२८ मंसिर २०८२, आईतवार
,
Latest
पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ पदक विजेता चन्द्र स्वदेश फिर्ता गृहमन्त्रीद्वारा प्रहरी सहायक हवल्दार गुरुङको परिवारसँग भेटवार्ता सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छः वरिष्ठ उपाध्यक्ष पोखरेल मन्त्री घिसिङद्वारा निर्माणाधीन चार लेनको पुलको निरीक्षण अर्थतन्त्रमा हस्तकला क्षेत्रको योगदान उल्लेख्य विपन्न विद्यार्थीलाई चिसोबाट जोगाउन न्यानो कपडा नेपालका परम्परागत खेलहरुको संरक्षण र सम्वर्द्धन गर्नुपर्छः मन्त्री नेपाल एमालेको नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक भदौ २४ को जेन-जी आन्दोलन मारिएका प्रहरी परिबारलाई भेट्न पुगे गृह मन्त्री र प्रहरी महानिरीक्षक
तपाईं के खोज्दै हुनुहुन्छ ?

काबुलको मस्जिदमा बम विष्फोट, प्रमुख धर्मगुरुसहित बीसजनाको मृत्यु



अ+ अ-

काबुल । अफगानिस्तानको राजधानी काबुलको एक मस्जिदमा बुधबार साँझको प्रार्थनाको क्रममा बम विस्फोट हुँदा एकजना प्रमुख धर्मगुरूसहित कम्तीमा २० जनाको मृत्यु भएको छ भने अन्य ४० जना घाइते भएका छन् ।

एक प्रत्यक्षदर्शीका अनुसार विस्फोटनमा मौलवी मुल्ला अमिर मोहम्मद काबुली मारिए भने धेरै बालबालिका घाइते भएका छन् । तालिबानले सत्ता कब्जा गरेको एकवर्षपछि धार्मिकस्थलमा भएको यो भीषण एवम् जघन्य आक्रमणको जिम्मेवारी कसैले लिएको छैन ।

इस्लामिक स्टेट समूहको स्थानीय सहयोगीले तालिबान र सर्वसाधारणलाई लक्ष्यित गर्दै देशका विभिन्न भागमा आक्रमण बढाएका छन् । गत साता पनि उक्त समूहले एकजना प्रमुख तालिबान धर्मगुरुको हत्या गरी त्यसको जिम्मेवारी पनि लिएको थियो ।

प्रत्यक्षदर्शीका अनुसार शहरको खेर खन्ना नजिकैको सिद्दिकिया मस्जिदलाई लक्षित गरी आत्मघाती आक्रमणकारीले विस्फोट गराएको थियो । विस्फोटमा ३० जनाभन्दा बढी घाइते भएका छन् । काबुलको इटालियन आपतकालीन अस्पतालले बम विष्फोट भएको स्थानबाट पाँच बालबालिकासहित कम्तीमा २७ जना घाइते सर्वसाधारणलाई त्यहाँ ल्याइएको बताएको छ ।

काबुलका प्रहरी प्रमुखका लागि तालिबानद्वारा नियुक्त प्रवक्ता खालिद जाद्रानले मस्जिदभित्र भएको विस्फोटको पुष्टि गरे पनि तर हताहती र घाइतेहरूको विवरण उपलब्ध गराएका छैनन् । तालिवानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले विस्फोटको निन्दा गर्दै यस्तो जघन्य अपराध गर्नेहरूलाई चाँडै न्यायको कठघरामा ल्याइने र सजाय दिइने प्रतिबद्धता व्यक्त गरेका छन् ।

विष्फोटनका बेला मस्जिदमा रहेका एकजना प्रत्यक्षदर्शीले आज बिहान मृतकको सङ्ख्या अझै बढ्न सक्ने बताउँदै कम्तीमा २५ जना मारिएका एपीलाई जानकारी दिए ।