• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo
Latest
★   ओली र बालेनको दिनभर वाकयुद्ध, साँझ परेपछि बालेनले भने– गुड नाइट केपी बा ! ★   टुँडिखेल, तीनकुने र हाँडीगाउँमा काठमाडौँ महानगरपालिकाले ‘टि ट्वान्टी विश्वकप’ खेलको ‘नि:शुल्क प्रत्यक्ष प्रदर्शन’ गर्ने ★   टि -२० क्रिकेट विश्वकपमा सहभागी हुन अमेरिका पुगेको नेपाली टिमलाई राष्ट्रपतिको शुभकामना ★   ‘विपत्तिका बेला नागरिकको ज्यान जोगाउन ऐनकानुन नखोजौँ’ ★   लोकतन्त्रले थिचोमिचो स्वीकार्दैनः पूर्वराष्ट्रपति डा यादव ★   एमाले मकवानपुरको अध्यक्षमा पोखरेल ★   अरुण तेस्रो जलविद्युत् आयोजनाको सुरुङ मङ्गलबार छिचोलिने ★   आयरल्याण्डविरुद्धको खेलअघि भारतका शीर्ष खेलाडीसँग रिसाए इरफान पठान ★   काठमाडौंका मेयर साहलाई काम गर्न दिनुपर्छ: काँग्रेस सांसद भण्डारी ★   सुझाव दिएकै भरमा एमाले र माओवादीबीच खटपट शुरु भयो भन्ने होइनः महेश बर्तौला

कपुरधाराबाट सालकको खपटासहित एकजना पक्राउ



प्रतीकात्मक तस्बिर

काठमाडौँ । प्रहरीले सालकको खपटासहित एकजनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका–२६ कपुरधाराबाट दुई किलोग्राम सालकको खपटासहित धादिङको धुनिबेँसी नगरपालिका–७ का २३ वर्षीय विजय तामाङलाई मङ्गलबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशकुमार मैनालीका अनुसार झोलामा सालकको खपटा बोकेर बिक्रीवितरण गर्न हिँडेको अवस्थामा तामाङ पक्राउ परेका हुन् ।

प्रहरीले तामाङलाई कपुरधाराको प्रतीक्षालयबाट पक्राउ गरेको हो । पप्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।