• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo

प्रहरीको प्रतिक्षामा फोहोरका गाडी



फाईल फोटो

काठमाडौँ । काठमाडौँ उपत्यकाबाट फोहोर बोकेको गाडी सिसडोल पुगेका छन् । फोहोर विसर्जन गर्ने स्थल बन्चरेडाँडा पुग्न गाडीहरुले अहिले प्रहरीको प्रतिक्षा गरिरहेका छन् । बन्चरेडाँडामा आज पनि स्थानीयबासिन्दाबाट अवरोध भएकाले फोहोर बोकेका गाडी प्रहरीको प्रतिक्षामा रहेका हुन् ।

काठमाडौँ उपत्यकाबाट दुई सयभन्दा बढी गाडी फोहोर बोकेर सिसडोलमा अड्किएका छन् । अब प्रहरी आएपछि मात्र ती गाडीलाई बन्चरेडाँडामा लगिने बताइएको छ । प्रहरीको सहयोगबिना बन्चरेडाँडामा फोहोर विसर्जन गर्न समस्या देखिएको छ । स्थानीयबासिन्दाले बन्चरेडाँडामा फोहोर विसर्जन गर्न नदिन आज पनि आन्दोलन गर्ने तयारी गरेको बताइएको छ ।

मंगलबार प्रहरीको सहयोगमा १८६ गाडीका फोहोर विसर्जन गरिएको थियो । प्रहरीले मंगलबार स्थानीयवासीको अवरोध पन्छाउन रबरको गोली समेत हान्नुपरेको थियो । आज स्थानीयबासीले अझ ठूलो आन्दोलन गर्ने समाचार छ ।