५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाँकेमा सवारी दुर्घटनामा परी एकको मृत्यु



सांकेतिक तस्बिर
अ+ अ-

राँझा । बाँकेको वैजनाथ गाउँपालिका–५ वनकटवास्थित पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।

मिनी ट्रक, म्याजिक भ्यान र मोटरसाइकल एकापसमा ठोक्किएर भएको दुर्घटनामा भ्यानका चालक बाँसगढी नगरपालिका–४ बर्दिया निवासी रामबहादुर कुँवरको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्लले जानकारी दिनुभयो ।

उहाँका अनुसार, पश्चिमतर्फ गइरहेको भे१क २१९६ नम्बरको मिनी ट्रक, कोहलपुरतर्फ आउँदै गरेको भे१ज ४४९ नम्बरको भ्यान र भे११प २८०० को मोटरसाइकल ठोक्किएका थिए । दुर्घटनामा परेर नौ यात्रु घाइते भएका छन् ।

घाइतेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक मल्लले बताउनुभयो ।