२७ भाद्र २०८३, शनिबार
,
Latest
नेपाल भलिबल लिगः आज अन्नपूर्ण र कर्णालीबीच प्रतिस्पर्धा हुने हिमाली विपद् राष्ट्रिय सीमाभन्दा परको साझा चुनौती होः परराष्ट्रमन्त्री खनाल संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप जलविद्युत बनाउने कि नबनाउने भन्ने प्रश्न उठ्नु दुःखद्ः डाँगी दक्षिणी लेबनानमा हेजबुल्लाहको दुई किलोमिटर लामो सुरुङ सञ्जाल ध्वस्त पारेको इजरायलको दाबी कम्बोडिया र म्यानमारबीच व्यापार तथा लगानी प्रवर्द्धनसहित चार सम्झौतामा हस्ताक्षर एसीसी प्रिमियर कप : फाइनल खेलमा युएईविरुद्ध आशिफको शतक सडकविहीन बस्तीमा राहतको नयाँ सारथी ‘ड्रोन’ महाधिवेशनको तिथिमिति तलमाथि गर्नु हुँदैन: कांग्रेस नेता अब्दुल सत्तार ‘हामी सरकारलाई साथ दिन र मिलेर काम गर्न तयार छौं, तर सरकार पनि सहकार्यका लागि…
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिरोमा पुरिएका ३ जनाको शव भेटियो



अ+ अ-

नवलपुर । नवलपरासीमा पहिरोमा पुरिएर बेपत्ता भएका तीन जनाको शव भेटिएको छ । पूर्व हुप्सेकोटमा विहीबार राति पहिरो जाँदा एकै परिवारका तीन जना बेपत्ता भएका थिए ।

पहिरोमा परि मृत्यु हुनेमा ४० बर्षीया धनमाया पुलामी, नातिनीहरु ६ वर्षकी देउमाया र ७ वर्षिया भूमीसरा पुलामी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मधुसूदन सिंहका अनुसार पहिरोमा बेपत्ता भएका तीनै जनाको शव शनिबार दिउँसो फेला परेको हो । उनका अनुसार शनिबार पहिरो पन्छाएर शव निकालिएको छ ।

प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले शुक्रवार दिनभरको खोजतलास गर्दा फेला पार्न नसकेपछि शनिबार बिहानबाट पुनः खोजतलास गरिएको थियो ।