२७ भाद्र २०८३, शनिबार
,
Latest
दक्षिणी लेबनानमा हेजबुल्लाहको दुई किलोमिटर लामो सुरुङ सञ्जाल ध्वस्त पारेको इजरायलको दाबी कम्बोडिया र म्यानमारबीच व्यापार तथा लगानी प्रवर्द्धनसहित चार सम्झौतामा हस्ताक्षर एसीसी प्रिमियर कप : फाइनल खेलमा युएईविरुद्ध आशिफको शतक सडकविहीन बस्तीमा राहतको नयाँ सारथी ‘ड्रोन’ महाधिवेशनको तिथिमिति तलमाथि गर्नु हुँदैन: कांग्रेस नेता अब्दुल सत्तार ‘हामी सरकारलाई साथ दिन र मिलेर काम गर्न तयार छौं, तर सरकार पनि सहकार्यका लागि… नेपालले पाउनुपर्ने जलवायु न्याय पौडेलको ‘एड गुरु सिद्धान्त र अनुभव’ सार्वजनिक बेँसीसहर-चामे सडक आज दिनभर बन्द हुने नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

चर्चित हाँस्य कलाकार गोपाल ढकाल ‘छन्दे’ प्रथम उपराष्ट्रपतिबाट सम्मानित



अ+ अ-

काठमाडौं । चर्चित हाँस्य कलाकार गोपाल ढकाल ‘छन्दे’ गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति सम्माननीय परमानन्द झाबाट सम्मानित भएका छन् । 

“राष्ट्रलाई पुर्‍याएको योगदान विशिष्ट व्यक्तित्व तथा स्रष्टालाई विशेष सम्मान” भन्ने मूल नाराका साथ रिवन इन्टरटेन्मेन्ट प्रा लि को ७ औँ बार्षिकोत्सवको अवसरमा आयोजना गरिएको राष्ट्रिय व्यक्तित्व तथा स्रष्टा सम्मान २०७८ मा उनी सम्मानित भएका हुन् । 

विगत १७ बर्षदेखि नेपाली कलाकारिताको क्षेत्रमा दर्जनौँ सुपरहिट ठूलो पर्दाका नेपाली कथानक चलचित्र, टेलि चलचित्र, विज्ञापनहरु, सडक नाटक, स्टेज शोहरु, देश बिदेशमा आफ्नो प्रस्तुति दिईसकेका, विभिन्न संघ संंस्थामा आबद्ध एवम् अनेक राष्ट्रिय तथा अन्तराष्ट्रिय अवार्ड, सम्मानबाट सम्मानित छन्देलाई झाले सम्मानित गरेका हुन् । 

भदौ १२ गते शनिवार म्युजिक सिटी हल,बालकुमारी,ललितपुरमा भएको कार्यक्रममा व्यवसायी, व्युटिसियन नेपाली चलचित्रकर्मी, संगीतकर्मी लगायत विभिन्न विधाका लगभग ८० जना व्यक्तित्व तथा स्रष्टालाइ योगदानको आधारमा सम्मानित गरिएको थियो ।

कार्यक्रममा आयोजक रिवन इन्टरटेन्मेन्ट प्रा लि का निशु कान्त झा, विशेष अतिथि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रताप बाबु तिवारी, विशिष्ट अतिथि नेपाली चलचित्रकी प्रथम नायिका भुवन चन्द रहेका थिए । उक्त कार्यक्रम भदौ १२ गते शनिवार म्युजिक सिटी हल,बालकुमारी, ललितपुरमा भएको थियो ।