४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा

सशस्त्र प्रहरी बलको सक्रियतासँगै अवैध कारोबारमा कमी

सशस्त्र प्रहरी बलको सक्रियतासँगै अवैध कारोबारमा कमी
अ+ अ-

रौतहट । सशस्त्र प्रहरी बल नेपाल, बोर्डर आउटपोष्ट ९विओपी० सरमुजवा रौतहटको सक्रियतासँगै सीमा नजिकको भारतीय बजार घोडासाहनतर्फबाट हुने गरेको अवैध कारोबार उल्लेख्य मात्रामा घटेको छ ।

सशस्त्र प्रहरीको सक्रियतासँगै विशेषगरी खाद्यान्न तथा तरकारी, औषधि, लत्ताकपडा, रक्सी, सुर्तीजन्य पदार्थ, खेलौना, मोटरसाइकल, मोबाइलसहित विभिन्न उपकरणका पार्टस्लगायतका सामानमा हुने अवैध काराबारमा कमी आएको र यस किसिमको गैरकानुनी धन्धामा सक्रिया पक्ष निरुत्साहित देखिएको बौधिमाई नगरपालिका–९ सरमुजवाका समाजसेवी वृजभूषण मिश्र बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “पछिल्लो समय सरमुजवास्थित सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी बलले अवैध धन्दा न्यूनीकण तथा नियन्त्रण गर्ने अभियानका साथ विशेष सक्रियता अपनाएपछि सँगैको भारतीय बजार घोडासाहन हुँदै सामान ल्याउने समूह छट्पटिएर अन्यत्र पलायन भएको अवस्था छ । तस्करीमा रमाउँदै आएकाहरू अहिले तितरबितर भएका छन् ।”

अवैध सामान जफत गरी त्यसमा संलग्न दोषीलाई हदैसम्मको कारवाही गर्ने क्रम बढेपछि जिल्ला सदरमुकाम गौरबाट टाढा पर्ने यस सरमुजवा नाकाबाट अवैध सामान ओसारपसार तथा कारोबार हुनेक्रम घटेको स्थानीयको भनाइ छ ।

सशस्त्र प्रहरी वल सरमुजवाका प्रहरी निरीक्षक परशुराम लामिछानेले सशस्त्र प्रहरीको सक्रियतासँगै उल्लेख्य परिणाममा अवैध सामान बरामद गर्न प्रहरी सफल भएको र सीमापारिबाट भन्सार छली भित्रिने वस्तु तथा सामान नगण्य अवस्थामा रहेको जानकारी दिनुभयो ।

सीमा सशस्त्र प्रहरी बल, सरमुजवाले साढे तीन महिनामा भन्सार छली गरेर ल्याइएको रु १३ लाख ८२ हजार २६९ मूल्य पर्ने वस्तु तथा सामान बरामद गरेको जनाएको छ ।

यसैगरी, सशस्त्र प्रहरी बल नेपाल, बोर्डरआउटपोष्ट (विओपी) रामपुरखापका सशस्त्र प्रहरी निरीक्षक मन्दिरा सुवालले गत भदौदेखि मङ्सिर २२ गतेसम्म रु ११ लाख ९७ हजार २८० मूल्य पर्ने भन्सार छलीका सामान बरामद गरेको जानकारी दिनुभयो ।