काठमाडौं । राष्ट्रिय जनता पार्टीका शरतसिंह भण्डारीले नागरिकता विधेयक कुनै नौलो विषय होइन भन्दै प्रमाणीकरणका लागि नागरिकता विधेयकमा जुन विषय गएको छ राष्ट्रपतिबाट त्योसँग सम्बन्धित भएर सन्देश नआएको बताउनुभयो ।
नागरिकतालाई राष्ट्रियता र राजनीतिक एजेन्डासँग जोडेर कहिलेसम्म राजनीति गर्ने भन्दै उहाँले नेपालीले नागरिकता पाउनुपर्ने नैसर्गीक अधिकारलाई राष्ट्रियता र राजनीतिसँग जोड्न हुँदैन भन्नुभयो ।