२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली र बालेनको दिनभर वाकयुद्ध, साँझ परेपछि बालेनले भने– गुड नाइट केपी बा !



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच दिनभर वाकयुद्ध नै चल्यो । काठमाडौं महानगर प्रमुख शाहले गिरीबन्धु टी–स्टेटको १० हजार करोडको काण्ड लुकाउन अर्को काण्ड गरेर जनतालाई नझुक्याउन आग्रहसहितको सामाजिक सञ्जालमा स्टाटस लेखेका थिए ।

बालेन्द्रले झापास्थित गिरीबन्धु टी–स्टेटमा बैना लिनेहरुलाई दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौं भनेर थम्थम्याएको आरोप लगाएका थिए । उनले गिरीबन्धुबारे केपी ओलीको नाम नै उल्लेख गरेर गिरीबन्धुको विषयान्तर गर्न न्यूरोड सडकको विषय उठाएको आरोप लगाएका थिए ।

बालेन्द्रले ओलीलाई गिरीबन्धुमा अनियमितता गरेको आरोप लगाउदै पीडितको बैना फिर्ता गरिदिन चेतावनी शैलीमा आग्रह गरेका थिए ।

बालेनले लगाएको आरोपका खण्डन गर्न ओलीले भ्याएका थिएनन् । तर संसद् भवनमा पत्रकारले घेरेर ओलीमाथि प्रश्न सोध्न भ्याइहाले । जवाफमा ओलीले गिरीबन्धु टी–इस्टेटबारे काठमाडौं महानगरका मेयर बालेन्द्र शाहसँग सोध्न आग्रह गरे ।

गिरीबन्धु टी–इस्टेटबारे कुरा आइरहेका छन् भन्ने पत्रकारको प्रश्नमा अध्यक्ष ओलीले भने, ‘बालेनलाई सोध्नुस् ।’

सोमबार दिनभर ओली र बालेनबीचको वाकयुद्धको चर्चा भइरहेको थियो । साँझ परेपछि भने बालेनले सामाजिक सञ्जालमा ओलीले राखेको आफ्नो एक फोटोमा कमेन्ट गर्न भ्याए । उनले लेखेका छन्– ओ हो ! गुड नाइट केपी बा । ह्याभ अ स्वीट ड्रिम ।