९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

किर्तिमानी आरोही निमा ग्याल्जेन शेर्पालाई सम्मान गर्न भाई फुर्वाको अनुरोध



अ+ अ-

काठमाडौँ । दुई पटक गिनिज बुकमा नाम लेखाइसकेका र नेपाल भ्रमण वर्ष २०११ को सद्भावना दूतसमेत भइसकेका सफल हिमाल आरोही निमा ग्याल्जेन शेर्पालाई स्वागत र सम्मान गर्न उहाँका भाइ फुर्वा तेन्जिङ शेर्पाले अनुरोध गर्नुभएको छ ।

आरोही फुर्वाले एनएमए, टान, नेपाल पर्यटन बोर्ड, सगरमाथा आरोही संघ, पर्यटन विभागलगायतलाई ग्याल्जेनको स्वागत सम्मान र कदर गर्न ध्यानाकर्षण गराउनुभएको हो ।

फुर्वाका अनुसार निमा ग्याल्जेनले विश्वका सबैभन्दा अग्ला १४ वटै हिमालको सफल आरोहण गर्ने दोलखा जिल्लाकै पहिलो आरोही हुनुभएको र केवल ४२ दिनमा पाकिस्तानस्थित आठ हजार मिटरका सबै हिमाल आरोहण गरी नयाँ विश्व कीर्तिमान कायम गर्नुभएको सामाजिक सञ्जालमार्फत उल्लेख गर्नुभएको छ ।

यसअघि पनि ग्याल्जेनले गिनिज बुकमा दुई पटक नाम लेखाउनु भएको र उहाँ हिमालमा रेस्क्यु गरी धेरैको ज्यान जोगाउने कुशल आरोही पनि रहेको फुर्वाले उल्लेख गर्नुभएको छ ।

फुर्वाका अनुसार ग्याल्जेनले हालसम्म सगरमाथा ९ पटक, मनास्लु ७ पटक, ल्होत्से र मकालु ३–३ पटक, चोयु र अन्नपूर्ण २–२ पटक र बाँकी के२, कञ्चनजंघा, धौलागिरि, नांगा पर्वत, जि१, जि२, ब्रोड पिक, सिसापाङ्मा हिमालहरु १–१ पटक आरोहण गर्नुभएको छ । साथै दोलखा स्थित लिंकुचुली २ ९६,६५९ मिटर० हिमाल आरोहण गर्ने प्रथम आरोही पनि हुनुहुन्छ ।