३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको उत्तर प्रदेशमा आगलागी, विद्यार्थीसहित १४ जनाको मृत्यु



अ+ अ-

काठमाडौँ। भारतको उत्तरी राज्य उत्तर प्रदेशस्थित एक बहुतले भवनमा सोमवार भीषण आगलागी हुँदा विद्यार्थीसहित कैयौँ व्यक्तिको मृत्यु भएको छ ।

स्थानीय प्रहरी अधिकारीकाअनुसार आगलागी भएको उक्त भवनमा एक कोचिङ सेन्टर सञ्चालनमा थियो । आगलागी हुँदा विद्यार्थी कक्षामा अध्ययनरत रहेको बताइएको छ ।

ज्यान जोगाउनका लागि भवनको झ्यालबाट हामफाल्दा केही विद्यार्थीहरू घाइते भएका छन् । घाइतेहरूलाई उद्धार गरी उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।

अधिकारीहरूले हालसम्म मृतकको आधिकारिक सङ्ख्या पुष्टि नगरे पनि केही सञ्चारमाध्यमहरूले घटनामा कम्तीमा १४ जनाको ज्यान गएको उल्लेख गरेका छन् ।

यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमार्फत घटनाप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । प्रधानमन्त्री मोदीले घटनास्थलमा राहत तथा उद्धार कार्य जारी रहेको समेत जानकारी दिनुभएको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल