२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

झन्डै साढे २ महिनापछि स्वदेश फर्किँदै झलनाथ खनाल



अ+ अ-

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनाल झन्डै साढे २ महिनापछि सोमबार स्वदेश फर्किने भएका छन्।

गत असार २ गते उपचारका लागि भारतको नयाँदिल्ली गएका खनाल सोमबार दिउँसो काठमाडौं आइपुग्ने भएका हुन् । 

उनका स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार खानलको स्वास्थ्य अवस्था सामान्य हुँदै गएपछि स्वदेश फर्किन लागेका हुन् । खनालको नयाँदिल्लीमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। 

सुरूमा थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएका खनाललाई थप उपचारका लागि दिल्ली लगिएको हो। 

खनाल दिल्ली जाने बेलामा नेकपा एमालेभित्रको विवाद उत्कर्षमा पुगेको थियो। जाने दिन विज्ञप्ति जारी गर्दै खनालले पार्टी एकताका लागि आह्वान गरेपनि नयाँदिल्लीबाटै उनले नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को पक्षमा राजदूतावासमार्फत् सनाखत गरेका थिए।