदै आएका छन् । उनीहरूले घटनामा संलग्न कर्मचारीलाई कारबाही गर्नुपर्ने माग राख्दै त्यसो नभए शव नउठाउने चेतावनी दिएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले घटनास्थल मुचुल्का बनाउने तयारी गर्न थालिएको बताउनुभयो ।




भर्खरै