११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारी गैरजिम्मेवारपूर्ण :डा. शशांक कोइराला News Polar सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित

ह्युमन मिल्क बैंकको स्थापना

ह्युमन मिल्क बैंकको स्थापना
अ अ+ अ-

काठमाडौँ । राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले आज काठमाडौँस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा देशकै पहिलो ह्युमन मिल्क बैंक ‘अमृत कोष’ को उद्घाटन गर्नुभएको छ ।

युनिसेफ नेपालले बालबालिका मैत्री स्वास्थ्य प्रणाली सुनिश्चित गर्नका निम्ति यो एक महत्वपूर्ण कदम हो भन्दै यसले समय नपुगी जन्मिएका, कम तौल भएका र अन्य जोखिममा रहेका शिशुहरूलाई सबैभन्दा बढी आवश्यकता परेको बेलामा अरू आमाहरूको दूध उपलब्ध गराउने जनाएको छ ।

हरेक वर्ष विश्वभर करिब १ करोड ५० लाख शिशुहरू समय नपुगी नै जन्मिन्छन् । नेपाल जस्ता निम्न–मध्यम आय भएका देशहरूमा करिब ८१ हजार शिशु समय नपुग्दै जन्मिन्छन् । शिशुहरू आफ्नो जीवनको पहिलो महिनामा मृत्युको उच्च जोखिममा हुन्छन् भने समय नपुगी जन्मेका र कम तौल भएका शिशुहरू अझ बढी जोखिममा हुन्छन् । सन् २०१९ को नेपाल बहुसुचक सर्वेक्षण अनुसार नेपालमा नवजात मृत्युदर (जीवनको पहिलो २८ दिनमा प्रति १००)जीवित जन्ममा मृत्यु हुनेको संख्या(१६) छ । त्यस्तै, शिशु मृत्युदर (प्रति १००) जीवित जन्ममा १ वर्षभन्दा कम उमेरको मृत्यु हुनेको संख्या( २५ र ५ वर्षमुनिको मृत्युदर प्रति १००) जीवित जन्ममा २८ छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, परिवार कल्याण महाशाखाका निर्देशक डा विवेकुमार लालले आमाको दूध पोषणको उत्तम स्रोत भन्दै यसले शिशुको जीवन सुनिश्चित गर्नका साथै स्वस्थ विकासमा मद्धत पुर्याउने बताउनुभयो ।

“आमाको दूधले शिशुको मस्तिष्कको विकासलाई बलियो बनाउँछ र बालबालिका र आमालाई जीवनभर फाइदा गर्छ”, उहाँले भन्नुभयो, “आमाको दूधमा अन्य कुनै स्रोतहरूमा नपाइने एन्टिबडीहरू हुन्छन् । त्यसैले जन्मेको पहिलो घण्टामा हुने स्तनपानको प्रारम्भिक शुरुवात, जन्मदेखि ६ महिना उमेरसम्मको पूर्ण स्तनपान र २ वर्षसम्मको स्तनपान र त्यसपछिको पूरक आहारले शिशुलाई विभिन्न खालका संक्रमण र कुपोषणबाट जोगाउँछ भने शिशुाको मृत्यु हुन सक्ने जोखिमलाई समेत घटाउँछ ।”

पूर्ण स्तनपानले विश्वभर हरेक वर्ष ५ वर्ष उमेरमुनिको सम्भावित मृत्युलाई १३ प्रतिशतले कम गर्न सक्ने क्षमता राख्ने युनिसेफ नेपालले बताएको छ । यस्तै, जन्मेको पहिलो घण्टाभित्र गराइने स्तनपानसँगै पूर्ण स्तनपानले विश्वभरिका सबै नवजात शिशुको मृत्युलाई २२ प्रतिशतले घटाउन सक्छ ।

नेपाल बहुसूचक सर्वेक्षण, २०१९ का अनुसार नेपालमा २ वर्ष मुनिका शिशुहरू मध्ये ४२ प्रतिशतलाई मात्र जन्मेको एक घण्टाभित्र स्तनपान गराइन्छ भने ६ महिनामुनिका ६२ प्रतिशत शिशुहरूलाईमात्र पूर्ण स्तनपान गराइन्छ ।

“समय नपुगी जन्मेका र कम तौल भएका जीवीत रहिरहन सक्ने तथा उनीहरूको पर्याप्त शारीरिक तथा मानसिक विकास हुननसक्ने बढी जोखिम हुन्छ । यसका साथै उनीहरूको कमजोर स्वास्थ्य अवस्थाका कारण उनीहरूलाई दूध खुवाउन पनि गाह्रो हुन्छ”, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका निर्देशक प्रा डा अमिरबाबु श्रेष्ठले भन्नुभयो, “प्रायजसो यस्ता शिशुहरूको सन्दर्भमा प्रत्यक्ष स्तनपान सम्भव हुँदैन । यस्तो अवस्थामा उनीहरूका लागि उत्तम विकल्प भनेको आमाको दूध निकालेर खुवाउनु हो, सम्भव भएसम्म आफ्नै आमाको खुवाउँदा राम्रो हुन्छ ।”

जब आमाको दूध पर्याप्त हुँदैन वा उपलब्ध हुँदैन, नवजात शिशुलाई बट्टाको दूध दिइने गरिन्छ । तर बट्टाको दूध खुवाउँदा त्यस्ता शिशुहरूमा संक्रमण ९सेप्सिस्० र ‘नेक्रोटाइजिङ इन्टेरोकोलाइटिस्’ (आन्द्रासम्बन्धी एक प्रकारको रोग) को जोखिम उच्च हुन्छ । बट्टाको दूध खुवाइएका शिशुहरूमा यो समस्या उनीहरू २ हप्ता पुग्दादेखि नै देखिन थाल्छ । यस्तोमा, उनीहरूलाई बट्टाको दूधको साटो दान गरिएको अरु आमाको दूध खुवाउन सकिए बट्टाको दूधका नकरात्मक असरहरूबाट जोगाउन सकिन्छ ।

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा रहेको ह्युमन मिल्क बैंक, ‘अमृत कोष’ मा सुत्केरी आमाबाट सुरक्षितरूपमा दान गरिएको दूध संकलन, प्रशोधन, परीक्षण र भण्डारण गरी आवश्यक परेका शिशुहरूलाई उपलब्ध गराउने सुविधा छ । यो ‘अमृत कोष’ नेपाल सरकार, युरोपियन युनियन र युनिसेफको साझेदारीमा स्थापना गरिएको हो ।

“बहुक्षेत्रीय पोषण योजना कार्यान्वयन गर्न यूरोपियन युनियन, लामो समयदेखि युनिसेफसँगै नेपाल सरकारको साझेदार संस्थाका रूपमा काम गर्दै आएको छ । यसै अन्तर्गत स्तनपान प्रवर्धन पनि एक प्रमुख क्षेत्र रहँदै आएको छ”, नेपालका लागि यूरोपियन युनियनका राजदूत नोना डिप्रेजले भन्नुभयो, “आज यो त्रिपक्षीय साझेदारीमार्फत नेपालमा पहिलो ह्यमन मिल्क बैंक ‘अमृत कोष’ स्थापना भएकोमा हामी गौरवान्वित भएका छौँ । यसबाट आफ्नो आमाको दूध प्राप्त गर्न नसकेका धेरैभन्दा धेरै नवजात शिशुहरूले दूध प्राप्त गर्नेछन् र यसले उनीहरूको स्वास्थ्यको रक्षा गर्नका साथै समग्र विकासमा लाभ पुग्नेछ भन्ने हाम्रो आशा छ ।”

बहुक्षेत्रीय पोषण योजनाले किशोरी, गर्भवती महिला, स्तनपान गराउने आमा, शिशु तथा साना बालबालिकाका लागि स्वस्थ, पौष्टिक र विविध आहारको प्रवर्द्धन गरी नेपालभर मातृ, किशोरी र बाल पोषण सुधार गर्न खोजेको छ ।

सन् २०१३ देखि युनिसेफले यूरोपियन युनियनको आर्थिक सहयोगमा बहुक्षेत्रीय पोषण योजना कार्यान्वयन गर्न नेपाल सरकारलाई सहयोग गर्दै आएको छ।

युनिसेफले नेपालमा पहिलो ह्युमन मिल्क बैंक स्थापना गर्न नेपाल सरकार र यूरोपियन युनियनसँग सहकार्य गर्न पाउँदा युनिसेफ हर्षित भएको बताएको छ ।

“बाल पोषण सुधार गर्न र विशेषगरी बालबालिकामा देखिएको तीव्र कुपोषणलाई सम्बोधन गर्न बहुक्षेत्रीय पोषण योजनाअन्तर्गत हाम्रो संयुक्त प्रयासलाई अगाडि बढाउनको लागि ‘अमृत कोष’ – ह्युमन मिल्क बैंकको पहल महत्वपूर्ण छ”, नेपालका लागि युनिसेफका प्रतिनिधि एल्के विशले भन्नुभयो, “सबै आमाहरूलाई हाम्रो हृदयदेखि धन्यवाद छ, जसले स्तनपान गराउन कठिनाई भएका अरु आमाहरूका शिशुहरूलाई उदारतापूर्वक आफ्नो दूध दान गरिरहनुभएको छ – विशेषगरी समयअघि नै जन्मेका, कम तौल भएका र अन्य जोखिममा रहेका शिशुहरूलाई। यसबाट ती शिशुहरूलाई धेरै लाभ पुग्नेछ ।”

फोटो – युनिसेफ