५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रको पदाधिकारीको टुंगो आज पनि लागेन



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले आज पनि पदाधिकारी टुंगो लगाउन सकेन । शुक्रबार बिहान पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले पदाधिकारीले टुंग्याउन नसकेको हो ।

माओवादी महासचिवमा ७ नेताले आफ्नो दाबी पेश गरेका छन् । बैठकमा देव गुरुङ, वर्षमान पुन, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, हरिबोल गजुरेल, शक्ति बस्नेत र पम्फा भुसालले महासचिवमा आफ्नो पनि दाबी रहेको बताएका हुन् ।

पार्टीका प्रवक्ता कृष्णबहादुर महराले बैठकमा पदाधिकारीबारे छलफल भए पनि टुंगो नलागेको बताए । महराले भने, ‘पदाधिकारीको विषयमा र कार्यक्रमको विषयमा विस्तृत छलफल गरेका छौँ । भोलि १ बजे बसेर टुंग्याउने भनिएको छ । पदाधिकारीका विषयमा पनि करिव करिव टुंगिएको स्थिति छ । अध्यक्ष र अरु कमरेडको अन्य कार्यक्रममा भाग लिनुपर्ने भएकोले भोलि सम्मका लागि सरेको हो ।’