५ पुष २०८२, शनिबार
,
Latest
नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका लागि योग्यता र मापदण्ड बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै कामपा साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो… हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवास गृहको अभाव तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’
तपाईं के खोज्दै हुनुहुन्छ ?

कलाकार राष्ट्रका गहना हुन्: मन्त्री आले



अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कलाकार राष्ट्रका गहना हुन् भन्नुभएको छ ।

जमलस्थित राष्ट्रिय नाचघरमा राखिएको स्वर्गीय गायक तथा अभिनेता जयनन्द लामाको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गर्दै उहाँले  जोडदिनुभयो,  “ देशलाई चिनाउने सच्चा देशभक्त कलाकार भएको  र  कलाकै  माध्यमबाट स्वर्गीय लामाले पनि देशको चिनारी बढाउने काम गर्नुभएको थियो ।”

देशमा हाल भइरहेका विभिन्न विकृति र विसङ्गतीलाई  चिर्दै जान र राष्ट्र तथा राष्ट्रियता जोगाउन  कलाकारले निर्वाह गरेको भूमिका महत्वपूर्ण रहेकामा  मन्त्री आलेले जोड दिनुभयो । उहाँले स्वर्गीय लामाका परिवारमा समवेदनासमेत प्रकट गर्नुभयो ।

 कला, संस्कृति तथा कलाकारको संरक्षण र सम्बद्र्धनका लागि आफू र मन्त्रालयका तर्फबाट पनि पहल हुने  मन्त्री आलेले आश्वासन पनि दिनुभयो ।