२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकीकृत समाजवादी संसदीय दलको नेतामा माधव नेपाल सर्वसम्मत चयन



अ+ अ-

काठमाडौं । नवगठित दल नेकपा (एकीकृत समाजवादी) संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल चयन भएका छन् । 

नयाँ दल दर्तापछि आइतबार बसेको संसदीय दलको पहिलो बैठकले अध्यक्ष नेपाललाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।

यस्तै राष्ट्रिय सभा संसदीय दलको नेतामा बेदुराम भुसाल चयन भएका छन् । बैठकले संसदीय दलको विधान मस्यौदा गर्न पाँच सदस्यीय कार्यदल गठन पनि गरेको छ ।