• १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
  •   Unicode
Logo
Latest
★   उत्कृष्ट कौशी खेती कृषकको खोजी गर्दै वडा कार्यालय ★   कर्णालीमा ५ मन्त्री र एक राज्यमन्त्री नियुक्त, प्रदेश प्रमुखले गराए शपथ ★   कोशीका मुख्यमन्त्री कार्कीद्वारा अर्को सरकार बनाउन नमिल्ने आशयसहितको जानकारीपत्र पेश ★   दुर्घटनाका घाइते भन्छन्- गाडी पार्किङ गर्न खोज्दा पल्टियो ★   टी–२० विश्वकपका लागि अन्तिम टोली आजै घोषणा गर्ने भारतको तयारी ★   उपनिर्वाचनले एमाले जनताको भरपर्दो राजनीतिक शक्ति हो भन्ने पुष्टि गर्‍यो: विष्णु रिमाल ★   ‘सिधा कुरा’माथि सर्वोच्चको आदेशलाई लिएर पत्रकार महासंघको चासो ★   कोलम्बिया सेनाको हेलिकप्टर दुर्घटना हुँदा नौ सैनिकको मृत्यु ★   गोदावरीमा डढेलो निभाउने क्रममा दुई जना घाइते ★   नेपालसँगै एकै समूहमा रहेको दक्षिण अफ्रिकाको विश्वकप खेल्ने बलियो टोली घोषणा

मधेस प्रदेश ट्राफिक प्रहरीद्वारा २२ करोड राजस्व सङ्कलन



कलैया । मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैया, बाराले आर्थिक वर्ष २०७८/७९ मा रु २२ करोड ४४ लाख राजस्व सङ्कलन गरेको छ । सवारी नियम उलङ्घन गर्ने दुई लाख ६४ हजार ९१० साना ठूला सवारीसाधनका चालकलाई दण्डजरिवाना गरी उक्त रकम असुल गरिएको हो ।

मधेस प्रदेशका ८ जिल्लाका ट्राफिक प्रहरी कार्यालयबाट गत आवमा सवारी नियम उलङ्घन गरी दण्डजरिवाना असूल गरिएको प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । सो क्रममा ९९ हजार ३५८ ट्रक चालकबाट रु ११ करोड ५२ लाख ४३ हजार, ७६ हजार ७१३ मोटरसाइकल चालकबाट रु चार करोड ९५ लाख ७५ हजार तथा ४७ हजार ५०५ कार, जीप र भ्यान चालकबाट रु तीन करोड २० लाख राजस्व असूल गरिएको छ ।

यसैगरी १५ हजार ५४० ट्याक्टरका चालकबाट रु ९६ लाख, १३ हजार ४२० टेम्पु चालकबाट रु ९० लाख ६४ हजार र ११ हजार ६७७ बसका चालकबाट रु ८९ लाख २० हजार दण्डजरिवाना गरी राजस्व दाखिला गरिएको कार्यालयले जनाएको छ ।