९ असार २०८३, मंगलवार
,
Latest
झापाको गौरीगञ्जमा चट्याङ लागेर एक जनाको मृत्यु पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी गाजामा इजरायली हवाई आक्रमणः स्वास्थ्यकर्मी र विद्यार्थीको मृत्यु हर्मुज जलडमरूमध्य खुला भएको र इरानले आणविक निरीक्षकहरूलाई अनुमति दिएको अमेरिकी उपराष्ट्रपति भेन्सको जानकारी फिलिपिन्सको एक विद्यालयमा गोली चल्दा तीन जनाको मृत्यु, पाँच घाइते कंगोमा इबोला संक्रमितको संख्या एक हजार नाघ्यो भारतको उत्तर प्रदेशमा आगलागी, विद्यार्थीसहित १४ जनाको मृत्यु जुम्लामा खानेपानी र सिँचाइका ९४ योजना कार्यान्वयनमा नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना मौवाफाँट–दग्नाम सडक स्तरोन्नति
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलाई घचेटेर अघि बढ भने पछाडि हेर्छु त कोही पनि छैन : माधब नेपाल (भिडियो सहित)



अ+ अ-

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आफूलाई दोस्रो पुस्ताले घचेटेर अघि बढाएको र पार्टी फुटाउने बेला भागेको गुनासो गर्नुभएको छ । शनिवार पेशागत महासंघले आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले भन्नुभयो 'मलाई घचेटेर अघि बढ भन्ने,पछाडि हेर्छु त कोही पनि छैन । म कसैको सहारा लिएर हिड्ने हो ? मेरो सहारा भनेका जिल्ला तहका कार्यकर्ता हुन् ।' एमालेको दोश्रो तहका नेताप्रति आक्रामक बन्नु भएका नेता नेपालले भन्नुभयो  तिनीहरुका खुट्टा कामे काम्छन् म त अगाडि बढेँ । 

उहाँले उनिहरुले नै आफूलाई एमाले फुटाउन र केपी ओलीलाई सत्ताबाट ढाल्न उक्साएको तर  पार्टी फुटाउन बेला खुट्टा कमाएको आरोप लगाउनु भयो ।   नेता नेपालले उनिहरुले एमाले फुटाउन निर्वाचन आयोगमा अरु दुईटा पार्टी पनि दर्ता गराएको खुलासा गर्नुभयो । उहाँले भन्नुभयो 'म आज पहिलो पटक खुलासा गर्छु,कलम चिन्ह भएको नेकपा एकीकृत दर्ता गर्ने पनि दोस्रो पुस्ताका नेता हुन् । नेकपा लोकतान्त्रिक पनि उनीहरुले खोलेका हुन् । आज आएर अर्को पार्टी खोल्न पाइन्छ ? भनेर मलाई भन्ने ? केपी ओलीले बार्ददलीबाट भुकेपछि ज्ञान आयो ?'