४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’

कृष्ण

कृष्ण
अ+ अ-

नाम: कृष्ण
थप नाम: वशुदेव, बिष्णु, माधव, मधुहा, पुण्डरीकाक्ष, जनार्दन, सात्वत, आर्षभ, वृषभेषण, अज, उदर, दामोदर, हृषिकेश, महाबाहु, अधोक्षज, नारायण, पुरुषोत्तम, सर्व, सत्य, गोबिन्द, जिष्णु, अनन्त, मधुसुदन, केशब, हरि, पृश्निगर्भ
पिता: बसुदेव, माता: देवकी
पालनकर्ता : नन्द–यशोदा दम्पति
हजुरबुबा: राजा सुरसेन, राज्य: मथुरा
मावली हजुरबुबा: देबक, राज्य: द्धारका
पिता बसुदेवका पत्नि: १६
दाजु: बलराम, पत्नि रेवती
बंश : यदु, चन्द्रबंशी, क्षत्रीय
मामा: कंश समेत, द्धारकाका भोजबंशी राजा उग्र्रसेन र उनका भाइ देवक पुत्रहरु
कंशको राज्य: द्धारका, पछि मथुरासमेत बिजय गर्न सफल
समय ⁄ युग : द्धापरयुगको अन्तिमतिर, कलियुगको सुरुवात
पत्नि: विवाहित आठ, रुक्मिणि, सत्यभामा, जाम्ववति, सत्या, कालिन्दि, लक्ष्मणा, मित्रवृन्दा, भद्रा
(असुर भौमासुरको कव्जाबाट मुक्त गरिएका १६,१०० राजकुमारीलाइ पत्नि बनाएको कथा प्रचारमा छ । )
सेनाको नाम: नारायणी
मुख्य शश्त्रअश्त्र: शाङ्र्गधनु, कौमोदकी गदा, सुदर्शन चक्र
योगदान: मानवताबिरोधि असुरहरुको संहार, धर्म र सत्यको रक्षा गर्न सफल
चर्चा :धन, बल, सौन्दर्य, त्याग, ज्ञान र प्रसिद्धि अर्थात षड् ऐश्वर्यले परिपुर्ण पुरुष

तत्कालीन भारतीय समाज, राज्य र कृष्ण जन्मको पृष्ठभूमी

आजभन्दा करिब ५१०० बर्षअघिको कुरा हो । त्यसबेला भारतवर्षमा दुइ भिन्न क्षत्रिय राजपरिवार थिए । ती सुर्यबंशी र चन्द्रबंशी कहलाउं“दथे । यी दुइमध्ये श्रीकृष्ण चन्द्रबंशी थिए ।

द्धापरयुगको अन्ततिरको कुरा हो । हाल भारतमा पर्ने त्यसबेलाको द्धारका र मथुरा छिमेकी राज्य थिए । त्यहा“ भोज बंश, यदु बंश, बृष्णि बंश र अन्धकबंशका मानिस र राजाहरु थिए तीमध्ये मथुरामा यदु बंशका राजा सुरसेन राजा थिए । द्धारकामा भोजबंशका उग्रसेन राजा थिए । उग्रसेनका छोरा कंश तत्कालीन समयका प्रसिद्ध राजा थिए । कंशले पितालाइ कैद राखेर आफैंलाइ राजा घोषणा गरेका थिए ।

मथुराका यदुबंशी राजा सुरसेन र द्धारकाका भोजबंशी राजा उग्रसेन पारिवारिक नाताका थिए । द्धारकाका राजा उग्रसेनका भाइ देवककी पुत्रीहरु मथुराका राजा सुरसेनका छोरा बशुदेवले विवाह गरेका थिए ।

राजा सुरसेनका छोरा बशुदेव भरखरै विवाह भएकी पत्नि देवकीलाइ लिएर ससुरालीबाट रथमा चढेर घरतर्फ जां“दै थिए । देवकीका पिता देवकले छोरीका लागि हात्ति, घोडा, रथ, सेविका सुन्दर स्त्रीहरु सहित धेरै दाइजो दिएका थिए, ती पनि संगसंगै थिए । देवकीलाइ पतिको घरसम्म दाइजोसहित माइतिले रथमा राखेर पुर्याउन लैजाने परम्परा अनुसार बशुदेव र देवकी बसेको रथ राजा उग्रसेनको छोरा राजा कंशले हां“केको थियो ।

नातामा कंश देवकीको दाजु पर्दथ्यो । शुभ साइत भएकाले सुमंगल बाजा बजिरहेका थिए । यसै समय आकाशवाणी भएझैं शव्द गर्जियो ः ‘मुर्ख कंश ! तैले हां“केको रथमा रहेका तेरा बहिनी ज्वांइको गर्भबाट जन्मने आठौं बालकले तंलाइ मार्नेछ !’

यो सुनेर कंश आत्तियो । उसको मन बदलियो । कंश असुर स्वभावको थियो । असुरसंग उसको संगत थियो । उसले रथबाट झारेर वहिनी देवकीको हत्या गर्न प्रयास गर्यो । पति बशुदेव आत्तिए र जेठान कंशको आक्रोस मत्थर पार्न सक्दो प्रयास गरे । बशुदेवले कंशसंग भने ‘जेठान ज्यु ! हजुरलाइ खतरा देवकिबाट होइन, उनीतर्फबाट जन्मने पुत्रबाट हो, तसर्थ म उनीतर्फबाट जन्मने सबै सन्तान हजुरलाइ बुझाउने प्रतिज्ञा गर्दछु ।’

बशुदेवका प्रतिज्ञापछि कंशले बहिनी देवकिलाइ सकुशल घर जान दिए ।

केहिकालपछि प्रतिज्ञाअनुरुप बशुदेवले पत्नि देवकीको गर्भबाट जन्म भएको पहिलो बालक पुत्र कंशलाइ बुझाए । कंश बशुदेवको प्रतिज्ञाबाट खुशी भएर भन्यो ः ‘यति सानो बालकबाट मलाइ के नै खतरा छ र ? म तपाइको प्रतिज्ञाबाट प्रशन्न भए“ं । मलाइ आठौं बालकबाट खतरा हो । तसर्थ सातौं सन्तानसम्म बुझाउनु पर्दैन’ भनेर बशुदेवलाइ फर्काइदिए ।

केहि समयमै देवर्षी नारदले कंशसं“ग भेट गरेर यदु बंशमा बिष्णुसहितका देवताहरुले जन्म लिन लागेको र उनीहरुले कंशको बध गरिछाड्ने प्रतीज्ञा गरेको संकेत गरे । त्यसपछि कंश मनमनै डरायो र आफ्ना पिता उग्रसेनलाइ कैद राखेर आफैं राजा भयो ।

उसले बशुदेवका पिता सुरसेनको राज्य कव्जा गर्यो र मथुराको राजा पनि आफैं भएको घोषणा गर्यो । बशुदेव र देवकीलाइ कारागारमा कडा पहरासहित बलियो ताल्चा लगाएर कैद राख्यो । अब बशुदेव र देवकीबाट जन्मनासाथ सबै बालकको हत्या गर्नथाल्यो ।

कंशले द्धारकाका छिमेकी राज्यका राजाहरु प्रलम्बासुर, वकासुर, चाणुर, तृणावर्त, मुष्टिक, अरिष्टासुर, द्धिविध, पुतना, केसी, धेनुकासुर, लगायतसंग सम्बन्ध बढायो । हाल विहारभुमी केहि समयअघि मगध भनिने राज्यका त्यसबखतका राजा जरासन्धसमेतलाइ आफ्नो समुहमा राखेर असुर राज्यहरुको समुह गठन गर्यो । वाणासुर र भौमासुरस“ंग पनि मित्रता गर्नथाल्यो ।

कंश र उसका समुहका असुर राज्यका राजाले मानीस र देवतामाथि दिनदिनै अत्याचार गर्नथाले । भोज, अन्धक र यदु बंशका राजाहरुले छिमेकका कुरु, पान्चाल, केकय, साल्व, विदर्भ, निषध, विदेह, कोशल राज्यमा शरण लिएर बा“ंच्न विवस भए । कृष्णका पिता बशुदेवका १६ मध्येकि एक रानी रोहिणी मथुरा राज्यमा पर्ने वृन्दावनको गोकुल निवासि बैश्य महाराज नन्द यसोदा दम्पत्तिको आश्रयमा बस्दै आएकि थिइन ।

कृष्ण जन्म

कृष्णको पिता बशुदेव र माता देवकि हुन् । बशुदेवका १६ विवाहित पत्नि थिए । ती पत्निबाट ७१ भन्दा धेरै पुत्रहरुको जन्म भएको थियो । कृष्णको जन्म कंशको कारागारमा पिता वशुदेव र उनकी पत्नि देवकिको आठौं पुत्रका रुपमा भएको थियो ।

महर्षि वेदव्यासप्रणीत श्रीमद्भागवत महापुराणका अनुसार कंशको कारागारमा रहेका बशुदेव र देवकीबाट जन्म भएका ६ बालक कंशले हत्या गरिदियो । देवकीको गर्भमा सातौं गर्भमा भगवान श्री बिष्णुको अंशरुप र भगवान श्रीकृष्णको पुर्वरुप प्रबेश गरेको थियो । तर बिष्णुले कंशको डरले योगमायाको सहयोगमा संकर्षण विधिबाट देवकीको गर्भबाट रोहिणीको गर्भमा सो अंश सारि दिए । राजा कंशका अनुचरले कंशलाइ देवकीको सातौ गर्भ खेर ( तुहिएको ) समाचार दिए । यो समाचार सुनेर कंश खुसि भयो । नन्दकै घरमा रोहिणीका गर्भबाट बशुदेवका सातौं पुत्र बलराम जन्म भयो ।

केहि समयपछि देवकिमा आठौं गर्भ आयो । भगवान कृष्ण आठौं गर्भमा थिए । यो समय कंश धेरै सचेत र सतर्क भयो । उसले कारागारका सबै रक्षकलाइ देवकिमाथि कडा निगरानी राख्न निर्देशन दियो । आठौं गर्भ आएपछि कारागारभित्रै रहेका बशुदेव र देवकीको मुहार प्रकाशमय बनेको थियो । यो खबर थाहा पाएर कंश देवकिको हत्या गर्न फेरि अग्रसर भएको थियो । तर कंश आफु पक्षका असुर राजाहरुको सल्लाहपछि बहिनी हत्याबाट पन्छियो । देवकिमाथि थप कडा पहरा राख्न लगायो ।

यसबीच भाद्रकृष्ण अष्टमीको मध्यराति रोहिणी नक्षत्रमा कारागारमा कृष्ण जन्म भयो । मध्यरातमा सबै रक्षक निदाएका थिए । बशुदेव र देवकि कंशबाट धेरै डराएका थिए । हिम्मत गरेर वशुदेवले टोकरीमा नवजात बालकलाइ राखेर कारागारबाट वाहिरिने प्रयास गरे । ठुला ताल्चाका चावी साथमै राखेर कारागारका रक्षकहरु निन्द्रामा थिए । बशुदेव ति चाबीले ताल्चा खोलेर कारागारबाट वाहिरिए र सरासर यमुना नदि तरेर वृन्दावनको गोकुल निवासि नन्द महाराजको घर गए ।

बशुदेव क्षत्रीय बंशका थिए तर नन्दमहाराज बैश्य थिए । गाइपालन र कृषि उनको प्रमुख पेशा थियो । नन्द र बशुदेबबीच आत्मिय र गहिरो मित्रता थियो । संयोगले त्यस रात नन्दकी पत्नि यसोदाले पुत्री जन्म दिएकि थिइन तर उनी धेरै प्रसव वेदनाले मुच्र्छित थिइन । घरका सबै मानिस निदाएका थिए । बशुदेवले रातको समयमा यसोदाको काखमा आफ्नो नवजात पुत्र राखिदिए र उनले जन्मदिएको पुत्री टोकरीमा राखेर कारागार लिएर आए । कारागारमा पत्नि देवकिको काखमा नवजात पुत्री राखिदिए र रक्षकले नदेख्नेगरी सबै ताल्चाहरु आफैंले लगाए ।

देवकिले पुत्रीलाइ उठाएर सरसफाइ गर्न लागिन । त्यसैबेला नवजात शिशु चिच्याएर रुन थालिन् । शिशुको चिच्याहट सुनेर रक्षकहरु उठे र सबै कुरा कंश समक्ष जाहेर गरे । कंश आएर देवकिको काखबाट नवजात बालिका खोस्यो । देवकिले दाजु कंशसंग देववाणीमा आठौं पुत्रले हत्या गर्छ भनेको तर आठौं गर्भबाट पुत्री भएकाले यस निरीह बालिकाले हजुरजस्तो बलिष्ठ, महाबलशाली पुरुषको हत्यागर्ने कुरा कल्पना पनि गर्न नसकिने हुंदा कृपा गरेर बालिका आफुलाइ दिन विन्ति गरिन । देवकिले यि बालिका ठुली भएपछि हजुरकै पुत्रसंग विवाह गरिदिनेछु, बुहारी भएर हजुरको सेवा गर्नेछे भनेर कंशसंग याचना गरिन ।

तर कंशले देवकीको अनुरोध सुन्न चाहेन र उसले बालिकालाइ उचालेर जमिनमा पछार्न खोज्दा बालिका कंशको हातबाट फुत्किन र भनिन: ‘ए दुष्ट मुर्ख कंश ! तैंले मलाइ कसरी मार्न सक्छस ? तं आफ्नी निरीह बहिनीप्रति दुष्ट नबन । तं“लाइ मार्ने बालक त यस पृथ्वीमा पहिले नै जन्मिसकेको छ ।’
यति भन्दै बालिका बेपत्ता भइन । कंश आश्चर्यचकित भयो, धेरै डरायो । अब उसले बहिनी देवकि र ज्वांइ बशुदेवलाइ कारागार मुक्त गरिदियो ।

बिगतमा बहिनीका बालक सन्तान हत्या गरेकोमा बहिनी ज्वांइसमक्ष क्षमा माग्यो र पुराना कुरा बिर्सेर पुनः पारिवारिक सम्बन्ध राख्न अनुरोध गर्यो । उसले तत्कालै देवकि र बशुदेवलाइ कारागारबाट बाहिर पठाएर आफ्नो मन्त्रीको सभा बोलायो । कंशका मन्त्री सबै असुर थिए । मन्त्रीसंग कंशले सबै वृतान्त सुनायो र अव के गर्ने ? भनेर राय माग्यो । तिनिहरुले कंशका कुरा सुनेर चिन्ता गरे । बिगत दश दिनयता राज्यमा जन्म भएका सबै बालक हत्या गर्ने सुझाव दिए । कंशका मन्त्रीले राज्यभित्रका साधु, ब्राम्हण, बैष्णव, गाइ पालन गर्ने सबैलाइ कष्ट दिने निर्णय पनि गरे ।

उता वृन्दावन, गोकुलमा नन्दको घरमा विहान यसोदाले पुत्र जन्म दिएको खबर गाउंभरि फैलियो । गोपीहरु आएर बालक नुहाइदिए । नन्दले आफ्नो पुत्र जन्म भएको खबर आफन्त र छिमेकी सबैलाइ खुशी भएर सुनाए । नन्द र यसोदालाइ बशुदेवले बालक साटिदिएको जानकारी थिएन । बशुदेव र देवकि कारागारमुक्त भएर मथुराको घर फर्किए ।

बशुदेवको अर्कि पत्नि रोहिणी कंशको डरले नन्दको गोकुलस्थित घरमा पुत्र बलरामसंग बस्दै आएकि थिइन । अब बशुदेवका दुइ पुत्र बलराम र श्रीकृष्ण नन्दका घरमा हुर्कन थाले ।

गर्ग ऋषिबाट नामाकरण संस्कार

नन्द कृष्णको नामाकरण संस्कार (न्वारान) गराउने उचित व्राह्मणको खोजिमा थिए । गुप्तरुपमा बशुदेवले ऋषि गर्गसं“ग अनुनय गरेर गोकुलमा नन्दको घर जान आग्रह गरे । गोप्य सल्लाह अनुसार ऋषि गर्ग नन्दको घर गए । आचार्य गर्गलाइ अचानक आफ्ना निवासमा पाउ लागेको देखेर नन्द असाध्य खुसी भएर आफ्नो नवजात पुत्रको नामाकरण संस्कार गरिदिन अनुरोध गरे ।

मनमनै नामाकरण संस्कार गर्ने मनसाय भएर पनि मुखले गर्गले भने ‘नन्द जी ! हुने हो तर, एउटा समस्या आउन सक्छ । त्यो के भने ः द्धारकाको राजा कंश आजभोली धेरै चिन्तित छ । देववाणी अनुसार देवकिको गर्भमा आठौं बालक पुत्र हुनुपर्नेमा पुत्री भएको र उसले कंश हत्या गर्ने बालक अन्त जन्मि सकेको बताएर बेपत्ता भएपछि कंशले गुप्तरुपमा अनुचरहरु परिचालन गरेको छ । नन्द र बशुदेवबीच गहिरो मित्रता छ भन्ने कंशलाइ थाहा छ । मैले यदि तपाइको पुत्रको न्वारान गराएको खबर कंशले थाहा पाएर, शंका गरेर, कदाचित बशुदेव देवकिको छोरा सम्झेर तिम्रा छोराको बध गरिदिएमा मबाट ठुलो अन्याय पो हुनेछ ।’

नन्द गर्ग ऋषिको कुरा सुनेर जवाफ दिन्छन ‘हो आचार्य जी ! तर यस एकान्त पशुशालामा स्वस्तिवाचन मात्र गरेर चुपचापसं“ग मेरा छोराको द्धिजाति संस्कार अर्थात नामाकरण संस्कार गरिदिनुहोस । यो कुरा मेरै दाजुभाइले पनि थाहा पाउने छैनन ।’

भित्री मनमा गर्गलाइ यो काम गर्न मन थियो तर कंशको डर थियो र नन्दलाइ गोप्यता कायम राख्न भन्नुपर्ने थियो । तर नन्द स्वयं कंशप्रति सचेत भएको पाएर एकान्तमा लुकेर, गर्गले गोप्यरुपमा श्रीकृष्ण र बलरामको नामाकरण संस्कार गरिदिए ।

गर्गले रोहिणी पुत्रको नाम बलराम जुराएका थिए, यसोदा पुत्रको नाम कृष्ण जुर्यो ।

पुतना बध

कंशले गुप्तरुपमा देवकिको आठौं पुत्र कतै लुकाइएको छ भन्ने मनमा शंका लिएर आफ्ना बिश्वासि गुप्तचर राज्यभर नवजात बालकको खोजि गर्न पठायो । उसको बिश्वासि महिला पुतना खराव, दुष्ट स्वाभावकी, छल गर्न सिपालु थिइ । कंशले पुतनालाइ राज्यभित्र नवजात शिशु जन्मेको पत्ता लगाउन र शंका लागेमा स्तनमा विष लेपन गरेर त्यो स्तनमार्फत दुध पिलाएर मारिदिन आदेश दिएको थियो ।

एकदिन कोक्रोमा कृष्णलाइ सुताएर यसोदा कतै व्यस्त भएको मौकामा पुतना नन्दको घरमा सरासर पसेर कोक्रोबाट बालक काखमा लिएर आफ्नो दुध चुसाउन थालि । उ झट्ट हेर्दा श्रृंगारले सजिएकि आकर्षक र बलिष्ठ महिला थिइ । रोहिणी, यसोदा लगायतका गोकुलवासि महिलाले पुतनाको बास्तविकता थाहा पाएका थिएनन् । माया गरेको हुनसक्ने ठानेर उनीहरु यो सबै देखेर पनि चुप रहे ।

पुतनाले आफ्नो स्तनको मुन्टोमा कडा विष लेपन गरेकि थिइ, जो बालकले त्यस स्तन चुस्दछ उसको तत्काल मृत्यु हुने निश्चित थियो । तर उल्टो भइदियो । बालक श्रीकृष्णले पुतनाको स्तन दुइ हातले समातेर मुखले चुस्नथाले । पुतनाको दुध मात्र होइन शरीरको रगत नै चुसेर पुतनालाइ आच्छुआच्छु पारिदिएपछि पुतना कृष्णलाइ छाडेर भाग्न कोशिस गरिन तर कृष्णले पुतनालाइ छाडेनन् । उसले बालकको हात स्तनबाट हटाउन धेरै कोशिस गरि तर सकिनन् ।

अन्ततः पुतना जमिनमा बेहोस भएर लडि र मृत्युवरण गरि । पुतनाको मृत शरीरमाथि कृष्ण खेल्नथाले । यो दृष्य देखेर महिलाहरु आश्चर्यचकित भए । हतारमा यसोदाले कृष्णलाइ बोकिन र पानीमा धोइ पखालिन, शुद्ध बनाइन । गोकुलका पुरुषहरु मृत पुतनालाइ हेर्न आए । पुतना खराब महिला हो भनेर सबैले थाहा पाए र उसको मृत शरीर काटेर नष्ट गरिदिए ।

पुतना वधबाट गोकुल वासिले थाहा पाए: कृष्ण सामान्य बालक होइनन् । बिशेष शक्ति भएका छन् ।
कृष्णमा बालक अवस्थादेखि नै बिशेष र अलौकिक इश्वरीय गुण देखिएको भारतीय प्राचीन शाश्त्रहरुको दावी छ ।

तृणावर्त दानव हत्या

कृष्णको पहिलो बार्षिक जन्मदिनमा गोकुलमा नन्दमहाराज र यसोदाले गोपीहरु बोलाएर कृष्ण जन्म उत्सव धुमधामसंग बनाए । उनीहरु खानपिन र नाचगानमा व्यस्त भएको बेला द्धारकाबाट कंशले पठाएको सेवक तृणावर्त नामको असुरले कृष्णलाइ सुताएको बिछ्यौनाबाट बोकेर भाग्यो । तृणावर्त असुर मायावी थियो ।

उ आवस्यकता अनुसार ठुलो शरीर बनाउने, सानो बनाउने, आकासमा उड्ने जे पनि गर्न सक्षम थियो । संयोगले त्यसबेला वृन्दावनमा हावा हुरी चलेको थियो । सबै पाहुनाको आखांमा माटो परेको थियो । यो मौकामा तृणावर्तले कृष्णलाइ कांधमा बोकेर भाग्यो ।

तर बालक कृष्णले आफ्नो वजन बढाइदिए । तृणावर्तलाइ बालक कृष्णको वजन थाम्न कठिन हुन थाल्यो । तृणावर्त असुर धेरै बलवान थियो तरपनि कृष्णको वजन वहन गर्न नसकेर जमिनतर्फ झर्न थाल्यो । उसको शरीर वृन्दावनको बिशाल ढुंगामा बज्रियो । तृणावर्तको शरीरमाथि बालक कृष्ण सुरक्षित रहे । बालक कृष्णले जमिनमा पछारिएको तृणावर्त असुरको गर्धनमा बलियोसं“ग समातेका थिए । घाइते तृणावर्तले कृष्णका हात आफ्नो गर्धनबाट फुत्काउन सकेसम्मको बल गर्यो तर सकेन । उ पीडाले ठुलो आवाज निकालेर चिच्याउन थाल्यो । तृणावर्तको दुबै आ“खा बाहिर निस्किए, केहि समयपछि उसले प्राण त्याग गर्यो ।

तृणावर्त असुर खासमा बालक कृष्णलाइ मार्ने उद्देश्यले आएको थियो । तर उसको प्राणान्त भयो । गोकुलवासिहरु आश्चर्य मानेर हेर्नथाले । केहि समयअघिको राक्षसनी पुतनाको वध र तृणावर्त असुरको मृत्यु देखेर गोकुलका बासिन्दा कृष्णप्रति थप जिज्ञासु बने ।

वृन्दावनमा कृष्ण, बलराम लगायत धेरै बालबालीका हुर्किरहेका थिए । तर निरन्तर कंशले असुर पठाएर दुःख दिइरहेकोमा गोकुलका बुढा गोपहरु चिन्तित थिए । एकदिन नन्दका दाजु उपनन्दले सबै गौेपालकहरुको सभा बोलाएर गोकुल असुरका कारण बालक हुर्काउन खतरा भएकाले यमुना नदिकिनार नजिक तर गोकुलबाट केहि टाढाको गोबर्धन पर्वतमा गएर केहि समय बस्नुपर्ने सुझाव राखे । उपनन्दको सुझावमा गोैपालकहरुको सहमति भयो । केहि दिनमै सबै गोकुलवासिहरु आआफ्ना घरका सामान र गाइबाच्छाहरु लिएर गोबर्धन पर्वतमा बसोवासका लागि गए ।

गोबर्धन पर्वतमा कृष्णको काम गाइ बाच्छा चराउनु थियो । यसबेला कृष्ण हिंडने दौडने डुल्ने बाल उमेरका थिए । उनका सह उमेरका साथी दाजु बलराम पनि थिए । जंगलमा गाइ बाच्छा चराउन जादां कृष्ण बांशुरी बजाउने गर्दथे । कृष्णले बजाएको बांशुरीको धुन कर्णप्रिय थियो । मानिस मात्र होइन जंगली जनावर, चराहरु, गाइबाच्छा पनि कृष्णले बजाएको बांशुरीको धुनमा मोहित र मुग्ध हुने गर्दथे । यमुना नदि किनारमा रहेको गोबर्धन पर्वत वरपरको जंगलमा गाइबाच्छासं“ग खेलेर कृष्णको बाल्यकाल बित्यो ।

वत्सासुर, वकासुर र अघासुर वध

गोबर्धन पर्वतमा गाइबाच्छा चराउने क्रममा कृष्ण, बलराम साथीहरुसंग खेलिरहेको समयमा कंशको सेवक वत्सासुर नामको असुर गाइको बाच्छाको भेषधारण गरेर कृष्णलाइ मार्न आयो । कृष्णले यो सुइको पाएर बलरामलाइ भने । कृष्ण र बलरामले नजिक गएर बाच्छो भेषको वत्सासुरलाइ समातेर मारिदिए । निकै बलिष्ठ वत्सासुर असुरले त्यस इलाकामा मानिसहरुलाइ धेरै पहिलेदेखि दुःख दिइरहेको थियो ।

वत्सासुर मारिएको केहि समयमै कंशले वकासुर असुरलाइ गोबर्धन पर्वतमा कृष्णलाइ मार्न पठायो । यो वकासुर असुर पनि मायावी छल गर्न सिपालु थियो । वकासुरले बकुल्ला जस्तै बिशाल चराको जस्तो रुप धारण गरेको थियो । उसले कृष्णलाइ ठुलो मुख बनाएर निल्यो तर घां“टीमा नपुग्दै ओकलिदियो र टाढाबाट लामा चुच्चाले ठुंग्न थाल्यो । कृष्णले चलाखिकासाथ वकासुर असुरको दुइ चुच्चा समातेर च्यातिदिए । चुच्चा च्यातिएर शरीर दुइ टुक्रा भएपछि वकासुर मर्यो ।

कृष्ण, बलराम र उनका साथीहरु एकदिन बनभोज गएका थिए । जंगलमा कृष्ण र बलराम साथीहरुसं“ग रमाइरहेका थिए । त्यसेै जंगलमा पुतना र वकासुरको भाइ अघासुर नामको बलवान असुर बस्दै आएको रहेछ । आफनी दिदी पुतना र दाजु वकासुरको कुनै बालकले हत्या गरेको अघासुरलाइ थाहा थियो । उसले लुकेर बालकहरुलाइ हेर्यो र पक्कै दिदि दाजुको हत्या गर्ने बालक कृष्ण यहि हो भन्ने निश्चय गरेर मनमनै हत्या गर्ने सोच बनायो । अघासुर असुर मायावी थियो । सिद्ध बिद्याको प्रयोगबाट उ आफ्नो शरीर बिशाल बनाउने गर्दथ्यो ।

अचानक कृष्णसहितका बालकको सामु पुगेर अघासुरले बिशाल शरीर बनायो र बालकहरुलाइ समात्ने प्रयास गर्यो । केहि समयमै अघासुरले आफुलाइ बिशाल सर्पको भेषमा बदल्यो र ठुलो मुख बाएर बालकहरुलाइ निल्ने कोशिस गर्यो । सबै बालक डराए । तर चलाख कृष्णले अघासुरलाइ चिनिसकेका थिए । उनले केहि समयको प्रतिस्पर्धापछि अघासुरको हत्या गरिदिए । कतिपय टीकाकारको भनाइ छ अघासुर बध गर्दा कृष्णको उमेर ५ वर्षको थियो । त्यसबेलाको कृष्णको उमेरसम्बन्धमा फरक मत छ ।

धेनुकासुर वध

एकपटक कृष्ण तालबनमा पाकेका फल खांदै गरेको समयमा धेनुकासुर नामको दानवले गधाको भेषमा बलराम र कृष्णमाथि आक्रमण प्रयास गर्यो । यो देखेर कृष्णको पछाडि रहेका बलरामले कृष्णको सहयोगमा गधा रुपको धेनुकासुर असुरलाइ मार्न सफल भएका थिए ।

कालिय नाग दमन, प्रलम्बासुर वध

धेनुकासुर असुर वधपछि कृष्णले यमुना नदिमा बस्दै आएको कडा बिषले भरिएको कालिय नामको नाग दमन गरेका थिए । उक्त नागले स्थानीय जनतामा बिषालु बिष प्रवाह गरेर धेरै समयदेखि दुःख दिइरहेको थियो । कालिय नागको दमन पछि कृष्णले प्रलम्बासुर नामको दैत्य बध गरे ।

नन्दलाइ बरुणपाशबाट मुक्त

एकपटक कृष्णका पालनकर्ता पिता नन्दमहाराज यमुना नदिमा नुहाउन लाग्दा बरुणपाशमा परे । यो कुरा थाहा पाएर कृष्णले तत्कालै नन्द महाराजलाइ बरुण पाशबाट मुक्त गरिदिएका थिए ।

शंखचुड र अरिष्टासुर बध

नन्दलाइ बरुणपाशबाट मुक्त गरेको केहि समयपछि कृष्णले शंखचुड असुर बध गरिदिए । केहिदिनपछि कृष्णले वृन्दावनमा सा“ंढेको भेषमा आक्रमण गर्न आएको अरिष्टासुर नामको असुर बध गरे ।

कृष्ण र बलरामको शारिरीक स्वरुप

बलराम गोरो वर्णका थिए । कृष्ण केहि कालो अर्थात् श्याम वर्णका थिए । लेखकहरुले कृष्णलाइ श्यामल वर्णको बालक भनेका छन् । कृष्णका हात र शरीर पुष्ट र बलिष्ठ थिए । सुन्दर मुहार थियो । गलामा रत्न जडित कण्ठहार, सुगन्धित फुलको माला लगाउं“दथे । शरीरमा चन्दन लेपन गर्दथे ।

कंशबाट मल्लयुद्ध तयारी

कंसले वृन्दावनमा बस्ने नन्दका छोरा कृष्ण र उनका सम उमेरका बलरामको बल, कार्य, कीर्ति धेरै सुनेको थियो । वृन्दावनमा धेरै मायावी असुर पठाएर हत्या गर्ने प्रयास असफल भइरहेकोले कंस चिन्तित थियो ।

यसबीच एकदिन देवर्षी नारदले मथुरा गएर कंशसंग भेट गरे । नारदले कंशलाइ भने: ‘बशुदेव र देवकीका आठौं पुत्र वृन्दावनका नन्दका छोरा कृष्ण हुन् । बशुदेवले तपाइलाइ छल गरेर, झुक्याएर आफ्नो पुत्र नन्दलाइ दिए र उनकी पुत्री आफ्नी आठौं सन्तान हो भनेर तपाइलाइ देखाए । नन्दका पुत्र बनेका बशुदेवका ती आठौं पुत्र कृष्ण र रोहिणीले वृन्दावनमा नन्दकहा“ं बसेर हुर्काएकी बलराम उनीहरुकै सातौं पुत्र हुन । देववाणीका अनुसार यि नै दुइ यदु बंशका बालकबाट तपाइको हत्या हुनेछ ।’

नारदको मुखबाट यस्तो कुरा सुनेपछि कंस बशुदेव र देवकिसंग धेरै रिसाए र मथुरामा सैनिक पठाएर बशुदेव र देवकीलाइ पक्राउ गरी कारागारमा राखिदिए । उनीहरुलाइ कारागारमा ठुलो साङ्लोले बांधेर कष्टसाथ कैदमा राखिदिए ।

कंश अब कृष्ण र बलरामलाइ मार्ने उपाय सोच्न थाल्यो । उसले यदु बंशका आफ्ना मित्र अक्रुरलाइ बोलाएर कृष्ण र बलरामलाइ मथुरामा आयोजन हुने मल्लयुद्ध हेर्न र मनोरन्जन लिन निमन्त्रणा दिन अनुरोध गर्यो । निमन्त्रणा दिन वृन्दावन जान कंसले अक्रुरलाइ आकर्षक रथ समेत दियो ।

त्यस समयमा भारतको मथुरा, द्धारका, वृन्दावनको गोकुल सहितको भुभागमा बसोवास गर्ने स्थानीय शिबभक्तहरु एकादशीको ३ दिनपछि आउने चतुर्दशीका दिन शिबको पुजागरी बिशाल धनुर्यज्ञको आयोजन गर्ने गर्दथे । खासगरी असुरहरु शिवको पुजा गरी शक्ति आर्जन गर्न, शक्ति पाउन, शिबको एक अंश : काल भैरवको उपासना गरेर पशुबलि दिने गर्दथे । भारतको बैद्यधाम नामको स्थानमा आजपनि यो प्रचलन छ ।

असुर समुदायले काल भैरवको मुर्तीमा पशुबली चढाएर शिबको उपासना गरेर बल, शक्ति माग्ने गर्दथे । कंशले यहि तिथिमा काल भैरवको उपासना गरेर मल्लयुद्ध आयोजन गर्न तयारी गरेको थियो । असुर समुहको नायक कंशले धार्मिक र कुटनीतिक रणनीति अपनाएर कृष्ण बलरामको हत्या गर्न प्रयास गरिरहेको थियो ।

कंशले मथुरा नगरमा आफ्ना बलवान मित्र चाणुर, मुष्टिक, शल, तोशल नामका असुरलाइ बोलाएर नारदले बताएका कुरा सुनाएर कृष्ण बलरामको हत्या गर्न सहयोग माग्यो । कंशका मित्र यि असुरहरु धेरै बलवान र कुस्तिका अपराजेय योद्धा कहलाएका थिए । उनीहरुलाइ मथुरामा मल्लयुद्धको आयोजना गर्न आदेश दियो । साथै मथुराका कुशल माहुते बोलाएर कुवलायपीड नामको बिशाल र बलियो तालिमे हात्ति मताएर मल्ल युद्ध आयोजन हुने रंगशालाको द्धारमा तैनाथ राख्न आदेश दियो । कंशले कृष्ण र बलरामलाइ मल्लयुद्धका दिन रंगशाला द्धारमा कृष्ण बलरामलाइ त्यस हात्तिबाट कुल्चाएर मार्ने योजना बनाएको थियो ।

कृष्ण र बलरामको हत्यापछि कारागारमा रहेका बशुदेब र देवकिको हत्या गर्ने कंशको योजना थियो । त्यसपछि कारागारमा रहेका आफ्ना पिता उग्रसेन, काका देवकको समेत हत्या गर्ने कंशको योजना थियो ।

कंश त्यससमयको छिमेकी राज्य मगधको शक्तिशाली राजा जरासन्धको ज्वांइ थियो । यदुबंश, भोजबंश, बृष्णिबंशसंग कंश क्रुद्ध बनेको थियो । जरासन्ध, शम्बर, नरकासुर, द्धिविध नामको बलशाली वानर, वाणासुरको सहयोगमा यदु, बृष्णि र भोजबंशमाथि बिजय गर्ने, कृष्ण र बलरामको हत्या गर्ने, गौ पालक ब्राम्हण, साधुजन, देवताका अनुयायीमाथि अत्याचार गर्ने कंशको योजना थियो ।

केशी र व्यौमासुर असुर वध

नारदको कुरा सुनेर कंशले केशी नामको बलवान असुर वृन्दावनमा कृष्ण बलरामको हत्या गर्न पठायो । केशी असुर पनि मायावी थियो । उ बिशाल घोडाको रुप लिएर वृन्दावन पुग्यो र कृष्ण बलराममाथि आइलाग्यो । त्यस घोडा रुपको केशी असुरलाइ पनि कृष्णले सजिलै मारिदिए ।
केशी असुर मारिएको दिन नै कंशले अर्काे असुर मित्र व्योमासुरलाइ पनि कृष्ण बलरामको हत्या गर्न बृन्दावन पठाएको थियो । ब्योमासुर धेरै बलवान थियो । उ कंशको पुरानो मित्र थियो । व्यौमासुर रामायणका पात्र रावणको अनन्य मित्र दानव ‘मय’ को पुत्र थियो । गोबर्धन पर्वतमा बलराम सहितका साथिहरुसं“ग खेलिरहेको समयमा लुकेर कृष्णमाथि आक्रमण गर्न आएको बलशाली ब्यौमासुर असुरलाइ पनि कृष्णले मारिदिए ।

नारदबाट कृष्णलाइ जानकारी

केशी असुर मारिएको खबर पाएपछि नारदले वृन्दावनमा गुप्तरुपमा कृष्णसं“ग भेट गरेर मथुरामा कंशले कृष्ण र बलरामको हत्या गर्न चाणुर, शल, मुष्टिक, तोशल सहितका बलवान असुरसंग सल्लाह गरेर मल्लयुद्धको भव्य तयारी गरिरहेको, तालिम दिइएको कुवलायपीड हात्ति तयार गरेको गोप्य योजनाहरुका बारेमा जानकारी दिए ।

यसबीच मथुरामा आयोजन हुने बिशाल धनुर्यज्ञ र मल्लयुद्धमा मनोरन्जन लिन कंशले कृष्ण बलरामलाइ पठाएको निमन्त्रणा दिन अक्रुर वृन्दावनमा पुगे । बृन्दावन पुगेर अक्रुरले कृष्ण बलरामलाइ कंशको सबै योजना बताए । नातामा अक्रुर कृष्ण बलरामका काका थिए । अक्रुरले कंशले पठाएको निमन्त्रणा दिए । सबैकुरा थाहा पाएपछि नन्द महाराजले गोकुलका सबै गोप बालकहरुलाइ बोलाएर कंशको योजना सुनाए र धेरै बालक युवा र बलिष्ठ पुरुषहरुलाइ मथुरामा मल्लयुद्ध हेर्न जानका लागि र आइपरेमा कृष्ण र बलरामलाइ सहयोग गर्न अनुरोध गरे । नन्दमहाराजले धनुर्यज्ञमा शिबलाइ चढाउनका लागि गोपहरुमार्फत गाडामा बोकाएर धेरै दुध, दही, घ्यु, फलफुल समेत पठाए ।

अक्रुर र नारदमार्फत कृष्ण र बलरामले कंशको अत्याचार, बशुदेव, देवकीको कष्ट, बशुदेवले बालक कृष्णलाइ नन्दमहाराजको छोरीसंग साटेको सबै वृतान्त थाहा पाइसकेका थिए ।

कृष्ण बलरामबाट छापामार युद्धकला अध्ययन र सैनिक तालिम

कृष्ण र बलरामको भित्री उदेश्य मथुरा शहरमा राजा बनेर बसेका कंशको हत्या गरेर उसको अत्याचारको अन्त गर्नु थियो । पिता वशुदेव र माता देवकिलाइ कंशको कैदबाट मुक्त गर्नुथियो । उग्रसेनलाइ कंशको कैदबाट मुक्त गरी पुनः राजा बनाउनु थियो ।

कंशलाइ कृष्णका पितामाताको विवाहलगत्तै देवकिको आठौं सन्तानले हत्या गर्नेछ भनेर देववाणीमार्फत जानकारी गराइएको थियो । खासमा कृष्णको जन्म नै कंश र उसको समुहका असुरको अत्याचारबाट जगतलाइ मुक्त गर्नुथियो । देववाणी सुनेपछि कंशले देवकी र बशुदेवलाइ कडा निगरानीमा कारागारमा राखेर देवकिका सन्तानको हत्या गर्दै आएको थियो । कंशको अत्याचारबाट पिडित मानिसहरु मथुरा, गोकुल, वृन्दावन, गोबर्धन पर्वत, द्धारका लगायतका स्थानमा बस्दैआएका धेरै संख्यामा थिए ।

तिनीहरु कंसको अन्तको उपाय खोजिरहेका थिए । देववाणीमार्फत देवकिका आठौं सन्तानबाट कंशको अन्त हुने सुनेर के कसरी हुन्छ देवकिको आठौं सन्तानलाइ सुरक्षित राख्नुपर्दछ भनी गुप्त तयारी गरिरहेका थिए । कंश बिरोधिहरु एक आपसमा गुप्तरुपमा वहष, छलफल, विचारविमर्श गरिरहन्थे । उनीहरुले भित्रभित्रै कंशबिरोधि समुह तयार गरिरहेका थिए । कंशले बशुदेव र देवकिको सुरक्षा र निगरानीमा खटाएका बिश्वस्त पहरेदारलाइ बिरोधिहरुले आफ्नो बिश्वासमा लिएर देवकिको आठौं सन्तान कृष्णलाइ सुरक्षितरुपमा गोकुलमा लुकाउन सफल भएका थिए ।

धेरै समयपछि कंशले बशुदेवले आफ्ना सहयोगिमार्फत छल गरेर देवकिको गर्भबाट जन्म भएको आठौं गर्भ गोकुलमा नन्दको घरमा लुकाउन सफल भएको थाहा पाएको थियो । कंशले आफ्ना अति बिश्वासि असुर बलवानहरुलाइ भेष बदलेर वृन्दावन पुगेर कृष्ण र बलरामलाइ हत्या गर्न निक्कै प्रयास गरेको थियो । तर सफल भएको थिएन । आफुमाथि छल गरेको थाहा पाएर कंशले पछिल्लोपटक बहिनी देवकि र ज्वांइ बशुदेवलाइ फेरि कैदमा राखेर कष्ट दिइरहेको थियो ।

कंशबाट लोकका असल मानिसले दुख कष्ट पाएकोमा सबै मानिस जानकार थिए । कंशले पटकपटक गोकुलमा बालबालिकाहरु हत्या गर्न असुर पठाएको थाहा पाएपछि गोकुलवासिहरुले गुप्तरुपमा वृन्दावन, गोकुल, गोबर्धन पर्वत आसपासका गोप बालकहरु, युवा र पुरुष सबै आपसमा मिलेर कंशबिरोधि सशश्त्र तयारी गरेका थिए । उनीहरुले ऋषि, महर्षि, साधुको सहयोगमा धनुर्बिद्या अध्ययन गरेर युद्धकलाको तालिम लिएका थिए । गाउंलेले सकेसम्मको सश्त्र–अश्त्र तयार पारेका थिए ।

युवालाइ कुस्ति, मल्लयुद्ध, गदायुद्धको तालिम दिइएको थियो । लुकेर तीर हान्ने, मुसल युद्धमा शत्रु पराजित गर्ने, लुकेर शत्रुमाथि आक्रमण गर्ने र भाग्ने कला सिकेका थिए । गोकुलवासिहरुले गोबर्धन पर्वतमा गएर महिनौंसम्म गुरुहरुबाट उच्चस्तरको छापामार युद्धकला सिकेका थिए । गोकुलवासिहरुले सत्य युगमा देवताहरुले दानवसंग पराजित हुंदा जंगलमा लुकेर छापामार युद्धकला सिकेर ठुलो समुहको दानव सेना पराजित गर्न सफल भएको रहष्य अध्ययन गरेका थिए ।

बृद्ध, साधु, ऋषि, आचार्यबाट कृष्ण र बलरामको नेतृत्वमा गोकुलवासिहरुले छापामार युद्धकला राम्ररी सिकेका थिए । कृष्ण र बलराम नेतृत्वको गोकुलको युवाहरुको छापामार दल झुक्याएर ठुला र बलवान असुर पराजित गर्न पारंगत बनिसकेको थियो । यो समुहले कंशको मथुरा शहर घेर्ने, उसको दरबार घेर्ने र कंशको हत्या गर्ने भित्री तयारी गरेका थिए ।

यसबीच राजा कंशले मथुरा शहरको रंगशालामा गर्ने धनुर्यज्ञ र सो अवसरमा हुने मल्लयुद्धको निमन्त्रणा पाएर कृष्ण र बलराम सहयोगि दलसहित मथुरा शहर जाने तयारी गरे । उनीहरुले मल्लयुद्धको राम्ररी तयारी गरे, तालिम लिए । लुकाएर हतियार बोके । सहयोगी थप दल तयार गरे । अक्रुरको साथमा बलराम र कृष्ण मथुरा शहर रथमा गए । कृष्ण र बलरामको टोली मथुरा जानुअघि र पछि गुप्तरुपमा ठुलो समुह मथुरा गएको थियो ।

तिनिहरुमध्येको ठुलो समुह गोकुलका नन्दमहाराज आफैं राजा कंशलाइ गौ पालक किसानहरुको तर्फबाट दुध, दही, घ्यु, फलफुल लगायतका कोशेली बोकेर गएका थिए । उनीहरुले गुप्तरुपमा साथमा हतियार पनि बोकेका थिए । साथै नन्दसहितका गोकुलवासि कंश बिरोधिहरुले राजा कंशको जागिरदार तर उनीसंग असन्तुष्ट अनुचर, भान्से, अंगरक्षक दल, सैनिक, पहरेदार, किल्लेदार, हतियार भण्डारका अधिकारी लगायतका मुख्य स्थानमा काम गर्ने अधिकारीलाइ आफ्नो पक्षमा पारिसकेका थिए । कंशको मथुरा शहरका जागिरदार धेरैले कंशबिरुद्ध कृष्ण र बलरामलाइ साथ सहयोग गर्ने दृढ निश्चय गरिसकेका थिए ।

मथुरा शहरका वासिन्दाहरुले बलराम र कृष्णप्रति आदरभाव दर्शाए, स्वागत गरे । उनीहरुमध्ये धेरैले कंशको अत्याचारबाट मुक्ति चाहेका थिए । तसर्थ कंशको बिकल्पका रुपमा कृष्ण बलरामलाइ साथ दिन चाहेका थिए । मथुरामा कंशको अत्याचार सहन बाध्य यदुबंशका धेरै युवाहरु कंशबिरुद्ध कृष्ण र बलरामको सहायताका लागि गुप्तरुपमा तयार थिए ।

कृष्ण र बलराम मथुरा शहरमा रहदां एकदिन राजा कंशको कपडाको सफाइ काम गर्ने धोवि पेशा गर्नेले स्थानीयमाथि कंशको आडमा अन्याय गरेको खबर पाएर धोबिको निवासमै गएर कृष्णले कंशका कपडा लुटे र मारपिट समेत गरे । धोबिले रुदैरुंदै कंशसमक्ष गएर कृष्ण बलरामले हजुरको सेवक भनेर जान्दाजान्दै ममाथि अन्यायपुर्वक आक्रमण गरे । दरबारका किमति कपडाहरु लुटेर लगे भनेर निवेदन गर्यो । कंशले धोबिमाथि दया देखाएर नआत्तिन भन्यो ।

धनुर्यज्ञमा कृष्ण बलराम

कृष्ण र बलराम मथुरा शहरमा यत्रतत्र आफु समर्थक र निकट मानिसहरुसंग भेट गरेर कंशबिरोधि मोर्चा तयार गरिरहेका थिए । यसबीच कंशबाट आयोजन गरिएको बिशाल धनुर्यज्ञको साइत आइपुग्यो । मथुरा शहरमा धनुर्यज्ञको धुमधाम तयारी र भव्य समारोह हुने गर्दथ्यो । यो थाहा पाएर कृष्ण र बलराम एकदिन धनुर्यज्ञस्थल पुगे । यज्ञस्थलमा बिशाल र अदुभुत धनुष यज्ञको प्रतीकका रुपमा सजाएर राखिएको थियो । त्यस यज्ञवेदीमा सजाएर राखिएको धनुष इन्द्रधनुष जस्तै लाग्ने आकर्षक थियो ।

यज्ञस्थलमा पुग्ने जो कोहीको नजर धनुषमा पर्दथ्यो । धनुषको सुरक्षाका लागि कंशले बिशेष शक्ति भएका बलिया पहरेदार नियुक्त गरेको थियो । यज्ञस्थलको प्रबेशद्धारमा द्धारपाल तैनाथ थिए । कंशको अनुमति बिना धनुष छुन दिइदैनथियो ।

कृष्ण र बलराम धनुष हेर्ने विचारले सरासर यज्ञस्थल गए । द्धारपाल र पहरेदारले रोक्ने कोशिस गरेतापनि कृष्ण बलराम सरासर अवरोध पन्छाउंदै यज्ञस्थल प्रबेश गरेर कृष्णले सजाइएको धनुष हातमा लिएर त्यसमा तांदो चढाउने प्रयासस्वरुप धनुष झुकाउने कोशिस गरे । धनुषमा तांदो चढाउन डोरी बांधेर खिच्न खोज्दा अचानक ठुलो आवाजसहित धनुष २ टुक्रा भएर भांचियो ।

यज्ञस्थलमा सजाइएको बिशाल धनुषको यो हालत देखेर उपस्थितजनहरु आत्तिए । द्धारपाल र पहरेदारले हतियार झिकेर कृष्ण बलराममाथि आक्रमण गर्न थाले तर हातमा भएको टुक्रा धनुषले कृष्ण र बलरामले कंंशका पहरेदारहरुलाइ पिटन थाले । त्यहां खटाइएका पहरेदारले नसकेको खबर पाएर कंशले थप सैनिक यज्ञस्थलमा पठायो तर ति सबैलाइ कृष्ण र उनका समर्थकले यज्ञस्थलमा मारिदिए ।

धेरै संख्यामा आएका पहरेदार र कंशका सैनिक मारिएपछि चलाखिकासाथ कृष्ण र बलराम धनुर्यज्ञस्थलबाट बाहिरिए र आफ्ना सहयोगी दलसंग भेट गरेर भोलिपल्टको तयारीमा लागे । लगत्तै भोलिपल्ट रंगशालामा कंशले मल्लयुद्धको बिशाल र भव्य तयारी गरेको थियो । गोरु गाडा चढेर आवस्यक रसद, खानेकुरा, बिछ्यौना, ज्यान जोगाउन आवस्यक घरेलु हतियारसहित आएका ग्वालबालहरुको समुहसंग छलफलपछि कृष्ण र बलरामहरु तितरबितर भएर भोलिको दिनको प्रतीक्षा गर्नथाले ।

रंगशालाको मल्लयुद्ध

मथुराको रंगशाला मल्लयुद्धका लागि ध्वजापताकाहरुबाट सिंगारिएको थियो । तोरण र फुलहरुले सजाइएको थियो । नगडा बजाएर प्रतियोगिता शुरु भएको घोषणा गरिएको थियो । मन्चमा राजा, ब्राम्हण, क्षत्रीय, सरकारी अधिकारी आदिका लागि अलगअलग दर्शकदीर्घापंक्तिको व्यवस्था गरिएको थियो । आमन्त्रित राजाहरुका लागि सिंहासन थियो । अन्यका लागि राम्रा आसनको व्यवस्था थियो । शुभ साइतमा राजा कंश आफ्नो लागि तयार गरिएको मन्चको सिंहासनमा अंगरक्षक दलसहित आएर बसे ।

निश्चित समयमा मल्लयुद्ध सुरु भएको घोषणा भयो । मल्लयुद्धमा त्यस समयका प्रख्यात योद्धाहरु चाणुर, मुष्टिक, शल, कुट, तोेशल लगायतका कंशका बिश्वासप्राप्त असुर योद्धाहरु थिए । राम्रा र उच्च स्तरका संगीतकर्मीहरुबाट संगीत धुन बजाइएको थियो । गोकुलबाट गएका नन्दमहाराजसहितको ग्वालाहरुको समुह राजा कंशको आसन नजिक थियो ।

रंगशालामा नगडा बजेपछि बिधिवत मल्लयुद्ध शुरु भएको सबैले थाहा पाए । कृष्ण र बलराम यो खबर थाहा पाएर रंगशाला प्रबेश गर्नलाग्दा द्धारमा कुवलयापीड नामको कंशको तालिमे हात्तिको माहुतेले अवरोध गर्यो । कृष्णले माहुतेसंग आफुलाइ रंगशालाभित्र जान दिन आग्रह गरे तर उसले मानेन । माहुतेले हात्तीलाइ कृष्ण बलराममाथि आक्रमणका लागि आदेश दियो । अब कृष्ण र बलरामले हात्तिमाथि आक्रमण गर्न थाले । रंगशाला प्रबेशद्धार नजिकको मैदानमा कुवलायपीड हात्ति र उसको माहुतेसंग कृष्ण र बलरामको भयंकर युद्ध भयो । कृष्णका केहि सहायकको सहयोगमा कृष्ण र बलरामले हात्ति र माहुतेलाइ मारिदिए ।

कुवलायपीड हात्ति बिशाल थियो । त्यसको ठुलाठुला दाहृा थिए । दुइ दाहृा निकालेर कृष्ण र बलरामले कांधमा बोकेर आफ्ना ग्वाला सहयोगीहरुसाथमा लिएर मल्लयुद्धस्थल प्रबेश गरे ।

रंगशालामा कृष्ण र बलरामका प्रशंसक, समर्थक समुह ठुलो थियो । उनीहरुले कृष्ण बलरामको भव्य स्वागत गरे । कुवलायपीड नामको सर्वश्रेष्ठ हात्ति मार्न सक्षम कृष्ण बलराम सामान्य क्षमताका मानिस होइनन, बिशेष क्षमता र गुण भएका अपराजेय योद्धा हुन भन्ने रंगशालामा उपस्थित प्रायः सबैले महसुस गरिसकेका थिए । मन्चमा, रंगशालामा कृष्ण र बलरामको सबैले चर्चा गर्नथाले ।

यसबीच कंशका बिश्वासि असुर योद्धा चाणुरले कृष्णलाइ मन्चमा मल्लयुद्धका लागि हांक दियो । कृष्णले प्रख्यात कुस्तिवाज चाणुरको हांक स्वीकार गरेर मन्चमा गए ।

मन्चमा कृष्णले भने ‘आफु प्रख्यात मल्ल योद्धा होइन, गाउंमा, जंगलमा सामान्य बालक साथीहरुसंग कुस्ति खेलेको अनुभव मात्र छ, मन्चमा मल्लयुद्ध समान उमेर, बल, अनुभव भएकाबीच हुनु सुहाउं“छ, असमान प्रतिस्पर्धिबीचको मल्लयुद्ध दर्शकहरुका लागि रमाइलो हुंदैन र यो कुरा धार्मिक सिद्धान्तबिरुद्ध पनि हुन जान्छ ।’

तत्कालै चाणुरले कृष्णको कुराको बिरोध गर्दै भन्यो: भरखरैमात्र हामी सबैले कुवलायपीड जस्तो बहादुर हात्तिसंग युद्ध गरेर बिजयी कृष्ण र बलरामले हामीसंग मल्लयुद्ध गर्न सुहाउंदैन भन्नु उपयुक्त होइन, कृष्ण र बलरामले हामी योद्धाभन्दा अझ धेरै बलवानसंग मल्लयुद्ध गर्नुपर्छ भन्यो ।
चाणुरले मन्चबाट आफु कृष्णसंग र अर्का योद्धा मुष्टिकसंग बलरामलाइ मल्लयुद्धका लागि हां“क दिएर मन्चमा आमन्त्रण गर्यो ।

अव रंगशालाको बिशाल मन्चमा चाणुर र कृष्ण तथा मुष्टिक र बलरामबीच कुस्ति हुनथाल्यो । मन्चमा उपस्थित प्रतिस्पर्धीहरुबीच उमेर, शारिरीक वजन, मल्लयुद्धको अनुभव, उचाइ लगायत केहि बिषयमा पनि समानता थिएन । तर पनि कृष्ण र बलराम हां“क दिएकाले क्षत्रीय स्वभाव अनुरुप मन्चमा प्रतिस्पर्धा गरिरहेका थिए । चाणुर र मुष्टिक पहाड जस्तै शरिर भएका बलवान थिए तर कम उमेरका कृष्ण र बलराम सामान्य शारिरीक बनोटका थिए । राजाका सामु यसप्रकारको असमान युद्ध भइरहेकोमा उपस्थितमध्ये धेरैले असहमति प्रकट गरेका थिए । सभामा न्यायको सिद्धान्त पालन भएन भनेर चर्काे आवाज पनि उठ्यो । तर पनि युद्ध जारी रह्यो ।

युद्धमा कृष्ण र बलरामले आफुभन्दा बलवान योद्धाको चलाखिका साथ प्रतिस्पर्धा गरे । उनीहरुले छलेर पहिले दुइ योद्धालाइ थकाए र उनीहरु थाकेको महसुस भएपछि आफुहरुले फुर्तिकासाथ आक्रमण गर्नथाले । धेरै समयको घम्साघम्सीपछि कृष्ण र बलरामले चाणुर मुष्टिकलाइ मन्चमै मारिदिए ।

त्यसपछि मन्चमा कुट र शल नामका दुइ योद्धा आए । तिनिहरुसं“ग पनि कृष्ण र बलरामले युद्ध गरे र दुबैलाइ मारिदिए । चुनिएका ठुला र शक्तिशाली योद्धाहरु मारिएपछि कंश आत्तियो । रंगशालामा उपस्थित भद्र भलाद्मीजनहरु सबैले कृष्ण र बलरामको जय गाउन थाले । बांकी रहेका केहि मल्ल योद्धाहरु ज्यान जोगाएर भाग्नथाले ।

यता कृष्ण र बलरामका प्रशंसकमा उत्साह बढ्यो । गोकुलबाट आएका ग्वालाहरुको समुह मन्चमा हावि भयो । मथुराका कंश बिरोधिहरु पनि कृष्ण र बलरामको सहयोगमा उत्रिए ।

रंगशालामा कंशका समर्थक र बिरोधि दुइ पक्ष भए । रंगशालाका व्यवस्थापकले कृष्ण बलरामको बिजयको पक्षमा नगडा बजाए । कृष्ण बलरामका प्रशंसकले जयजयकार मनाउन लागे । यो देखेर राजा कंश रिसाए र उनले आफ्ना सैनिकलाइ आदेश दिए ₋ ‘नगडा बजाउन बन्द गर । गोकुलबाट नन्दमहाराजको नेतृत्वमा छलपुर्वक आएका ग्वाल समुहको कारण यो अवस्था आएको हो, छल गर्न सिपालु धुर्त नन्दलाइ कैद राख । नन्द र ग्वालहरुसंग भएका हतियार समात र उनीहरुको साथमा भएका सबै गाडा, सम्पत्ति, धन जफत गर । कृष्ण र बलरामलाइ मथुराबाट निकाल । कैदमा रहेका बशुदेव, देवकि र पिता उग्रसेनको हत्या गर ।’

कंश हत्या

कंशको आदेश सुनेपछि कृष्ण र बलरामका पक्षका गुप्त रुपमा रहेका ग्वालाहरुको समुह, कृष्ण, बलराम, मथुराका कंशबिरोधिजन, कंशका असन्तुष्ट सैनिक, अंगरक्षक, पहरेदार लगायतका सबै नन्दमहाराज समेतको इशारामा कंशबिरुद्ध जाइलागे । राजा कंश ढाल र तरवार लिएर जीवन बचाउन अन्तिम प्रयासमा उत्रियो ।

तर मन्च र रंगशालामा कृष्ण र नन्दमहाराज पक्षको कव्जा थियो । जताततै कंश बिरोधि समुह हावी भयो । कंशका समर्थक ज्यान बचाएर भाग्न लागेका थिए । सिमित अंगरक्षक दलको सहयोगमा कंशले प्रतिकारको प्रयास गर्यो । तर कृष्णले चलाखिकासाथ उसको तरवार छलेर कंसको शीरको राजमुकुट फालिदिए र कपालमा समाते । कपालमा समातेर घिसार्दै मन्चमा ल्याएर पछारेपछि कंशमाथि कृष्ण र बलरामले लगातार छातिमा मुड्की प्रहार गरेर केहि छिनमै कंशको हत्या गरिदिए ।

कंशको हत्यापछि कृष्ण, बलरामको समुहले उसको मृत शरीर घिसार्देै शहरमा घुमाए । यो देखेर शहरमा होहल्ला भयो । कंशका दाजुभाइहरु हातमा हतियार बोकेर कृष्ण बलरामबिरुद्ध आइलागे । कंशका भाइहरु कृष्ण, बलरामका मामा थिए । बलरामले हातमा लिएको कुवलायपीड नामको हात्तिको बिशाल र कडा दांतको सहयोगमा मामाहरुको हत्या गरिदिए ।

कृष्ण र बलरामले आफ्ना ग्वाला समुहको सहयोगमा कंशको कैदमा रहेका आफ्ना पिता बशुदेव र माता देवकिलाइ कैदमुक्त गरिदिए । कंशका पिता राजा उग्रसेन पनि कंशको कैदमा थिए, उनी पनि कैदमुक्त भए । कृष्ण र बलरामले विधिपुर्वक आफ्ना मामा कंश र उनका भाइहरुको अन्त्येष्टि गरिदिए ।

उग्रसेनलाइ राजगद्दी

त्यसपछि कृष्ण र बलरामले मावलका हजुरबुबा उग्रसेनलाइ राजा घोषणा गरे । धुमधामसंग बिशेष उत्सव आयोजन गरेर राजा उग्रसेन सिंहासनमा बिराजमान भए । कृष्ण र बलरामले समस्त यदुबंशी, भोजबंशी, मधुबंशी, कुकरबंशी, बृष्णिबंशी, दर्शाहबंशी र अन्धकबंशीका राजा उग्रसेन भएको घोषणा गरे । उग्रसेन भोज बंशका हुन् । कृष्णले उपस्थितजनसमक्ष भने ः ‘हामी यदुबंशीलाइ हाम्रा पुर्वज राजा ययातिको श्राप छ, तसर्थ हामी यदुबंशीहरुलाइ राजसिंहासनमा बस्न उपयुक्त छैन ।’

कंशका डरले घर छाडेर, राज्य छाडेर यत्रतत्र बस्न थालेका सबै बंशका राजा र तिनका परिवारका सदस्यहरुलाइ आआफ्नो स्थलमा फर्कन कृष्ण बलरामले अनुरोध गरे । उनीहरु सबैलाइ पुरानो घर जमिन, सम्पत्ति, सुबिधा र सुरक्षा दिने घोषणा गरिदिए । त्यसपछिका दिनमा कृष्ण र बलराम राजा उग्रसेनको सुरक्षामा सहायक र प्रबन्धक बनेर मथुरा शहरमा बस्न थाले ।

कृष्ण र बलरामसं“गै ग्वाला युवा समुहको नेतृत्व गरेर आएका नन्दमहाराज, माता यसोदासहित गोकुल, वृन्दावनका समस्त नन्द नेतृत्वका गोपजनहरु कृष्ण र बलरामसंग बिदा मागेर वृन्दावन फर्किए ।

कृष्ण र बलरामको व्रतबन्ध संस्कार

आचार्य गर्गबाट गायत्री मन्त्र र सान्दिपनी मुनिबाट सैन्यबिद्या हासिल

मथुरा बिजयपछि बशुदेव र देवकि कंशको कैदबाट मुक्त भए । उग्रसेन राजा भए । त्यसपछि बशुदेव र देवकिले कृष्ण र बलरामको यज्ञोपवित संस्कार अर्थात व्रतबन्ध गरिदिएका थिए । उनीहरुलाइ यदु बंशका कुल पुरोहित गर्गाचार्यले गायत्री मन्त्र प्रदान गरेका थिए ।

यदु बंशका कृष्ण र बलरामले त्यसअघि वृन्दावनमा नन्दमहाराजको आतिथ्यमा रहेर ग्वालाहरुसंग पौडि खेल्न, कुस्ति खेल्न, धनुर्वाण प्रहार गर्न, निशाना लगाउन, दौडिन, पहाड चढन, घोडा चढन सिकेका थिए । एक्लै र समुहमा रहेर शत्रुबिरुद्ध प्रहार गर्न, बिजयी हुन धेरै व्यावहारिक ज्ञान आर्जन गरेका थिए । तर कृष्ण र बलरामलाइ उच्चस्तरको बैदिक सभ्यतामा प्रचलनमा रहेको थप शिक्षा, सैन्य ज्ञान, युद्ध कला, सिक्ने चाहना धेरै थियो ।

त्यससमयमा उत्तर भारतको उज्जैन (उन्नयनी) मा कश्यपगोत्रीय सान्दिपनि मुनिको आश्रम थियो । धनुर्वेद र सैन्यबिद्यामा त्यससमयका प्रख्यात गुरु थिए सान्दिपनि मुनि । कृष्ण र बलरामले मथुरा बिजयपछि केहि समय उज्जैनको सान्दिपनिको आश्रममा बसेर मुनिको निकट शिष्य बनेर, गुरुका नियम र मार्गनिर्देशन मानेर, कठोर परिश्रम गरेर, ब्रम्हचर्यको पालन गरेर वैदिक ज्ञान र शिक्षा लिनथाले ।

गुरु सान्दिपनीबाट बैदिक ज्ञान, बैदिक साहित्य, उपनिषद लगायतका शिक्षा लिए । क्षत्रीय कुमार भएकाले कृष्ण र बलरामले सैन्यविज्ञान, राजनीति र गणीतको प्रशिक्षण लिए । सान्दिपनी विद्यामा राजनीतिका निम्न ६ फरक बिभाग थिए:

क. सन्धि कसरी गर्ने ?
ख. युद्ध कसरी गर्ने ?
ग. शान्ति स्थापना कसरी गर्ने ?
घ. शत्रुमा फुट ल्याएर कसरी राज्य गर्ने ?
ङ. आश्रय कसरी दिने ?
च. शत्रुमाथि समग्रमा बिजय के कसरी गर्ने ?

उपरोक्त बिषयबाहेक मुनि सान्दिपनीबाट कृष्ण बलरामले छापामार युद्धकलाको उच्चस्तरको शिक्षा लिन सफल भए । भनिन्छ: कृष्ण र बलरामले हरेक बिषयमा ६४ दिन र ६४ रात अलगअलग अध्ययन गरेर पारंगत भएका थिए ।

माथिका बिषयबाहेक उनीहरुले गायन, रचना, राग बिद्या, राग रागिनी, सुर, लयहरुको अध्ययन र अभ्यास गरे । नाटक लेखन कला सिके । चित्रकारिता सिके । भाषण कला सिके । सम्मोहन बिद्या सिके । मनोचिकित्सा बिद्या सिके । सान्दिपनी मुनि आश्रममा हरेक बिषयका अलगअलग बिषयबिज्ञ शिक्षकहरु थिए ।

असाधारण शिक्षा प्राप्तगरेपछि कृष्ण र बलरामले गुरु सान्दिपनीका प्रभास क्षेत्रको समुन्द्रमा डुबेर मृत्यु भएका छोराहरुलाइ पुनर्जिवित गराइदिएर गुरुको ऋण अर्थात गुरुदक्षिणा तिरेका थिए । मृत पुत्र पाएपछि सान्दिपनीले आफुबाट सिकेका समस्त ज्ञानको पुर्ण क्षमताको उपयोग र लाभ प्राप्त गर्न आशिर्वाद दिएका थिए ।

नारायणी सेना गठन

गुरु सान्दिपनीबाट शिक्षा पाएपछि कृष्ण र बलराम मथुरा फर्किए ।द्धारका राज्यको मथुरा शहर राजधानी थियो । मथुरालाइ कंशका मित्र असुर राजा र बलवान सैनिकहरुले आक्रमण गर्ने तयारी गरिरहेका थिए । यो खबर पाएर कृष्ण र बलरामले आफु पक्षका यदुबंशका युवा र पुरुष सहभागि गराएर अलग सेना तयार गरे । यो सेनाको नाम ‘नारायणी सेना’ राखियो । कृष्ण र बलरामले सेनालाइ उच्चस्तरको तलिम दिएर उनीहरुको मनोबल उच्च राख्न सहयोग गरे ।

जरासन्ध र कालयवनबाट सैन्य आक्रमण
कृष्णद्धारा द्धारका किल्ला निर्माण

मल्ल युद्धमा राजा कंशको हत्या भएको र कंशका दुइ पत्नि अस्ति र प्राप्ति पिता जरासन्धकहा“ं फर्किएपछि कृष्ण र बलराम सहितका यदुबंशी र गोकुलका ग्वालाहरुको सुनियोजित आक्रमणबाट मथुराका राजा कंशको हत्याभएको बिस्तृत जानकारी पाएर मगधराज जरासन्धले शक्तिशालि हतियारसहितका १३ अक्षौहिणी सेना जम्मा गरे ।

उनले फरकफरक सैन्य व्युह निर्माण गरे । हज्जारौं हात्ति, घोडा, रथसहित पैदल सेनालिएर यदुशबंशलाइ संसारबाट नै बिदा गर्ने लक्ष लिएर सेनासहित द्धारकातर्फ आए । जरासन्ध चाडै राजधानी मथुरा आक्रमण गर्ने तयारीसहित सेनालिएर आएको खबर कृष्ण बलराम लगायत यदुबंशीहरुले थाहा पाए ।

जरासन्धको सेना ठुलो संख्याको थियो । उनीहरुले उच्चस्तरको सैनिक तालिम लिएका थिए । जरासन्धको बिशाल सेना देखेर यदु बंशीहरु डराए । तर बलराम र कृष्णले जरासन्धको सैन्य आक्रमणको प्रतिकारको आवस्यक तयारी गरे । कृष्ण र बलरामले जरासन्धका धेरै सैनिकसंग गुरिल्ला युद्ध कला अर्थात छापामार युद्ध गर्ने निश्चय गरे ।

बलरामले आधुनिक र घातक अश्त्रशश्त्रले भरिपुर्ण सानो टुकडी सेनासहितको रथ लिए । कृष्णले पनि बिश्वासि तालिम प्राप्त छापामार लडाकुसहित बिशेष रथ लिए । बलराम आफैंले रथ हांकेका थिए । कृष्णको रथ हांक्ने दारुक नामको सारथी थियो । कृष्णको रथ गरुडको चित्र र बलरामको रथ तालवृक्षको चित्रले सजिएको थियो । कृष्णसंग शाङ्र्ग धनु थियो ।

मगधराज जरासन्धको नातामा कृष्ण र बलराम नाती थिए । उमेरमा बालक थिए । जरासन्धले बिशाल सेनासहित मथुरा आक्रमण गर्न आउदां कृष्ण र बलरामको हालत देखेर दया लागेको बताउदै भन्यो – ‘कृष्ण र बलरामस“ंग युद्ध गर्नु म जस्तो वीर, पराक्रमी राजाका लागि अपमान हो । कृष्ण पुरुषाधम हो’ भन्यो ।

पुरुषाधमको अर्थ पुरुषहरुमध्ये सर्वाधिक निकृष्ट हो । कंश मामाको हत्या गरेको हुनाले जरासन्धले कृष्णलाइ स्वजन घातक भन्यो । नन्द क्षत्रीय नभएर बैश्य समुदायका थिए । तर जरासन्ध क्षत्रीय राजा थियो । जरासन्धले कृष्णलाइ बैश्य समुदायका नन्दको घरमा हुर्किएको, नन्दले पालनपोषण गरेकोले कृष्ण क्षत्रीय नभएर बैश्य भएको, लुकाएर राखिएको, छल गर्नमा माहिर र पोख्त भएको लगायतका आरोप लगायो । उपरोक्त कारण जरासन्धले आफुजस्तो वीरलाइ कृष्णजस्तो पुरुषाधमसं“ग युद्ध गर्न लाज भएको सार्वजनिक रुपमा बतायो ।

आफुसंग १३ अक्षौहिणी संख्याको बिशाल सेना भएको तर कृष्णसं“ग खास सेना नै नभएकाले युद्ध गर्न नै लज्जा हुने बताएर जरासन्धले बलरामसं“ग भन्यो ‘तै पनि तिमिहरुलाइ यदि मस“ंग युद्ध गर्न मन छ भने मैदानमा आउ । क्षत्रीयका लागि युद्ध दुइ कारणले प्रिय छ: पहिलो कारण यदि जितेमा बिजय भएर राजसिंहासनको अधिकारी हुनेछ । दोस्रो, पराजित भएर मृत्युवरण गरेमा, वीरगति पाएमा, स्वर्गमा वास हुनेछ ।’

कृष्ण र बलरामले तालिमप्राप्त छापामार लडाकुहरुलाइ गोप्य स्थानमा लुकाएर राखेका थिए । बिकट पहाडमा जरासन्धका सैनिक आउनासाथ झुक्याएर घातक हतियारले तिनिहरुमाथि आक्रमण गरिदिए । सहज स्थानमा बसेर कृष्ण र बलरामले बिशेष धनुषबाट घातक वाण प्रहार गरेर जरासन्धका सैनिकमाथि आक्रमण गर्नथाले । जरासन्धका सैनिक सम्हालिन पाएनन् । सक्ने जति भागे नसक्नेहरु पहाडबाट नदीमा झरेर मरे । जरासन्धका धेरै सैनिक यदुबंशका सैनिकले मारे । जरासन्धका सैनिक तितरबितर भए ।

बलरामले जरासन्धलाइ समातेका थिए तर कृष्णको अनुरोधमा छाडिदिए । जरासन्ध केहि सहयोगि राजासहित मगध फर्किए । उनको सेनाको धेरै क्षति भयो । सहयोगि राजाको साथमा पुनः द्धारकामाथि आक्रमण गर्ने योजनासहित जरासन्ध मगधमा फर्किएका थिए ।

जरासन्धले १७ पटक मथुरामा आक्रमण गरे तर बिजयी हुन सकेनन् । जरासन्धको १८ औं आक्रमणका समय यवनका राजा कालयवनले पनि मथुरालाइ दक्षिणतर्फबाट आक्रमण गरेका थिए । एकैपटक २ शक्तिशाली शत्रुको सेनासंग सामना गर्नु परेपछि कृष्णले यदुबंशीको सहयोगमा समुन्द्रमा एक अग्लो पर्खालको किल्ला निर्माण गर्न लगाएर यदुबंशका बृद्ध, आदर गरिनुपर्ने मानिसलाइ लुकाएर सुरक्षित स्थलमा राखेर आफुहरु शत्रु सेनाको प्रतिकारमा लागेका थिए । द्धारकामा कृष्णले निर्माण गरेको बलियो र अजेय किल्ला आजपनि द्धारकाको खाडीमा पाउन सकिन्छ ।
बिश्वकर्माको सहयोगमा निर्माण गरिएको उक्त किल्ला ९६ बर्गमील फैलिएको अत्यन्त सुदृढ र अद्भुत थियो ।

कृष्णले यसपटक कालयवनको सेनासंग आम्नेसाम्ने भएर लडेनन् । किनकि उनीहरुको सैनिक शक्तिबीच तुलना हुन सक्दैनथ्यो । तसर्थ कृष्ण र बलराम द्धारकाका आफ्ना मान्यजनलाइ दुर्भेध्य मानिएको किल्लामित्र लुकाएर उनीहरु भागे । राजा कालयवन कृष्ण र बलरामको पछि लागे । बलराम कतै लुके । कृष्ण देखिएका त थिए तर कालयवनले धेरै दगुर्दा पनि भेटन सकेनन् ।

अन्ततः एक गुफाभित्र पसे र कृष्ण हराए । पछिपछि आएका कालयवन गुफामा सुतिरहेका एक मानिस देखेर उसलाइ नै कृष्ण ठानेर लात्तीले हान्न थाले । ती कृष्ण नभएर राजा मुचुकुन्द थिए । उनी आरामसंग सुतिरहेका थिए । कुनै समयका प्रतापी राजा मुचुकुन्दले दैत्यसं“गको युद्धमा देवतालाइ साथ दिएका थिए । देवसेनापति कार्तिकेयको आशिर्वाद पाएका मुचुकुन्द राजकाज त्यागेर गुफामा बस्दैआएका थिए । मुचुकुन्दले अनाहकमा आफुमाथि लात्तीले आक्रमण गर्ने कुनै बलिष्ठ पुरुषतर्फ रिसाएर हेरेपछि राजा कालयवन जलेर भष्म भए ।

राजा कलयवन जलेर भष्म भएपछि कृष्ण मथुरातर्फ फर्किए । अव कृष्णले नेतृत्वविहिन बनेका कालयवनका सैनिकसंग युद्ध गरेर उनीहरुलाइ पराजित गरे र मृत ति सैनिकहरुसंगका आधुनिक हतियार, युद्ध सामग्री, बहुमुल्य सैन्य सामग्रीहरु लुटे । ती बहुमुल्य सैन्य सामानहरु गोरुले तान्ने गाडामा राखेर द्धारका लगे । यी सैन्य सामग्रीहरुको सहयोगमा कृष्णले यदुबंशीहरुको सेना ‘नारायणी सेना’ लाइ हतियार, अश्त्रशश्त्र, सैन्य सामग्रीबाट मजबुत बनाए ।

कालयवनका सैनिकसं“गको युद्ध लगत्तै मगधराज जरासन्ध पुनः मथुरा आक्रमण गर्न २३ अक्षौहिणी सेना लिएर आयो । कृष्णले यसपटक जरासन्धका सेनासं“गपनि आमनेसामने भएर युद्ध लडेनन् । कृष्णले रण छाडिदिए । जरासन्ध कृष्णलाइ लखेट्दै पछि लाग्यो । भागेर उनीहरु धेरै टाढा पुगे । जरासन्ध र उसका सेना पछिपछि जादा थाके । कृष्ण र बलराम उचाइको टाकुरामा बसेर जरासन्धका सेनालाइ हेर्नथाले । जरासन्धले तलबाट आगो लगाइदियो । जंगलका सुकेका पात र काठ बलेर ठुलो अग्नि आफुतर्फ आएको देखेपछि कृष्ण र बलराम हामफाल्दै समुन्द्रमा पसे र पौड्दै द्धारका आइपुगे । कृष्ण र बलराम जलेर मरे भन्ने सोचेर जरासन्ध सैनिकसहित युद्ध गर्न नपर्ने ठानेर मगध फर्कियो । तर केहि समयपछि जरासन्धले कृष्ण र बलराम जिवित रहेको थाहा पायो ।

कृष्ण र बलरामले जुक्ति र युक्तिका साथ कालयवन र जरासन्धको बिशाल सेनाको आक्रमणबाट मथुरावासिहरुलाइ सुरक्षित राख्न सफल भएका थिए ।

विवाह, युद्ध र परिवार

कृष्णले विदर्भ देशका राजा भिष्मककी छोरी रुक्मीणीसंग विवाह गर्ने कुरा तय भयो । तर राजा भिष्मकका जेठा छोरा युवराज रुक्मीले बहिनी रुक्मिणीलाइ राजा शिशुपालसंग विवाह गरिदिने र कृष्णलाइ नदिने घोषणा गरे । कृष्ण र रुक्मीणी आपसमा विवाहका लागि तयार थिए । गोप्यरुपमा एक ब्राम्हणमार्फत सबैकुरा रुक्मीणीले कृष्णलाइ खबर पठाएर आफुलाइ बलपुर्वक हरण गरेर लैजान र विवाह गर्न अनुरोध गरिन ।

कृष्णले पनि राजा रुक्मी, राजा साल्व, राजा जरासन्ध र शिशुपालका बिशाल सेनासंग यदुबंशीको नारायणी सेनाको सेनापति बलरामलाइ बनाएर उनको नेतृत्वमा युद्ध लडे । रुक्मी र उनको समुहलाइ पराजित गरेर रुक्मिणीलाइ हरण गरेर द्धारका ल्याएर विवाह गरे ।

त्यसपछि कृष्णले ७ श्रीमतीहरु विवाह गरे । कृष्णका ८ विवाहित पत्निहरु सबै राजकुमारी थिए, तीबाट १०–१० छोरा जन्म भएको थियो ।

भौमासुरसंगको युद्ध र १६,१०० राजकुमारीको उद्धार

स्वर्गको एक मणी पनि भनिने मेरु पर्वत देवतासंग जितेर त्यसमा अधिकार कायम गर्न सफल भौमासुर असुरको नाम नरकासुर पनि हो । उसको पिताको नाम मुर्तिमान पृथ्वी हो । भौमासुर राजा थियो । उसको राजधानीको नाम प्राग्ज्योतिषपुर थियो । प्राग्ज्योतिषपुरलाइ भौमासुरले चारैतिर धेरै बलियो पर्खाल निर्माण गरेर अजेय किल्ला बनाएको थियो ।

पर्खालवाहिर वरिपरि गहिरो नहर बनाएको थियो । वरिपरि धेरै संख्याका हतियारधारी सैनिक तैनाथ थिए । किल्लावाहिर बिजुलीका तार र बिषालु ग्यांसले घेरिएको थियो । पर्खालवाहिर काडाको जालीको बार पनि लगाइएको थियो । भौमासुरले बरुणदेवको सिंहासनको छाता खोसेको थियो । देवताकि माता अदितिको कुण्डल खोसेको थियो । १६,१०० राजकुमारीलाइ दरबारमा बन्दि बनाएर राखेको थियो । उ सबै देवताहरुसंग वैरभाव राखेर सदैव युद्धको धम्की दिइरहन्थ्यो ।

भौमासुरको अत्याचारबाट आजित भएर स्वर्गका देवताका राजा इन्द्रले कृष्णसंग भेट गरेर भौमासुरको अन्याय र अत्याचारको बिरुद्ध सहयोग मागेका थिए ।

इन्द्रलाइ सहयोग गर्ने उद्देश्यले कृष्ण पत्नि सत्यभामालाइ लिएर गरुडमाथि चढेर भौमासुरको अत्याचारको अन्त गर्न प्राग्ज्योतिषपुर गए । उनले आफ्ना बलिष्ठ गदाले हानेर किल्लाको बलियो पर्खाल फुटाए । तार जाली हटाए । ग्यांस र बिजुलीको खतरा हटाएर किल्लाको सुरक्षामा राखिएका सैनिकको हत्या गरिदिए ।

भौमासुरको किल्लाभित्र पस्नुअघि कृष्णले ठुलो आवाजमा शंख बजाए । शंखको आवाज सुनेर भौमासुरको सेवक असुर मुर आयो । उ धेरै शक्तिशाली थियो । उ कृष्णलाइ आक्रमण गर्न आइलाग्यो । मुरलाइ कृष्णले मारिदिए । उसका भाइ र छोराहरु कृष्णमाथि जाइलागे, ती सबैको कृष्णले हत्या गरिदिए ।

मुर र उसका निकट असुर मारिएको थाहा पाएर राजा भौमासुरका सेनापति पीठ सैनिक लिएर कृष्णस“ंग लडन आयो । कृष्णले ती सेनापतिको पनि हत्या गरिदिए ।

यो देखेर भौमासुर आफैं बिशाल हात्तिको बथानसहित कृष्णमाथि आक्रमण गर्न आयो । उसले शक्तिशाली हतियार शतध्नी प्रहार गरेर कृष्णलाइ पीडा दियो । तर कृष्णले भौमासुरको आक्रमण छलेर भौमासुरमाथि घातक आक्रमण गरिदिए । गरुडमाथि चढेर कृष्णले शुदर्शन चक्र प्रहार गरेर भौमासुरको वध गरिदिए ।

भौमासुर असुरको वधपछि कृष्ण उसको नगरभित्र प्रबेश गरे । नगरभित्र भव्य दरबार थियो । दरबारभित्र पसेर भौमासुरको महल हेर्नथाले । महलभित्र भौमासुरले अपहरण गरेर ल्याएर बन्दि बनाएर राखेका १६,१०० राजकुमारीलाइ देखे । भौमासुरले ती राजकुमारीहरु बिभिन्न स्थानका राजाका महलबाट द्धिविद नामको गुरिल्ला बांदरको सहयोगमा जबर्जस्त अपहरण गरेर ल्याएको थियो । कृष्णले भौमासुरको महलबाट बहुमुल्य रत्न, हिरा, मोति, बिभुषणहरु, मुल्यवान पालकी, रथ, सुन, चांदि लुटे । महलमा भएका चार चार दांत भएका ५० हात्ति पनि आफैंसंग ल्याए । हात्ति र ती अमुल्य पालकीमा राखेर बहुमुल्य सामान र १६,१०० राजकुमारीलाइ कृष्णले द्धारका लिएर आए । कृष्णले भौमासुरले लुटेका अदिति र देवताका बहुमुल्य सामान फिर्ता दिए ।

द्धारका फर्किएपछि भौमासुरबाट बन्दिमुक्त गरिएका १६,१०० राजकुमारीले अलपत्र परेकोले आफुहरुलाइ पत्नि स्वीकार गर्न कृष्णसंग आग्रह गरे । उनीहरु घरपरिवारविहिन भएका थिए । कृष्ण लिला वर्णनमा कृष्णले आफुलाइ सम्मोहन बिद्याद्धारा एकैपटक सबैका सामु देख्नसक्ने शक्तिको प्रयोग गरेर एकैपटक एकैचोटि भिन्दाभिन्दै महलमा एकै समयमा १६,१०० राजकुमारीसंग विवाह गरेको र ती सबैबाट १०–१० वटा छोरालाइ जन्म दिएको उल्लेख पाइन्छ ।

त्यसपछि कृष्णलाइ १६,१०८ पत्निका पति भनिन्छ । ती सबै सुन्दरी र राजकुमारी थिए । कतिपय टीप्पणीकारले कृष्णलाइ ती अलपत्र परेका १६,१०० राजकुमारीको अभिभावकत्व ग्रहण गरेको चर्चा गरेका छन् । १६,१०८ पत्निवाहेक कृष्णको अर्कि नारी ‘राधा’ संगको पवित्र प्रेम संसारप्रसिद्ध छ ।

खाण्डव बन दाह

एकपटक कृष्ण पाण्डवहरुसं“ग इन्द्रप्रस्थमा रहनुहु“दा अर्जुनसं“ग यमुनानदीमा जलविहारमा रमाइरहेका थिए । त्यससमय ब्राम्हण भेषमा आएर कृष्ण र अर्जृुनसमक्ष अग्निदेवले खाण्डव बन दाह गर्नमा सहयोग गरिदिन आग्रह गरे । अग्निदेवले पटकपटक खाण्डव बन दाह गर्न खोज्दा त्यहां“ आश्रय लिइरहेको तक्षक नागको सुरक्षाका लागि अमरावतिका राजा इन्द्रले भयङ्कर जल वर्षा गरिदिएर असफल बनाइदिएकाले अग्निले कृष्ण अर्जुनसं“ग सहयोग मागेका थिए ।

अग्निदेवको सहायताका लागि कृष्ण र अर्जुन खाण्डव दाहका लागि तयार भए । खुशी भएर कृष्णका लागि अग्निदेवले बरुणदेवबाट बिजुलीजस्तै गडगडाहट गर्ने कौमोदकी नामको गदा दिए । त्यो गदा दैत्यबिनासक भयङ्कर थियो । इन्द्र लगायतका देवताको अवरोध पन्छाउन कृष्ण र अर्जुनले भयङ्कर युद्ध गरे र खाण्डव बन दाह गर्न सफल भए ।

युधिष्ठिरको राजसुय यज्ञमा कृष्णलाइ अग्रपूजा अर्थात् सर्वश्रेष्ठ सम्मान प्रदान

त्यससमयमा सर्वबिजेता देशका राजाले आफ्नो बिजयको घोषणा गर्न राजसुय यज्ञ आयोजन गर्ने र आफ्नो सैन्य श्रेष्ठता स्थापित गर्ने प्रचलन थियो । हस्तिनापुरबाट अलग इन्द्रप्रस्थ राजधानी बनाएर पाण्डवहरुले अलग राज्य स्थापना गरेपछि पाण्डवहरुले वरपरका धेरै राज्य जितेर सो बिजयलाइ स्थापित गर्न कृष्णको परामर्शमा बिशाल राजसुय यज्ञ आयोजन गरे । यज्ञमा भीष्म पितामह, ब्राम्हण, ऋषि, महर्षि, गुरुजन, छिमेकी धेरै देशका राजा, बिद्धानको भरिभराउ उपस्थिति थियो ।

राजा युधिष्ठिरले पितामह भीष्मसंग राजसुय यज्ञस्थल राजभवनमा अग्रपुजा वा सर्वशक्तिशाली व्यक्ति पूजा कसलाइ गरौं ? भनी प्रश्न गरे । पितामह भीष्मले राजा युधिष्ठिरलाइ भने – ‘अहिले यस भुमण्डलभरीमा सर्वश्रेष्ठ र पुजनीय कृष्ण हुनुहुन्छ ।’

भीष्म भन्छन – ‘तेज, बल, पराक्रमका कारण कृष्ण नै सर्वश्रेष्ठ हुन् ।’

राजसुय यज्ञ जस्तो दुर्लभ र महायज्ञमा कृष्णको अग्रपुजा भयो । उनी त्यसबेला भुमण्डलका सर्बश्रेष्ठ घोषित भएका थिए । पितामह भीष्म युधिष्ठिर र राजसुय यज्ञमा उपस्थित उच्चवर्ग सामु भन्दछन – ‘कृष्ण जगतमै सर्बश्रेष्ठ छन् । उनी युद्धमा भाग लिने महायोद्धाहरुमा श्रेष्ठ क्षत्रीय हुन् । उनी हाम्रामात्र होइन, त्रिलोकमै पुजनीय छन् । संग्राममा अनेकौं क्षत्रीय शिरोमणी परास्त गर्न सफल कृष्ण कुलशिरोमणी हुन् ।’

महाभारत, सभापर्वका अनुसार भीष्मले राजसुय यज्ञमा उपस्थितजनसमक्ष भन्नुभयो – ‘ब्राम्हणवर्गमा जो अधिक ज्ञानी छ उ श्रेष्ठ कहिन्छ । क्षत्रीयमा जो बलशाली हुन्छ उहि मान्यवर हुन्छ । बैश्यमा जो धनी छ उहि पुजनीय बन्छ । शुद्रमा जन्म“दाको ज्येष्ठ नै मान्नलायक हुन्छ । तर कृष्ण सबैमा पारंगत छन् । कृष्णमा बेद र बेदाङ्गमा उच्च र ज्यादा ज्ञान छ । श्रेष्ठ बल छ । कृष्णमा दान, दक्षता, शाश्त्रज्ञान, सुरता, लज्जा, कीर्ति, उत्तम बुद्धि, श्री, विनय, धैर्य, तुष्टि र पुष्टि जस्ता सद्गुणले भरिपुर्ण, श्रेष्ठ भएकाले पिता एवम् भगवान श्रीकृष्णलाइ पुजा गरिएको हो ।’

राजसुय यज्ञमा कृष्णको अग्रपुजा गरिएकोमा शिशुपाल लगायतका राजाले चर्काे बिरोध गरेका थिए ।

शिशुपाल वध

युधिष्ठिरको राजसुय यज्ञमा उपस्थितमध्ये सर्बश्रेष्ठ व्यक्तिलाइ अग्रपुजा गर्न कृष्णको नाम प्रस्ताव गरियो । उपस्थित राजा, ब्राम्हण, बिद्धान, अतिथि, प्रायः सबैको सहमति भयो । तर कृष्णको राजा शिशुपालले बिरोध गर्नथाले । कृष्ण र शिशुपालबीच रुक्मीणी विवाहदेखि बैमनस्यता थियो । तसर्थ कृष्णले महायज्ञमा शिशुपाल वध गरिदिए ।

आलोचकहरुले भनेका छन् : शिशुपाल अन्यत्र व्यस्त भएको मौका छोपेर, झुक्याएर कृष्णले घातक वाण प्रहार गरेर वध गरेका थिए ।

वाणासुरसंग युद्ध

कृष्णका रुक्मीणीतर्फबाट जन्मिएका जेठा छोरा प्रद्युम्नका छोरा अनिरुद्रलाइ शोणितपुरका असुर राजा वाणासुरकी छोरी उषासंग विवाहका लागि उनका हितैषि सखीहरुले कुनै उपायबाट शोणितपुर दरबारमा लगेर कैद गरेको नारदबाट जानकारी भयो । सात्यकी नेतृत्वमा कृष्ण र बलरामसहित यदुबंशीहरुको नारायणी सेना युद्धका लागि तयार गरियो ।

प्रद्युम्न, सात्यकि, गद, साम्ब, सारण, नन्द, उपनन्द, भद्र लगायतका सैन्य नेतृत्वमा १२ अक्षौहिणी सेना तयार गरि फरकफरक व्युह बनाएर शोणितपुर गए र वाणासुरको नगर घेराउ गरे । नारायणी सेनासंग सशश्त्र तालिमे सैनिक, हात्ति, घोडा, रथ थिए ।

कृष्ण बलराम नेतृत्वको यदु बंशी नारायणी सेनाले शोणीतपुर पुगेर किल्ला भत्काइदियो । द्धारको ढोका भत्कायो । नगरका उद्यान ध्वस्त बनाइदियो । यो खबर पाएर वाणासुर आफ्ना सेनापति कुम्भाण्ड नेतृत्वमा सैनिक तयार पारेर युद्धका लागि अघिसर्यो । यदु बंशीहरुको बिशाल नारायणी सेना देखेर वाणासुर आत्तियो र भगवान शिवसंग स्तुती गर्यो र सहयोग माग्यो । वाणासुर शिवभक्त थियो ।

नारायणी सेना र वाणासुरका सैनिकबीच भीषण युद्ध भयो । नारायणी सेनाले वाणासुरका सेनापति र मुख्य सेनानायकको हत्या गरिदियो । युद्धमा पराजित भएपछि दरबारमा कैद गरिराखेको कृष्णका नाति अनिरुद्र र आफ्नी पुत्री उषालाइ वाणासुरले युद्धस्थलमा रथमा राखेर सुरक्षितरुपमा उपस्थित गरायो । वाणासुर र यदुबंशबीच सन्धि भयो । धुमधामसंग युद्धका सैनिकको उपस्थितिमा वाणासुरकी छोरी उषा र कृष्णका नाती (प्रद्युम्नका छोरा) अनिरुद्रबीच विवाह भयो । युद्धको क्षतिपुर्तीसहित वाणासुरले धेरै धन दौलत दिएर छोरीलाइ बिजयी सैनिकको साथ लगाएर बिदा गरिदियो ।
पौण्ड्रक र काशीराजसंग युद्ध

वाणासुरसंगको युद्धपछि करुस राज्यका राजा पौण्ड्रक र काशीराजका सेनास“ंग कृष्णले युद्ध गरी बिजयी भए ।

जरासन्ध बध

कृष्णका पिता बशुदेवकी बहिनी पृथा अर्थात कुन्ति हस्तिापुरका राजा पाण्डुकी पत्नि र पां“च पाण्डवमध्ये युधिष्ठिर, भीम, अर्जुनकी माता थिइन । कृष्णका पुत्र साम्बले हस्तिनापुरका राजा धृतराष्ट्रका जेठा छोरा राजकुमार दुर्याेधनकी पुत्री राजकुमारी लक्ष्मणासं“ग विवाह गरेका थिए । तसर्थ कृष्ण र पां“च पाण्डवबीच पारिवारिक नाता थियो ।

एकपटक कृष्णसंगको सल्लाहमा इन्द्रप्रस्थका राजा युधिष्ठिरले राजसुय यज्ञ आयोजनको तयारी गरे र आफ्ना भाइहरुलाइ छिमेमका राज्यसंग कर उठाउन पठाए । त्यस यज्ञका लागि कर नतिरेमा अधीनता अश्वीकार गरेको ठहर भै युद्धको हां“क दिनुपर्ने हुन्छ । पाण्डु पुत्रहरु कर असुलका लागि जा“दा मगधका राजा जरासन्धले युधिष्ठिरलाइ कर तिर्न अश्वीकार गरे । यो खबर पाएर कृष्ण, भीमसेन र अर्जुन ब्राम्हण भेषमा जरासन्धको राज्य मगधको राजधानी गिरिबज्र गए ।

जरासन्ध मगध राज्यका क्षत्रीय राजा थिए । उनी महान योद्धा र बैदिकपद्दति पालनकर्ता थिए । ब्राम्हण भेषमा जरासन्धको दरबारमा पुगेर कृष्ण, अर्जुन र भीमले राजा जरासन्धसंग आफुहरु ब्राम्हण होइन क्षत्रीय हौं, ब्राम्हण भेषमा तपाइसंग मल्लयुद्धका लागि आएका हौं भने । जरासन्धले कृष्णलाइ आफुले पटकपटक युद्धमा हराएको र कृष्ण भागेकोले म जस्तो वीर कायरसंग मल्ल युद्ध गर्दिन, अर्जुन म भन्दा सानो छ । म समान योद्धा भीम छ, म भीमसंग गदा युद्ध गर्छु भनेर हातमा गदा लिएर शहर बाहिर मैदानमा युद्धका लागि प्रस्थान गरे ।

पाण्डु पुत्र भीम गदा युद्धमा निपुण थिए । उनी बलवान पनि थिए । जरासन्ध पनि निक्कै बलवान र गदायुद्धमा निपुण थिए । दुइबीच भीषण युद्ध भयो । भीम र जरासन्धबीच २८ दिनसम्म लगातार गदा युद्ध भयो तर हारजित भएन । जरासन्धको शरीरको कमजोरी कृष्णलाइ थाहा थियो ।

जरासन्ध दुइ फरक आमाबाट दुइ अलग फक्लेटा भएर जन्मिएको थियो । उनका पिताले यसप्रकारको बालकको जन्म बेकार ठानेर जंगलमा फालिदिएका थिए । जरा नामकी एक तान्त्रीक महिलाले भेटेर दुइ फरक टुक्रामा फालिएको बालकलाइ जोडेर बचाउन सफल भइन । जरासन्धको शरीर दुइ फरक भाग जोडेर बनाइएको थियो । अब त्यो शरीर दुइ भागमा चिर्न सहज थियो । शरीर दुइ फक्लेटा पारेर चिरेमा सहजै मार्न सकिन्थ्यो । कृष्णले भीमलाइ जरासन्धको शरीरको कमजोरी बताइदिनुभयो ।

भोलिपल्टको गदायुद्धमा भीमले जरासन्धलाइ समातेर जमिनमा पछारे । जरासन्धको एउटा गोडा आफ्ना गोडाले थिचे र अर्काे गोडा च्यातिदिए । शरीर सजिलै दुइ टुक्रा भयो । दुइ अलग टुक्रालाइ अलगअलग दिशातर्फ फालिदिए ।

कृष्णको उपायले भीमबाट जरासन्धको सहजै वध भयो । कृष्ण, भीम र अर्जुनले खुशी मनाए । जरासन्ध कंश र असुर राजाहरुको पक्षमा थियो । तसर्थ कृष्णले जरासन्ध बध गर्न बिशेष उपाय अपनाएका थिए । जरासन्धले छिमेकका केहि ससाना राज्यका राजालाइ युद्धमा पराजित गरी कैद राखेको थियो । कृष्ण, भीम र अर्जुनले कैदमा रहेका राजाहरुलाइ मुक्त गरिदिए । त्यसपछि युधिष्ठिरबाट राजसुय यज्ञ सम्पन्न भयो ।

शाल्वसंग युद्ध

शाल्व राजा थिए । उनी शक्तिशाली थिए । शाल्व, शिशुपाल, जरासन्ध र रुक्मिका मित्र थिए । रुक्मीकी बहिनी रुक्मिणी दाजु रुक्मीले राजा शिशुपालसंग विवाहका लागि तय गरेका थिए तर कृष्णले राजकुमार रुक्मी, राजा शिशुपाल र शाल्व समेतका सेनासंग युद्ध लडेर जितेर हरण गरेका थिए । तसर्थ शाल्व कृष्णसंग वैरभाव राख्दथे ।

शाल्वसंग सौभ नामको अद्भुत र बिशाल विमान रहेको प्राचीन हिन्दु शाश्त्रहरुमा बर्णन गरिएको छ । भगवान शिवको आराधना गरेर शिवबाट वरदान पाएको शाल्वको विमानलाइ देव, दानव, गन्धर्व, नाग र राक्षस कसैले नास गर्न सक्दैनथियो । विमान शाल्वको इच्छाअनुसार जहां पनि उडेर जान सक्दथ्यो । मयासुरको सहयोगमा शाल्वले उक्त विमान बनाएका थिए ।

शिवबाट वरदान पाएपछि शाल्वले पैदल सेनाद्धारा द्धारका नगर घेराउ गर्यो र बिशेष विमानबाट यदुबंशी सैनिकमाथि आक्रमण गर्न थाल्यो । कृष्णका नारायणी सेना जम्मा भए । कृष्ण पुत्र प्रद्युम्न नेतृत्वमा यदुबंशी वीरहरु शाल्वका सेनासंग युद्ध गर्न तयार भए । शाल्वका सेनापति द्युमान नेतृत्वमा शाल्वका सेना उच्च साहसका साथ युद्ध गर्न अघि बढे । दुइ सेनाबीच भीषण युद्ध भयो ।

यसबेला कृष्ण पाण्डवहरुको राज्य इन्द्रप्रस्थमा थिए । तत्कालै कृष्ण आफ्ना सारथी दारुकलाइ रथ हां“क्न लगाएर द्धारकातर्फ दौडिए । प्रद्युम्न र सात्यकि नेतृत्वमा यदुबंशको नारायणी सेनाले शाल्वका धेरै सैनिक हताहत बनाइसकेको थियो । युद्धस्थलमा पुगेपछि शाल्व र कृष्णबीच घमासान युद्ध भयो । अन्ततः कृष्णबाट शाल्व मारिए ।

दन्तवक्र र विदुरथमाथि बिजय

जरासन्ध, शाल्व, शिशुपाल, पौन्डक लगायतका असुर समुहका र समर्थक राजाको बधपछि करुषका राजा दन्तवक्र र उसको भाइ विदुरथसंगको युद्धमा कृष्ण बिजयी भए । युद्धमा कृष्णले दुबै दाजुभाइको हत्या गरिदिए ।

कृष्णका नारायणी सैनिक । महारथी पुत्रहरु

कृष्ण शक्तिशाली, बुद्धिमान, चलाख, साहसी थिए । उनी सैन्य कला, युद्ध कला, सैन्य बिद्या, युद्ध बिद्यामा निपुण थिए । उनीसंग असंख्य शक्तिशाली सैन्य र अश्त्रशश्त्र थिए । कृष्ण स्वयंका १,६१,०८० छोरा थिए । कृष्ण र बलरामको प्रयासमा यदुबंशीहरुको अलग सेना गठन भएको थियो, त्यो सेना ‘नारायणी सेना’ को नामबाट बिश्वप्रख्यात भयो ।

कृष्णका छोराहरुमध्ये १८ जना छोरा ⁄ नातीहरु महारथी कहलाएका थिए । महारथी युद्धमा एक्लै हज्जारौं पैदल सैनिक, घोडचढी सैनिक, रथ सहितका सैनिकसंग लड्न सक्षम वीर, साहसी योद्धालाइ सम्बोधन गरिन्छ । यी १८ महारथी पुत्रमध्ये बिशेष महाबलशाली योद्धा प्रद्युम्न थिए । प्रद्युम्न एक्लै १० हजार हात्तिसंग युद्ध लड्न सक्ने अधिक क्षमताका सैन्य योद्धा रहेको कृष्ण कथाहरुमा उल्लेख छ । उनीहरु सबै नारायणी सेनाका सदस्य थिए ।नारायणी सेनाको संख्या कति थियो ? यसको यकीन अनुमान गर्न कठिन छ ।

कृष्ण कथामा यदुबंशी राजा उग्रसेनका नीजि अंगरक्षक सेनाको संख्या मात्र एक नील रहेको बताइएको छ । राजा उग्रसेनको अंगरक्षक सेना नारायणी सेनाको एउटा समुह ⁄ अङ्ग थियो । कतिपय लेखकले १८ करोड संख्याका यदुबंशीहरुलाइ नारायणी सैनिक सङ्गठनका सदस्य भनी उल्लेख गरेको पाइन्छ ।

कृष्णका सन्तान, दाजुभाइ, यदुबंशीहरुको संख्या अनगिन्ति थियो । कृष्णकथामा यदुबंशीहरुको संख्या अगणीत रहेको चर्चा छ । द्धारका र आसपासका भुभागमा बसोवास गर्दै आएका यदुबंशका १०१ उपजाति थिए । उनीहरुमध्ये हरेक पुरुष सदस्यहरु लामो आयु भएका, असाधारण धनी, वैभवशाली, क्षत्रीय धर्मका प्रतिपालक र वीर थिए ।

साहसी, सैन्य गुण र असिमित क्षमताका धनी थिए । उमेर पुगेका यदुबंशीहरु गुरुकुलमा गुरुबाट, समाजमा आफुभन्दा जेठाबाट सैन्य ज्ञान हासिल गर्दथे र नारायणी सेनामा आवद्ध हुन्थे । भनिन्छ, अमरावतिबाट देवताहरु पृथ्वीमा असुरहरुको अत्याचारबाट सदाचारीहरुको उद्धार गर्न यदुबंशी बनेर जन्म लिएका थिए भने बिष्णु स्वयंले कृष्णको मानव अवतार लिएर जन्मिएका थिए ।

कृष्णको सुदर्शन चक्र

कृष्णको मुख्य हतियार शाङ्र्ग धनु, कौमोदकी गदा र सुदर्शन चक्र थियो । महाभारत उद्योग पर्वमा राजा धृतराष्ट्रसं“ग सन्जय भन्दछन् – ‘कृष्णको सुदर्शन नामको चक्र उनको मायाले अलक्षतिर अदृष्य भएर उनीसं“गै रहन्छ । त्यसको माझको फैलावट सरदर सा“ंढे तीन हात छ । त्यो कृष्णको संकल्पअनुसार जसरी पनि प्रयुक्त हुन्छ । त्यसको ज्ञान प्रभाव जुन पक्षमा जहा“कृष्ण हुन्छन बिजय त्यहीं“ हुनेछ ।’

कुरु पाण्डव महाभारत युद्धमा कृष्णबाट कौरव पाण्डव दुबैलाइ सहायता

द्धापर युगको अन्तमा कुरु क्षेत्रमा कौरव र पाण्डवबीच १८ अक्षौहिणी सैनिक सहभागि प्रख्यात महाभारत युद्ध भयो । कौरव पक्षमा ११ र पाण्डव पक्षमा ७ अक्षौहिणी सैनिक थिए ।

कौरव र पाण्डवबीच युद्ध सुरु हुनुअघि दुबै पक्षले आआफ्नो पक्षमा राजा र उनीहरुका सैनिक सहयोग मागीरहेका थिए । यसबीच कौरव पक्षका नायक दुर्याेधन कृष्णसंग सहयोग माग्न द्धारका गए । यो थाहा पाएर पाण्डव पक्षका अर्जुन पनि द्धारका प्रस्थान गरे । कृष्ण निन्द्रामा थिए । दुर्याेधन पहिले पुगेर कृष्णको सयनकक्षमा शिरानीतर्फ प्रतीक्षा गरेर बसे ।

त्यसपछि पुगेका अर्जुन कृष्णको खुट्टातर्फ बसेर प्रतीक्षा गरिरहे । कृष्ण व्युं“झेर उठ्दा पैतालातर्फ बसिरहेका अर्जुनलाइ पहिले देखे । त्यसपछि दुर्याेधनलाइ देखे । कृष्णले दुर्याेधन र अर्जुनलाइ आफुकहा“ं आउनाका कारण सोधे ।

कृष्णसंग दुर्याेधनले – ‘म युद्धमा तपाइसंग सहयोग माग्न आएको हुं । म अर्जुनभन्दा पहिले आएको हुं“ । म नै तपाइको सहयोग पाउने पहिलो हकवाला हुं“ भने ।’ दुर्याेधनले थप भने – ‘अर्जुन र मबीच तपाइको नाता र मित्रता बराबरको छ । यहा“ं तपाइस“ंग सहयोग माग्न म पहिले आइपुगेको ह“ुं । पुर्खाहरुको सदाचारको अनुशरण गर्ने श्रेष्ठपुरुष पहिले आइपुगेको लाइ नै सहायता गर्न प्राथमिकता दिन्छन् । तपाइलाइ यो युगमा सबैले सत्पुरुष नै मान्दछन् । तसर्थ तपाइ सत्पुरुषकै व्यवहार गर्नुस ।’

कृष्णले दुर्याेधनलाइ जवाफ दिए – ‘तपाइ पहिले आउनु भयो होला तर मैले निन्द्राबाट व्युं“झदा पहिले अर्जुनलाइ देखें । यसकारण म दुबैलाइ सहायता गरु“ला । शाश्त्रको आज्ञा के छ भने पहिले बालकलाइ नै उनीहरुले मन पराएको चिज दिनुपर्छ । यसर्थ उमेरले सानो भएकोले कुन्तिपुत्र अर्जुन पहिले आफ्नो चाहनाको भीज पाउने अधिकारी छन् । मस“ंग गोपको बिशाल सेना १० करोडको छ ।

ती सबका सब म जस्तै बलिष्ठ र मोटा ताजा जिउका छन् । ती सब सेनाका नाम ‘नारायणी’ हो । सबै नै युद्धमा फलामझैं जुध्न सक्छन । एकातिर तिनै दुर्धर्ष सैनिक युद्धोद्यत रहनेछन र अर्कातिरबाट एक्लो म हुने हु तर म चाहि त न युद्ध गर्ने हुं न त कुनै शश्त्र नै धारण गर्ने हुं“ । हे अर्जुन ! यी २ थरीमा तिमिलाइ मन परेको १ चिज छान । तिमि पहिले रोजिहाल । किनकि धर्मनीतिअनुसार पहिले तिमिलाइ नै इच्छा गरे अनुसारको चिज दिने र तिमिले पाउने कुरा हुन्छ ।’

अर्जुनले एक्लो कृष्ण भए पुग्छ भनेर कृष्ण मागे । दुर्याेधनले नारायणी सेना पुरै माग्यो । नारायणी सेना अनेक हज्जार सैनिकका हज्जारौं टोलीमा सङ्गठित थियो । त्यो बिशाल सेना पाएर दुर्याेधन कृष्णसं“ग खुशी भयो । तर युद्धमा नारायणी सेना १ अक्षौहिणी मात्र कौरव सहायताका लागि गएको थियो ।

महाभारत युद्धमा कृष्णले पाण्डव वीर अर्जुनको रथ हां“क्ने सारथीको भूमीका निर्वाह गरेका थिए ।

युद्धमा कृष्णको नारायणी सेनाले कौरव पक्षबाट पाण्डवबिरुद्ध लडेको भएपनि कृष्णको सहयोग, युक्ति, छल, परिश्रम र योगदानका कारण युद्धमा पाण्डव पक्ष बिजयी भएका थिए ।

महाभारत युद्ध सुरु हुनुअघि कृष्णले पाण्डववीर अर्जुनलाइ दिनु भएको ज्ञान ‘गीता ज्ञान’ का रुपमा आजपनि प्राचीन हिन्दु धार्मिक वाङ्मयको बिशिष्ट ग्रन्थका रुपमा ख्याति आर्जन गर्न सफल छ ।

कृष्णलाइ गान्धारीको श्राप

महाभारतयुद्धपछि रणमैदानमा वीरगति पाएका दुबैतर्फका वीर योद्धाहरुको मृतशरीर यत्रतत्र छरिएकै अवस्थामा थिए । युद्ध समाप्त भएको घोषणापछि युद्धमैदानमा पुगेर वीरगति पाएका योद्धाहरुका पत्नि, माता–पिता, नाबालक छोराछोरी लगायत आफन्तजन र कुटुम्बहरुले शोक गर्नथाले । त्यहां“ धृतराष्ट्र र उनकि पत्नि गान्धारी पनि थिइन् ।

गान्धारी पतिव्रता नारी थिइन । पति धृतराष्ट्र जन्म“दा नै अन्धा भएकाले विवाहपछि पतिप्रति उच्चसेवा र श्रद्धा प्रकट गर्दै आफुले पनि आखां“मा पट्टी बां“धेर जीवनयात्रा अघि बढाइरहेकि थिइन । महाभारत युद्धमा उनका १०० छोराहरुले वीरगति प्राप्त गरेकाले पति धृतराष्ट्रसं“गै उनीपनि युद्धस्थलमा बसेर वीरगति पाएका पुत्रका पत्नि, नाबालक छोराछोरी र दुबैपक्षका वीरगति पाएका वीरका आफन्तजनको दुःख, वेदना, विरह, शोक र विलापहरु सुनिरहेकि थिइन । युद्धस्थलमा पांच पाण्डव र कृष्ण पनि आएको थाहापाएर धृतराष्ट्र र गान्धारीले आफु दम्पत्ति जिवित छ“ंदै आफ्ना १०० छोरा मारिएको खबर सुन्नुपरेकोमा धेरै दुःख लागेको बताउदै पां“चपाण्डव र कृष्णसं“ग धेरै प्रश्न गरेका थिए ।

अन्तमा गान्धारीले कौरव पक्षका प्रधानसेनापतिहरु भीष्म, द्रोण, कर्ण, शल्य र राजा दुर्याेधनसहित उनका १०० भाइ मारिएको तर पाण्डवपक्षका पा“ंचै भाइ, कृष्ण, सात्यकि लगायतका मुख्य वीरयोद्धा जिवित रहेकोमा पनि प्रश्न गरिन् । यसप्रकारको अपत्यारिलो र बिपरित परिणामप्रति कृष्णसं“ग गान्धारीले गम्भिर असहमति प्रकट गरिन् ।

गान्धारीले कृष्णसंग भनिन् – ‘कृष्ण ! पाण्डव र धृतराष्ट्रका छोराहरु आफआफै“ खरानी भए । तिमिले यिनलाइ नाश हुन लागेको देखिकन किन वेवास्ता गर्यौ ? तिमिले दुबै पक्षलाइ मनाउन सक्दथ्यौ । तरपनि स्वैच्छैले किन कुरु कुलको नाश हुन दियौ ? किन उपेक्षा गर्यौ ? तिमिले जानीबुझिकन कुरु बंशको बिनास हुनदियौ । यो तिम्रो महान दोष हो । अतः तिमि यसको फल भोगिहाल ।’

‘हे कृष्ण ! मैले पतिको सेवाबाट जे जति तप प्राप्त गरेको छु, त्यहि दुर्लभ तपोबलबाट तिमिलाइ शाप दिन लागेको छु । तिमिले आफुआफुमा मारकाट मच्चाउ“ंदै कुटुम्बी कौरव र पाण्डवहरुको उपेक्षा गरेका छौ । यसकारण तिमि अब आफ्ना भाइबन्धुहरुको पनि बिनास गरिहालौला ! हे मधुसुदन ! आजबाट ३६ औं वर्ष सुरु भएपछि तिम्रा कुटुम्बी, मन्त्री र पुत्र सबै आफआफैं“ लडेर मर्लान ! तिमि सबैसित अपरिचित र जनताको आखाभन्दा पर भएर अनाथसरह वन वन चहारौला र कुनै निन्दित उपायद्धारा मरौला ! यि भरतबं“शका स्त्रीहरु सरहकै तिम्रा कुलका स्त्रीहरु पनि छोरा र भाइबन्धुहरु मारिनाले यस्तैगरी संगी सम्बन्धिहरुका लासमा पस्रिनेछन्, पछारिनेछन् ।’

पतिभक्त स्त्री गान्धारीले दिएको शाप सुनेर कृष्ण भन्छन – ‘क्षत्रियाणीज्यू ! म जान्दछु यो यस्तै हुने हुनामी छ । यसमा शंका नै छैन । यदुबंशका, बृष्णिबंशका यादवहरु दैवद्धारा नै सखाप हुनेछन् । कल्याणी ! बृष्णिकुलको संहारकर्ता म शिवाय अर्काे कोहि हुनेछैन । यादब अन्य मानिस अनि देवताहरु र दानवका निम्ति अबध्य छन् । उनीहरु आफुआफुमै भिडिएर स्वाहा हुनेछन् !’

ऋषिहरुको श्राप

पृथ्वीमा गणना गर्न नसकिने असंख्य यदुबंशीहरुको धन, वैभव, शक्ति आदिको घमण्ड बढिरहेको थियो । यदुबंशका सदस्यहरुको जताततै आलोचना हुन थालेको थियो । धेरै संख्याका यदु कुलका सदस्यमध्ये कोही कसैबाट कहिं कतै गल्ति र कमीकमजोरीहरु भइरहन्थ्यो । सर्वशक्तिशाली यदुकुलका सदस्यसंग युद्धमा कोहि कसैले सामना गर्ने हैसियत राख्दैनथे । तसर्थ उनीहरुमा घमण्ड बढिरहेको थियो ।

कृष्णले एकदिन एकान्तमा सोचे, यदि यसै अवस्थामा म पृथ्वीबाट बिदा भएर परमधामतिर लागेंभने यदुबंशीहरु घमण्डले अझै अराजक र छाडा हुनेछन् । म बाहेक यिनीहरुको अरु कोहि कसैबाट दमन हुनसक्दैन । तसर्थ यसबारेमा केहि उपाय गर्नुपर्दछ ।

मनमनै कृष्णले केहि उपाय तय गरे र मनभित्रै राखे ।

केहि समयपछिको कुरा हो, विश्वामित्र, असित, दुर्वासा, कण्व, भृगु, अंगिरा, कश्यप, वामदेव, अत्रि, बशिष्ठ समेतका ऋषि र देवर्षि नारद समेत द्धारका नजिक पिण्डारक क्षेत्रमा तपश्याको तयारी गरिरहेका थिए । त्यसै समयमा समय बिताउन खेल्दै डुल्दै हिंडेका यदुबंशका केहि उत्ताउला र अराजक राजकुमारहरु ऋषिहरुको तपश्यास्थल नजिक पुगेर जिस्क्याउन थाले । उपद्र्याहा राजकुमारहरुले कृष्णका पुत्र साम्बलाइ स्त्री पहिरन लगाइदिए र कम्मरमा मुसल राखेर बाहिरबाट कपडा बा“ंधिदिए । साम्बको पेट ठुलो देखियो ।

साम्बलाइ साथमा लिएर तपश्याका लागि उन्मुख ऋषिहरुको समुहमा पुगेर ती राजकुमारले अभिनय गर्दै सोधे – ‘यि श्यामालोचना सुन्दरी गर्भवती छिन् । यिनी हजुरहरुसंग सोध्न चाहन्छिन्, म बाट छोरा जन्मन्छ कि छोरी ? यिनलाइ छोरा पाउने खुबै लालसा छ । यिनी आफैं हजुरहरुसंग प्रत्यक्ष सोध्न लजाउने हुनाले हामीसंग अनुरोध गरेकि छिन् । कृपया बताइदिनुहोस: यिनको गर्भबाट छोरा जन्मने हो कि छोरी ?’

केहि समयसम्म ऋषिहरुले धैर्य गरे । तर यदुबंशी राजकुमारहरुको अराजकताले सिमा पार गर्यो । ऋषिहरुको धैर्य टुट्यो । ऋषिहरुले भने ‘हे मन्दबुद्धिका बालक हो ! यसले छोरा वा छोरी पाउ“दिन, तिमिहरुको कुलको बिनास गर्ने एउटा फलामको मुसल पैदा गर्नेछ ।’

कृष्ण र यदु बंशको अन्त

ऋषिहरुको श्राप सुनेर यदुबंशका राजकुमारहरु डराए । ऋषिहरुसं“ग आफुबाट गल्ति भयो भन्ने महसुस गरे । तर नहुनु भै सकेको थियो । घर फर्किएर उनीहरुले साम्बको पेटमा रहेको मुसल राजसभामा राखेर सबै वृतान्त बताएर आफुहरुबाट गल्ति भएको स्वीकार गरे । राजा उग्रसेन पनि यदु राजकुमारको वृतान्त सुनेर दुःखी भए । उनले भने – ‘त्यस मुसल मसिनो धुलो हुनेगरी घोटेर, धुलो पारेर समुन्द्रको जलमा फालिदिनु ।’

आदेशपालकहरुले त्यसै गरे । त्यस मुसलको फलामको भाग घोटेर चुर्ण हुन नसकेको बांकी सानो तर तिखो टुक्रा पनि समुन्द्रको जलमा फालिदिए । त्यस तिखो फलामको सानो टुक्रा तल जमिनमा जांदाजांदै एउटा माछाले निलिदियो । मुसलको चुर्ण तरङ्गको साथमा बग्दै गएर समुन्द्रको किनारमा जम्मा भयो । त्यसबाट एककिसिमको पानीको दलदले धापमा उम्रने मोथे झार उम्रियो । यो झार वरपर फैलियो ।

केहि दिनपछि द्धारकाका माझिहरुले जाल हानेर माछा मार्दा त्यस सानो फलामको टुक्रा निल्ने माछा पनि घर ल्याएछन् । एकजना माझीले त्यो माछा काटेर पकाउन लाग्दा तिखो सानो टुक्रा फलामको अंश देखेर सतर्कतापुर्वक सुरक्षित राख्यो । भोलिपल्ट माझिले त्यो टुक्रा जरा नामको सिकार गर्ने ब्याधालाइ दियो । जरा ले त्यस टुक्रालाइ आफ्नो वाणको टुप्पोमा निक्कै मेहनत गरेर जडान गर्यो ।

त्यसैताका दैनिकजसो द्धारकामा भयङ्कर उत्पातहरु हुनलागे । यदुबंशीहरुको मनमा ऋषिहरुको श्रापले यसप्रकारका संकेत देखिएको हुनसक्ने सम्भावनाले डराए र कृष्णका समीपमा गएर आशाउन्मुख नजरले प्रतिक्षा गर्नथाले । यदुजनको यसप्रकारको तनाव देखेर कृष्णले भने – ‘पक्कै हामीमाथि केहि कुनै अनिष्टको संकेत देखिएका छन् ।

यि संकेत यमराजको ध्वजाझैं“ खतराजनक पनि हुनसक्छ । तसर्थ हाम्रो बंशका महिला केटाकेटि र बृद्धजन शङ्खोद्धार क्षेत्रमा सुरक्षित रुपमा रहन पठाइदिउ“ र हामी पुरुषजन प्रभासक्षेत्रमा जाउं । त्यहां पश्चिमवाहिनी सरस्वति नदी छिन् । त्यो पवित्र स्थल हो । त्यहां“ स्नान गरौं, उपवास बसौं, देवताको पुजा गरौं, गाइ, भुमी, सुन, वश्त्र, हात्ति, घोडा, रथ, घर लगायतका बस्तु ब्राम्हणहरुका लागि दान गरौं । यसबाट नै अमङ्गलको नाश भै सुमङगल प्राप्त हुनसक्छ । देवता, गाइ र ब्राम्हणको पुजा नै हामी प्राणीहरुको निम्ति परमलाभ हो ।’

निरुपाय रहेका यदुजनले कृष्णको प्रस्ताव स्वीकार गरे र उसै गरे । कृष्णको राय अनुसार केहि स्नान गरेर पुजा त गरे तर लगत्तै सबै यदुबंशका पुरुषहरु समुन्द्रकिनारमा पाइने मैरेय नामको मदिरा पिउन थाले । अधिक मदिरापानपछि उनीहरु झगडा गर्नथाले । सुरुवातमा भनाभन भयो । विवाद बढेपछि एकआपसमा धनुषवाण, भाला, तरवार, गदा, तोमर, ऋष्टि लगायतका हतियार लिएर भिडे । द्धारकाबाट प्रभासतर्फ जादां उनीहरु आफैंले प्रयोग गरेका हात्ति, घोडा, रथ, गधा, उंट, गोरु, रांगो, खच्चरमा चढेर द्धन्दयुद्ध गर्नथाले । मदिराको नसाले अन्धो बनाएकाले एक आपसमा घातक शश्त्रअश्त्र प्रहार गर्नथाले ।

एकै गोत्र, बंश र परिवारका सदस्यहरु एकले अर्काेलाइ बध गर्न थालेपछि धेरै यदुबंशी नष्ट भए । अन्तमा बां“कीरहेका सिमित यदुजनहरु आफुसं“ग भएको हतियार सकिएपछि समुन्द्रकिनारमा मुसल घोटेर फालेको चुर्ण तैरिएर जमेर उम्रिएको मोथे झार उखेल्दै एक अर्काेलाइ प्रहार गर्नथाले । त्यो झार एकाएक उखेलेपछि बज्रसमान कडा भयो । यो दृष्य आखां अगाडि देखेका कृष्ण र बलराम अन्योलमा परेर यता र उता गर्दैै रोक्ने प्रयास गरे तर उल्टै उनीहरुमाथि नै आइलागेपछि कृष्ण र बलरामले पनि सोही झार उखेलेर सामुन्नेका केहिमाथि प्रत्याक्रमण गरे ।

धेरै समयको एक आपसको आक्रमण र प्रत्याक्रमणबाट यदुबंशका पुरुष प्रायः सबै नष्ट भए । कृष्ण र बलराम लासहरुको आसपास उभिएर शव्दविहिन भए । बलराम तत्कालै समुन्द्रकिनारमा एकाग्रचित्त भएर ध्यान गर्नथाले । उनले योगको आश्रयलिएर आफ्नो आत्मलाइ शुद्ध स्वरुपमा स्थिर गरी मानव शरीर त्याग गरिदिए ।

यो दृष्य देखेका कृष्ण मौन रहेर नजिकको पिपलको वृक्ष मुनि ढल्किए । कृष्ण दाहिने तिघ्रामा देब्रे खुट्टा राखेर बसेका थिए ।

त्यसै समयमा फलामको मुसलको टुक्रा आफ्नो वाणमा जडान गरेको जरा नामको ब्याधा सिकारको खोजिमा निस्केको थियो । टाढाबाट ब्याधाले कृष्णका राता दुइ पैतालालाइ मृगको कान जस्तो देखेर वाण ताक्न थाल्यो । उसको वाणमा मुसल चुर्ण बनाउदा बांकी रहेको फलामको टुक्रा जडिएको थियो । त्यो वाण ताकेर ब्याधाको मनले निश्चय गरेको मृगको कानमा प्रहार गरिदियो ।

ब्याधाले दौडेर नजिक गएर हेर्दा कृष्ण रहेछन् । डरले थरथर काम्दै ब्याधा कृष्णको चरण समातेर माफि माग्नथाल्यो । म पापिबाट अन्जानमा यस्तो अपराध हुनगयो, ब्याधाले अनेकन विरह गाउंदै कृष्णसं“ग माफि मागिरह्यो ।

कृष्णले ब्याधालाइ भने ‘यसमा तेरो केहि दोष छैन, नडराउ !’

कृष्णले ब्याधालाइ बिदा गरिदिए ।

त्यसैसमय कृष्णका सारथी दारुक कृष्णलाइ खोज्दै आइपुगे । कृष्णको अवस्था देखेर उनी विरह गर्न थाले । कृष्णले दारुकलाइ भने ‘कत्ति पनि चिन्ता नगर ! तिमि द्धारका जाउ र मेरा बन्धु बान्धवजनमा यदुबंशीको आपसमा द्धन्द युद्ध गरेर संहार भएको, दाजु बलरामको परमगति र मेरो स्वधामगमनको कुरा सबैमा सुनाइदेउ । अब तिमि र बां“की यदु कुलका सदस्यहरु द्धारकामा नबस्नु, किनकि त्यो स्थान केहि समयपछि नै समुन्द्रमा डुब्नेछ । उनीहरु आआफ्नो धन, नाता, मेरा पिता, माता साथमा लिएर हस्तिनापुरमा अर्जुनको संरक्षणमा जानु !’

कृष्णको जीवन अन्तपछि द्धापर युग समाप्त भएर कलियुग सुरु भएको श्रीमद्भागवत लगायत पुर्वीय शाश्त्रहरुको मत छ ।

कृष्णको बांकी सन्तान

यदुबंशको जब बिनास भयो तव प्रद्युम्नका छोरा अनिरुद्र र अनिरुद्रका छोरा बज्रमात्र जिवित रहन सफल भए । बज्रका एकमात्र पुत्र थिए प्रतिवाहु । प्रतिवाहुका छोराको नाम सुबाहु थियो । सुबाहुका पुत्रको नाम शान्तसेन र शान्तसेनका पुत्रको नाम शतसेन थियो ।

पूर्ण पुरुष कृष्ण !

कृष्णको जीवनकथा आज हामी जो कसैका लागि काल्पनिकझैं लाग्नसक्छ । तर भारतवर्ष अर्थात् एशियाका धेरै देशमा कृष्णको जीवनकथा र उनका लिलाहरु जनजीब्रोमा छ । गाउं“ शहरमा लोकप्रिय छ । कृष्णको नाम लिंदा सनातन हिन्दु धर्मका आस्थावान मानिसहरु आफुमा भएको अज्ञानरुपी अन्धकार नाश भएर ज्ञानको प्रकाशमय जगत प्राप्त हुनसक्ने विश्वास गर्दछन् । हिन्दु सनातनधर्ममा आस्था राख्नेहरु आफ्ना मृत पुर्वजको चीर शान्ति एवम् सद्मार्गगमनका लागि कृष्णकथा श्रवण गर्दछन् ।

कृष्णलाइ प्राचीन हिन्दुशाश्त्रहरुमा पुर्णपुरुषका रुपमा वर्णन गरिएको छ । यसका लागि निम्न कारण दिइएको पाइन्छ :

१. धन अर्थात् सम्पत्तिका कारण
२. बल अर्थात् शक्तिका कारण
३. नाम अर्थात् प्रसिद्धिका कारण
४. रुप अर्थात् सौन्दर्यका कारण
५. ज्ञान अर्थात् विद्धताका कारण र
६. त्यागका कारण ।

महान बैदिक आचार्य पराशर मुनिका अनुसार उपरोक्त षड् ऐश्वर्यमा पूर्ण स्वामित्व भएकाले कृष्णलाइ पूर्ण पुरुष भनिन्छ । कृष्ण बहुप्रतिभाशालि योग्य पुरुष थिए ।

कृष्ण कथाहरुले कृष्णको आयु १२५ वर्ष रहेको बताएका छन् ।

सैनिक प्रतिभासम्पन्न व्यक्तित्व–कृष्ण

कृष्ण अलौकिक हुन । त्यसबाहेक कृष्णलाइ परिचय गराउने अर्काे मुख्य बिषय, कृष्णमा निहीत सैन्य ज्ञान र युद्ध कला हो । कृष्ण त्यस युगका सर्वश्रेष्ठ धनुर्धर, कुस्तिका खेलाडी, युद्धकलामा पारंगत र अथाह सैन्य ज्ञानका भण्डार थिए । कृष्णले एक्लै र समुहमा शक्तिशाली सैन्य बल भएका वीर योद्धासंग धेरै युद्ध लडे, प्रायः सबैमा बिजयी भए । उनले स्थापना गरेको ‘नारायणी सेना’ द्धापर युगको १० करोड संख्याको सर्वशक्तिशाली सेना थियो, अपराजेय थियो ।

कृष्ण द्धापर युगमा छापामार युद्धकला सिक्ने, लड्ने र सफलता पाउने वीर सैनिक हुन् । सानो संख्याको सेनालाइ चातुर्यताकासाथ कुसल व्युह मार्फत युद्धभूमीमा उतारेर ठुलो र बिशाल सेना पराजित गरिदिन सक्ने सक्षम सेनापति पनि हुन् ।

कृष्णलाइ दैवि गुणले सम्पन्न अलौकिक व्यक्तित्वका रुपमा प्रस्तुत गरिएको छ । कृष्णसंग त्यस समयमा भुमण्डलकै दुर्लभ र शक्तिशाली अश्त्रशश्त्र थिए, जसको प्रतिस्पर्धा कोहि कसैसंग हुन सक्दैनथियो । उनले जीवनकालमा सम्पन्न गरेका दृष्टान्तले कृष्ण साच्चै संसारका महान सैन्य विचारक, सैन्य चिन्तक, नवीन युद्धकलाका प्रतिपादक र अत्यन्त क्षमतावान, प्रतिभायुक्त र सैनिक व्यक्तित्वका धनी थिए भन्ने पुष्टि गर्दछ ।

सैन्य सफलताका लागि अति आवस्यक र जान्नैपर्ने बिषय – बिपक्षका सेना, सैन्य नायक र उनीहरुसंगका शश्त्रअश्त्र क्षमता, ज्ञान, शिक्षा, युद्धकला, सैन्य क्षमता लगायतका सबल–दुर्बल पक्ष हो । यी बिषयका सूचना र जानकारी कृष्णमा यथेष्ट थिए । तसर्थ पनि कृष्ण त्यस समयमा अपराजेय सैनिक योद्धा थिए ।

बैदिक र पौराणिक ग्रन्थ एवम् साहित्यमा सर्वाधिक चर्चा र प्रशंसा गरिएका पात्र हुन् कृष्ण । कृष्णबारे जानकारी दिने ग्रन्थ महाभारत, श्रीमद्भागवत र पुराणहरु हुन् । यि ग्रन्थका मुललेखक महर्षि व्यास हुन् । कृष्ण कथा शुकदेव गोस्वामीबाट हस्तिनापुरका पाण्डुपुत्र अर्जुनका नाती राजा परीक्षितलाइ सुनाइएको थियो ।

सुबेदार (अ.प्रा.), मोहन थापा ।
प्रस्तुत लेख लेखकको प्रकाशोन्मुख पुस्तक: विश्वप्रख्यात सैनीक, भाग १, ‘वेद पुराणका सैनिक प्रतिभा’ को अंश हो ।