• २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
  •   Unicode
Logo
Latest
★   सिधाकुरा प्रकरण: रामेश्वर, कैलाश सहित अन्यलाई सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेश ★   मल्लकालीन तीन सय ४६ वर्ष पुरानो थन्थु दरबार पुनः निर्माण थालियो ★   ललितपुरको बाफल आगलागी: पाँच घाइते मध्ये दुईको निधन ★   उपत्यकाका स्थानीय तह प्रमुख तथा उपप्रमुखसँग राष्ट्रपति भेट, के भयो कुरा ? ★   असन्तुष्टि चुलिँदै गएपछि पार्टी विभाजन गर्नुपर्ने अवस्था आयोः अशोककुमार राई ★   आगोले जलेर आमाछोराको मृत्यु ★   जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता ★   ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता ★   अहिले हाहा, हुहु गरेको भरमा पनि मन्त्री भएका छन्ः ओली ★   आर्थिक समृद्धिका लागि सरकारको पहल सकारात्मकः पूर्वअर्थमन्त्री पौडेल

नेप्से परिसूचक २७.७२ अंकले वृद्धि



बुधवार सामान्य अंकले गिरावट आएको नेप्से परिसूचक बिहीवार वृद्धि भएको छ ।

बिहीवार नेप्से परिसूचक २७.७२ अंकले बढेर २०६८.४२ बिन्दुमा पुगेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ५.५१ अंकले बढेको छ भने फ्लोट इण्डेक्स १.८१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६९ अंकले बढेको छ ।

बिहीवार कारोबारमा आएका २२० कम्पनीको ५१ लाख १ हजार २९० कित्ता शेयर २ अर्ब ५ करोड ७९ लाख ८० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । बिहीवार नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । बुधवार साढे १ अर्बभन्दा कमको शेयर कारोबार भएको थियो ।

बिहीवार नेप्सेका १३ वटै उपसमूहको परिसूचक सकारात्म देखिएका छन् । जसमध्ये विकास बैंक र वित्त उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेका छन् । त्यस्तै, जलविद्युत र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ । बिहीवार नेप्से बढेसँगै चार कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा मन्दाकिनी हाइड्रोपावर, अपर सोलु हाइड्रो इलेक्ट्रिक, श्वेतगंगा हाइड्रोपावर र अपर हेवाखोला हाइड्रोपावरको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

त्यस्तै,हिमालयन हाइड्रोपावर र बलेफि हाइड्रोपावर शेयरमूल्य ८ प्रतिशतभन्दा बढीले बढेको छ । तर यता,सपोर्ट माइक्रोफाइनान्सकोे मूल्य ३ प्रतिशतले घटेको छ । आज रिडी हाइड्रोपावर कम्पनीले १० करोड ४३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।