२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनप्रतिनिधिले जिम्मेवारीपूर्वक काम नगरेपछि…



अ+ अ-

काठमाडौं । जनप्रतिनिधिलाई जनताले विकास निर्माण देखि लिएर आम गुनासोलाई सम्बोधन गर्नका लागि चुनावमा भोट दिन्छन् । 

चुवावमा जनप्रतिनिधिले पनि आफू प्रतिवद्ध भएर जनताको सेवामा समर्पित हुने भन्दै भोट माग्दछन् । जब चुनाव जितेर जनप्रतिनिधि पदमा पुग्दछन् तब जनगुनासो नसुन्ने गरेको देशका थुप्रै स्थानहरुमा उदाहरण छन् । 

तीनैमध्ये एक घटना घटेको छ दोलखा जिल्लाको मेलुङ गाउँपालिकामा । आफ्नो गुनासोहरुलाई सम्बोधन नगरेपछि मेलुङ गाउँपालिका प्रमुख नर बहादुर श्रेष्ठलाई स्थानीयले कठालो नै समातेका छन् । एम्बुलेन्सको लागि फोन गर्दा जनतालाई ढाटेको भन्दै स्थानीयहरुले  गाउँपालिका अध्यक्षलाई कठालो समातेको बताइएको छ । 

गाउँपालिकाको वडा नम्बर ३ मुकुनेस्थित एक गम्भिर विरामीलाई बोक्न एम्बुलेन्सको लागि बाटो नभएको भन्दै कठालो समातेका हुन् । स्थानीय जनक बहादुर तामागलाई उपचारको लागि काठमाडौं लैजान गाउँपालिकामा बाटो नभएको अवस्थामा उनलाई फोन गरिएको थियो । 

बाटोमा एम्बुलेन्स गाडी फँसेर जनक बहादुरलाई त्यहाँबाट बोकेर लैजान गाह्रो भएको भन्दै बाटोमा पहिलो सफा गरिदिन फोन गरिएको बताइएको छ ।

बाटोको अवस्थाले स्थानीयलाई दैनिक समस्या परेकोमा त्यसको सम्बोधन नभएको स्थानीयको गुनासो छ । यसप्रकारको दबाबले पूरै देशभरका जनप्रतिनिधिलाई अवस्य झटारो हानेको छ ।