११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारी गैरजिम्मेवारपूर्ण :डा. शशांक कोइराला News Polar सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण

पार्टी एकता संयोजन समिति बनाउने एकीकृत समाजवादीको निर्णय

पार्टी एकता संयोजन समिति बनाउने एकीकृत समाजवादीको निर्णय
अ अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकताका लागि ‘पार्टी एकता संयोजन समिति’ बनाउने निर्णय गरेको छ ।

बुधवार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बसेको केन्द्रिय सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि न्युज एजेन्सी नेपालसँग कुरा गर्दै पार्टीका उपमहासचिव डा. गंगालाल तुलाधरले वामहरुको बीचमा एकताको पहल नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) बाट शुरु हुने बताउनु भयो । उहाँले दुईवटा पार्टीको बीचमा एकता प्रक्रियाका विभिन्न आयामहरुमा कार्य प्रक्रियालाई अघि बढाउने निर्णय भएको बताउनु भयो । डा. तुलाधरले समितिमा पार्टीका शीर्ष नेताहरु अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र माओवादी केन्द्रको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल लगायतका नेताहरु रहनुपर्ने सुझाव दिएको बताउनु भयो । उहाँले बैठकले पार्टीको केन्द्रिय सदस्यको कार्य विभाजनमा पनि हेरफेर गरेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आगामी निर्वाचनको लागि मापदण्ड तयार गरेका छौँ र त्यो मापदण्ड अनुसारको उम्मेदवार छनोट भइसकेपछि को व्यक्ति उपयुक्त हो भनेर छान्ने प्रक्रिया निर्वाचन क्षेत्रीय कमिटी, जिल्ला कमिटी र प्रदेश कमिटीको भुमिका हुन्छ । तीन वटा नै कमिटीहरु निर्वाचन क्षेत्रीय कमिटीले व्यक्तिका नाम एकजना महिलासहित ४ जना संघीय संसदको लागि र प्रदेशका लागि पनि एकजना महिलासहित ४ जना उहाँहरुले नाम पहिला पठाउनुहुन्छ । त्यसपछि मात्रै जिल्लाले ती ४ जनामध्येबाट तीन जना छनोट गर्नुहुन्छ ।

तीन जना छनोट भएर प्रदेश कमिटीमा पठाइसकेपछि प्रदेश कमिटीले तीन जना नै कमजोर पक्ष, सबल पक्ष, आगामी सम्भावनाहरु, सहितको राय उल्लेख गरेर केन्द्रिय कमिटीमा पठाउँछ र केन्द्रिय कमिटीले त्यही सूचीबाट समानुपातिकको निम्ति पनि निर्धारण पनि गर्छ र आगामी निर्वाचनको निम्ति पनि उम्मेदवार तय गर्छ । यो काम सम्पन्न भएको छ । केन्द्रिय कमिटीका केही सदस्यहरुको कार्य विभाजनमा हेरफेर भएको छ ।

वामहरुको बीचमा एकताको पहल हामीले गर्ने र त्यो एकताको पहलको शुरुवात हाम्रो पार्टी नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) बाट शुरु हुनेछ । त्यसरी दुईवटा पार्टीको बीचमा एकता प्रक्रियाका विभिन्न आयामहरुमा कार्य प्रक्रियालाई अघि बढाउनको निमित्त हाम्रो तर्फबाट एकता संयोजन समिति बनाएर अर्को पार्टीबाट पनि त्यस्तै समिति बनाएर दुवै पार्टीबाट त्यस्तै किसिमको संयन्त्र बनाउने भन्ने हो । हामीले पार्टी संयोजन समितिको कुरा गरेका छौँ । त्यसका धेरै चरणहरु हुन्छन् र विभिन्न चरणमा काम गर्दै जाने र आगामी चुनावको बारेमा कुरा भएको छ । समितिमा पार्टीका शीर्ष नेताहरु नै बस्ने गरेर समिति बनाउन हामीले सुझाव दिएका छौँ । चुनावमा हामी सँगै गइहाल्छौँ । हामी पार्टी एकता संयोजन समिति बनाउने भन्ने निर्णयमा पुग्यौँ ।’

उपमहासचिव डा. तुलाधरले आजको बैठकले आगामी निर्वाचनको लागि मापदण्ड तयार गरेअनुसार उपयुक्त उम्मेदवार छान्ने अधिकार निर्वाचन क्षेत्रीय कमिटी, जिल्ला कमिटी र प्रदेश कमिटीलाई दिएको बताउनु भयो । उहाँले यी तीन कमिटीले छानेका एक महिलासहितका ४ जना उम्मेदवारमा संघीय संसदको लागि र प्रदेशका लागि जिल्लाले तीन जना छानेर प्रदेशमा पठाउने र प्रदेश कमिटीमा पठाइएका नाम प्रदेश कमिटीले तीन जनाका कमजोर पक्ष, सबल पक्ष, आगामी सम्भावनाहरु सहितको राय उल्लेख गरेर केन्द्रिय कमिटीमा पठाउने बताउनु भयो । उहाँले केन्द्रिय कमिटीले प्रदेश कमिटीबाट पठाएका उम्मेदवारको सूचीबाट आगामी निर्वाचनमा प्रत्यक्ष र समानुपातिकको निम्ति उम्मेदवार तय गर्ने निर्णय भएको बताउनु भयो ।