२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसारकै अनौठो गाउँ, जहाँका मानिस कहिल्यै कपडा लगाउँदैन्



अ+ अ-

एजेन्सी । विश्वमा यस्ता धेरै ठाउँहरू छन् जहाँका मानिसहरु अनौठो जीवन बिताउँछन् । संसारमा एउटा यस्तो ठाउँ छ, जसको बारेमा थाहा पाउँदा तपाई छक्क पर्नुहुनेछ ।

सामान्यतया मानिसहरु लुगा लगाएर मात्र घर बाहिर निस्कने गर्दछन् । तर संसारमा एउटा यस्तो गाउँ छ जहाँका मानिसहरूले अनौठो परम्परालाई पछ्याउँदै आएका छन् । यस गाउँका मानिसहरूले ९० वर्षदेखि अनौठो परम्परा पालन गर्दै आएका छन् ।

वास्तवमा विश्वको यो अनौठो गाउँ बेलायतमा अवस्थित छ । विगत ९० वर्षदेखि यहाँ मानिसहरु लुगाबिना बस्दै आएका छन् । एक मिडिया रिपोर्टका अनुसार बेलायतको यस गाउँका मानिसहरू वर्षौंदेखि कपडा नलगाई बस्दै आएका छन् । यस गाउँमा मानिसहरुको दुई कोठाको बंगला पनि छ ।

यस गाउँमा बसोबास गर्ने मानिसहरूलाई सबै सुविधाहरू छन्, तर यहाँ मानिसहरूले विश्वास र परम्पराको पालना गर्छन्, जसका कारण तिनीहरू लुगा लगाउँदैनन् । यो गाउँ बेलायतको हर्टफोर्डशायरमा रहेको छ जसको नाम स्पीलप्लाट्ज हो । यो गाउँमा बालबालिकादेखि वृद्धसम्म कसैले पनि लुगा लगाउँदैनन् ।

जर्मन भाषामा स्पीलप्लाट्ज भनेको खेल मैदान हो । हर्टफोर्डशायरमा अवस्थित, यो अद्वितीय गाउँ बेलायतको सबैभन्दा पुरानो उपनिवेशहरू मध्ये एक हो । यस गाउँमा सुन्दर घरहरू, स्विमिङ पुल र मानिसहरूले पिउन बियर पनि पाउँछन् । यो अनौठो गाउँमा विगत ९० वर्षदेखि मानिसहरु यसरी बस्दै आएको बताइएको छ ।

मिडिया रिपोर्टका अनुसार यो समुदायको स्थापना सन् १९२९ मा स्पिलप्लाट्ज गाउँमा बस्ने ८२ वर्षीय आइसेल्ट रिचर्डसनका बुबाले गरेका थिए । प्रकृतिवादी र सडकवासीमा कुनै भिन्नता नभएको उनको विश्वास छ ।