२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताको बैठक



फाईल फोटो
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठक जारी छ । आसन्न प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँटका सम्बन्धमा बैठकमा छलफल भइरहेको छ ।

सत्ता साझेदार दलहरुले सिट बाँडफाँटका लागि नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा कार्यदलसमेत गठन गरिसकेको छ । तर कार्यदलले सिट बाँडफाँटको खाका तयार पार्न नसकेपछि शीर्ष नेताहरु छलफलमा जुटेका हुन् ।

बैठकमा कार्यदलका संयोजक सिटौलाले कार्यदलमा अहिलेसम्म भएका छलफलबारे शीर्ष नेताहरुलाई जानकारी गराउने बताइएको छ ।

सत्ता साझेदार पाँच दलका शीर्ष नेताहरुको बैठकले गत साउन २० गते आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि चुनावी तालमेल गर्ने निर्णय गर्दै सिट बाँडफाँट गर्न ११ सदस्यीय कार्यदल गठन गरेको थियो ।

कार्यदलका संयोजक सिटौलालाई शीर्ष नेताहरुको सो बैठकले साउन मसान्तभित्र सिट बाँडफाँटको प्रस्ताव ल्याउने जिम्मा दिए पनि कार्यदलले सिट बाँडफाँटको टुंगो लगाउन सकेन ।

कार्यदलमा नेपाली कांग्रेसबाट संयोजकमा सिटौलासहित सदस्यहरुमा महामन्त्री गगन थापा र केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की रहेका छन् । त्यसैगरी नेकपा (माओवादी केन्द्र) बाट वर्षमान पुन र देव गुरुङ, नेकपा (एकीकृत समाजवादी) बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टी (जसपा) बाट रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य रहेका छन् ।