६ बैशाख २०८२, शनिबार
April 19, 2025 Saturday

24.27°C

काठमाडौं

24.27°C

Kathmandu

Feels-like: 24.32

Wind: 1.54

Humidity: 60

Latest
पर्यटनमा महिला उद्यमशीलताका लागि बजेट व्यवस्था गर्छौंः पर्यटनमन्त्री पाण्डे सरकारको बजेट कार्यान्वयन प्रक्रिया कमजोर हुँदा निजी क्षेत्र निरुत्साहित वर्षा बाधक बन्दा खेल रद्दः अफगानिस्तान विश्वकपमा छनोट, नेपाल बाहिरियो ‘राजनीतिक नेतृत्व र जनप्रतिनिधिमा सुशासन कायम गर्ने दृढ इच्छाशक्ति आवश्यक छ’ काँग्रेस र एमालेबीचको सम्बन्धमा कुनै समस्या छैनः गृहमन्त्री चीनको अन्तरिक्ष मिसनमा अर्को सफलता: ‘शेइयान२७’ उपग्रह प्रक्षेपण वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह बुटवलमा एक युवतीमाथि गोली प्रहार छ वर्षपछि नेपालगञ्ज रङ्गशालामा खेलकुदको रौनक रामकुमारी झाँक्रीको आक्रोस– ‘अब चाहिँ शिक्षकहरूको रमिता बढी भयो’
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टी एकता संयोजन समिति बनाउने एकीकृत समाजवादीको निर्णय



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकताका लागि ‘पार्टी एकता संयोजन समिति’ बनाउने निर्णय गरेको छ ।

बुधवार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बसेको केन्द्रिय सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि न्युज एजेन्सी नेपालसँग कुरा गर्दै पार्टीका उपमहासचिव डा. गंगालाल तुलाधरले वामहरुको बीचमा एकताको पहल नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) बाट शुरु हुने बताउनु भयो । उहाँले दुईवटा पार्टीको बीचमा एकता प्रक्रियाका विभिन्न आयामहरुमा कार्य प्रक्रियालाई अघि बढाउने निर्णय भएको बताउनु भयो । डा. तुलाधरले समितिमा पार्टीका शीर्ष नेताहरु अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र माओवादी केन्द्रको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल लगायतका नेताहरु रहनुपर्ने सुझाव दिएको बताउनु भयो । उहाँले बैठकले पार्टीको केन्द्रिय सदस्यको कार्य विभाजनमा पनि हेरफेर गरेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आगामी निर्वाचनको लागि मापदण्ड तयार गरेका छौँ र त्यो मापदण्ड अनुसारको उम्मेदवार छनोट भइसकेपछि को व्यक्ति उपयुक्त हो भनेर छान्ने प्रक्रिया निर्वाचन क्षेत्रीय कमिटी, जिल्ला कमिटी र प्रदेश कमिटीको भुमिका हुन्छ । तीन वटा नै कमिटीहरु निर्वाचन क्षेत्रीय कमिटीले व्यक्तिका नाम एकजना महिलासहित ४ जना संघीय संसदको लागि र प्रदेशका लागि पनि एकजना महिलासहित ४ जना उहाँहरुले नाम पहिला पठाउनुहुन्छ । त्यसपछि मात्रै जिल्लाले ती ४ जनामध्येबाट तीन जना छनोट गर्नुहुन्छ ।

तीन जना छनोट भएर प्रदेश कमिटीमा पठाइसकेपछि प्रदेश कमिटीले तीन जना नै कमजोर पक्ष, सबल पक्ष, आगामी सम्भावनाहरु, सहितको राय उल्लेख गरेर केन्द्रिय कमिटीमा पठाउँछ र केन्द्रिय कमिटीले त्यही सूचीबाट समानुपातिकको निम्ति पनि निर्धारण पनि गर्छ र आगामी निर्वाचनको निम्ति पनि उम्मेदवार तय गर्छ । यो काम सम्पन्न भएको छ । केन्द्रिय कमिटीका केही सदस्यहरुको कार्य विभाजनमा हेरफेर भएको छ ।

वामहरुको बीचमा एकताको पहल हामीले गर्ने र त्यो एकताको पहलको शुरुवात हाम्रो पार्टी नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) बाट शुरु हुनेछ । त्यसरी दुईवटा पार्टीको बीचमा एकता प्रक्रियाका विभिन्न आयामहरुमा कार्य प्रक्रियालाई अघि बढाउनको निमित्त हाम्रो तर्फबाट एकता संयोजन समिति बनाएर अर्को पार्टीबाट पनि त्यस्तै समिति बनाएर दुवै पार्टीबाट त्यस्तै किसिमको संयन्त्र बनाउने भन्ने हो । हामीले पार्टी संयोजन समितिको कुरा गरेका छौँ । त्यसका धेरै चरणहरु हुन्छन् र विभिन्न चरणमा काम गर्दै जाने र आगामी चुनावको बारेमा कुरा भएको छ । समितिमा पार्टीका शीर्ष नेताहरु नै बस्ने गरेर समिति बनाउन हामीले सुझाव दिएका छौँ । चुनावमा हामी सँगै गइहाल्छौँ । हामी पार्टी एकता संयोजन समिति बनाउने भन्ने निर्णयमा पुग्यौँ ।’

उपमहासचिव डा. तुलाधरले आजको बैठकले आगामी निर्वाचनको लागि मापदण्ड तयार गरेअनुसार उपयुक्त उम्मेदवार छान्ने अधिकार निर्वाचन क्षेत्रीय कमिटी, जिल्ला कमिटी र प्रदेश कमिटीलाई दिएको बताउनु भयो । उहाँले यी तीन कमिटीले छानेका एक महिलासहितका ४ जना उम्मेदवारमा संघीय संसदको लागि र प्रदेशका लागि जिल्लाले तीन जना छानेर प्रदेशमा पठाउने र प्रदेश कमिटीमा पठाइएका नाम प्रदेश कमिटीले तीन जनाका कमजोर पक्ष, सबल पक्ष, आगामी सम्भावनाहरु सहितको राय उल्लेख गरेर केन्द्रिय कमिटीमा पठाउने बताउनु भयो । उहाँले केन्द्रिय कमिटीले प्रदेश कमिटीबाट पठाएका उम्मेदवारको सूचीबाट आगामी निर्वाचनमा प्रत्यक्ष र समानुपातिकको निम्ति उम्मेदवार तय गर्ने निर्णय भएको बताउनु भयो ।