२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरीको प्रतिक्षामा फोहोरका गाडी



फाईल फोटो
अ+ अ-

काठमाडौँ । काठमाडौँ उपत्यकाबाट फोहोर बोकेको गाडी सिसडोल पुगेका छन् । फोहोर विसर्जन गर्ने स्थल बन्चरेडाँडा पुग्न गाडीहरुले अहिले प्रहरीको प्रतिक्षा गरिरहेका छन् । बन्चरेडाँडामा आज पनि स्थानीयबासिन्दाबाट अवरोध भएकाले फोहोर बोकेका गाडी प्रहरीको प्रतिक्षामा रहेका हुन् ।

काठमाडौँ उपत्यकाबाट दुई सयभन्दा बढी गाडी फोहोर बोकेर सिसडोलमा अड्किएका छन् । अब प्रहरी आएपछि मात्र ती गाडीलाई बन्चरेडाँडामा लगिने बताइएको छ । प्रहरीको सहयोगबिना बन्चरेडाँडामा फोहोर विसर्जन गर्न समस्या देखिएको छ । स्थानीयबासिन्दाले बन्चरेडाँडामा फोहोर विसर्जन गर्न नदिन आज पनि आन्दोलन गर्ने तयारी गरेको बताइएको छ ।

मंगलबार प्रहरीको सहयोगमा १८६ गाडीका फोहोर विसर्जन गरिएको थियो । प्रहरीले मंगलबार स्थानीयवासीको अवरोध पन्छाउन रबरको गोली समेत हान्नुपरेको थियो । आज स्थानीयबासीले अझ ठूलो आन्दोलन गर्ने समाचार छ ।




भर्खरै