२७ भाद्र २०८३, शनिबार
,
Latest
प्रलयलाई देखाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्नु हुँदैनः कुलमान आसिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत नेपाल भलिबल लिगः आज अन्नपूर्ण र कर्णालीबीच प्रतिस्पर्धा हुने हिमाली विपद् राष्ट्रिय सीमाभन्दा परको साझा चुनौती होः परराष्ट्रमन्त्री खनाल संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप जलविद्युत बनाउने कि नबनाउने भन्ने प्रश्न उठ्नु दुःखद्ः डाँगी दक्षिणी लेबनानमा हेजबुल्लाहको दुई किलोमिटर लामो सुरुङ सञ्जाल ध्वस्त पारेको इजरायलको दाबी कम्बोडिया र म्यानमारबीच व्यापार तथा लगानी प्रवर्द्धनसहित चार सम्झौतामा हस्ताक्षर एसीसी प्रिमियर कप : फाइनल खेलमा युएईविरुद्ध आशिफको शतक
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनप्रतिनिधिले जिम्मेवारीपूर्वक काम नगरेपछि…



अ+ अ-

काठमाडौं । जनप्रतिनिधिलाई जनताले विकास निर्माण देखि लिएर आम गुनासोलाई सम्बोधन गर्नका लागि चुनावमा भोट दिन्छन् । 

चुवावमा जनप्रतिनिधिले पनि आफू प्रतिवद्ध भएर जनताको सेवामा समर्पित हुने भन्दै भोट माग्दछन् । जब चुनाव जितेर जनप्रतिनिधि पदमा पुग्दछन् तब जनगुनासो नसुन्ने गरेको देशका थुप्रै स्थानहरुमा उदाहरण छन् । 

तीनैमध्ये एक घटना घटेको छ दोलखा जिल्लाको मेलुङ गाउँपालिकामा । आफ्नो गुनासोहरुलाई सम्बोधन नगरेपछि मेलुङ गाउँपालिका प्रमुख नर बहादुर श्रेष्ठलाई स्थानीयले कठालो नै समातेका छन् । एम्बुलेन्सको लागि फोन गर्दा जनतालाई ढाटेको भन्दै स्थानीयहरुले  गाउँपालिका अध्यक्षलाई कठालो समातेको बताइएको छ । 

गाउँपालिकाको वडा नम्बर ३ मुकुनेस्थित एक गम्भिर विरामीलाई बोक्न एम्बुलेन्सको लागि बाटो नभएको भन्दै कठालो समातेका हुन् । स्थानीय जनक बहादुर तामागलाई उपचारको लागि काठमाडौं लैजान गाउँपालिकामा बाटो नभएको अवस्थामा उनलाई फोन गरिएको थियो । 

बाटोमा एम्बुलेन्स गाडी फँसेर जनक बहादुरलाई त्यहाँबाट बोकेर लैजान गाह्रो भएको भन्दै बाटोमा पहिलो सफा गरिदिन फोन गरिएको बताइएको छ ।

बाटोको अवस्थाले स्थानीयलाई दैनिक समस्या परेकोमा त्यसको सम्बोधन नभएको स्थानीयको गुनासो छ । यसप्रकारको दबाबले पूरै देशभरका जनप्रतिनिधिलाई अवस्य झटारो हानेको छ ।